१ करोड २८ लाख भ्रष्टाचार बिगोसहित भिसी राजकुमार रौनियारविरुद्ध विशेषमा आरोपपत्र दायर, ‘मतियार’ रामहरिलाई ८ लाख बिगो

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भष्टाचारको प्रमाणसहित आरोपत्र दायर गरेको छ । आइतबार रौनियारसँगै अख्तियारले प्रतिष्ठानमै कार्यरत उनका भतिजा डा. रामहरि रौनियारविरुद्ध पनि भिसी रौनियारको भ्रष्टाचारमा मतियार बनेको प्रमाणसहित आरोपपत्र दायर गरेको छ । यसअघि रौनियारद्वय २६ असारमा प्रतिष्ठानबाटै ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए । पक्राउपछि रौनियारद्वयमाथि ३ साताको अनुसन्धानपछि अख्तियारले आइतबार उनीहरुविरुद्ध विशेषमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारले आरोपपत्रमा भिसी रौनियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि हुन आएकाले उनलाई १ करोड २८ लाख बिगो कायम गरी उक्त ऐनको दफा ३ को उपदफा (१) र सोही उपदफाको देहाय (झ) बमोजिम जरिवाना र कैद सजाय माग गरेको छ । साथै, भिसी रौनियार नेपाल सरकारको विशिष्ट श्रेणीको पदाधिकारी भएकाले निजलाई उक्त ऐनको दफा २४ बमोजिम थप सजायको समेत माग आरोपत्रमा गरिएको छ ।

भिसी रौनियारले प्रतिष्ठानको होस्टेल तथा फार्मेसी भवन निर्माण ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्स्ट्र्याक्टर गिना कन्स्ट्रक्सन प्रालिका प्रबन्धनिर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा विभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा पटक–पटक गरी जम्मा १ करोड २८ लाख घुस लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको दाबी छ ।

त्यसैगरी, अर्का आरोपी डा. रामहरि रौनियारको हकमा उनले रिसवत लिनेखाने कार्यमा मतियार भई कार्य गरेको तथ्य अनुसन्धानका क्रममा सप्रमाण पुष्टि हुन आएको अख्तियारले जनाएको छ । मतियार बनेका रौनियारले उक्त ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिमको कसुर गरेको देखिएकाले निजलाई ८ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा २२ बमोजिम तथा दफा ३ उपदफा (१) र सोही उपदफाको देहाय (ङ) अनुसार कैद र जरिवानाको माग अख्तियारले गरेको छ ।

भिसी रौनियारले प्रतिष्ठानको होस्टेल तथा फार्मेसी भवन निर्माण ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्स्ट्र्याक्टर गिना कन्स्ट्रक्सन प्रालिका प्रबन्धनिर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा विभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा पटक–पटक गरी जम्मा १ करोड २८ लाख घुस लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको दाबी छ । आरोपी रौनियारले पटक–पटक कमिसनबापत घुस लिएको भनी अडियो–भिडियोसहित १६ असारमा अख्तियारमा उजुरी परेको थियो । पछि भिसी रौनियारले फामेर्सी भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि उजुरी निवेदक सुशीलकुमार झालाई बोलाई भुक्तानी दिनुपर्ने रकमबाट ८ लाख रुपैयाँ कमिसनबापत घुस माग गरेको भन्ने अर्को उजुरी २५ असारमा परेको अख्तियारले जनाएको छ ।

उजुरीका आधारमा अख्तियारबाट खटिएको टोलीले भिसी रौनियारलाई उक्त ८ लाख रकम झासित लिइसकेको अवस्थामा प्रतिष्ठानबाटै प्रक्राउ गरेको थियो । अख्तियारको टोली पुग्दा रौनियारले घुस लिई प्रतिष्ठानमै हाउस अफिसरका रुपमा कार्यरत आफ्नै भतिज डा. रामहरि रौनियारलाई आफ्नो निवास ए५ ब्लकमा राख्न पठाइसकेका थिए । टोलीले उनको निवासको खानतलासी गर्दा सोकेसको घर्रामा उक्त ८ लाख घुस रकम फेलापरेपछि रौनियारद्वयलाई पक्राउ पक्राउ गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ । रौनियार भिसी बनेदेखि नै कुनै न कुनै रूपमा विवादित बन्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय