म्याग्नसले मनायो १०औँ वार्षिकोत्सव, १५० थरी औषधि उत्पादन, उत्कृष्ट १० कम्पनीमा स्थान

हेल्थपोस्ट नेपाल

नेपालको प्रतिष्ठित औषधि उत्पादक कम्पनी म्याग्नस स्थापनाको एक दशकमै नेपालका प्रमुख १० औषधि उद्योगभित्र पर्न सफल भएको छ । बुधबार एक दशक लामो यात्राको खुसी साटासाट गर्न कम्पनीले आयोजना गरेको कार्यक्रममा इथिकल भ्यालुसहित नेपाली बजारका आवश्यकताअनुसार भिन्नखालका औषधि उत्पादनमा कम्पनीले बनाएको पहिचानको विभिन्न क्षेत्रका व्यक्तिले प्रशंसा गरे ।

कम्पनीका प्रबन्धनिर्देशक प्रेमकुमार जाटियाले १२ थरी औषधिबाट १० वर्षअघि उत्पादन सुरु गरेको कम्पनीले यसबीचमा १५० थरी औषधि उत्पदन गरिरहेको जानकारी दिए । ‘५ वटा मोलिक्युल त नेपालमा पहिलोपटक म्याग्नसले नै उत्पादन सुरु गरेको इतिहास बनाएको छ,’ उनले भने, ‘३१ वटा प्रोडक्टमा नेपाली कम्पनीमध्ये म्याग्नसले पहिलोपटक उत्पादन गरेको रकेर्ड छ ।’ कम्पनीका उत्पादनमा हेपाटाइटिस बी र सीको उपचारमा प्रयोग हुने तीनवटा भाइरल प्रोडक्टसमेत छन् ।

१०औँ वार्षिकोत्सवका अवसरमा उद्योगले विश्वसनीय उत्पादन छवि, गुणस्तर जाँच र नियमनसहित क्वालिटी कन्ट्रोलका लागि विभिन्न सफ्टवेयर जडित नयाँ रिसर्च एन्ड डेभलपमेन्ट ल्याब तयार गरेको समेत जानकारी दिइयो । कम्पनीले औषधि निर्यातको वातावरण बनाउन भारतीय कम्पनीमा लामो समय काम गरेका विज्ञ प्राविधिकलाई कम्पनीमा भित्र्याएको छ ।

१०औँ वार्षिकोत्सवका अवसरमा उद्योगले विश्वसनीय उत्पादन छवि, गुणस्तर जाँच र नियमनसहित क्वालिटी कन्ट्रोलका लागि विभिन्न सफ्टवेयर जडित नयाँ रिसर्च एन्ड डेभलपमेन्ट ल्याब तयार गरेको समेत जानकारी दिइयो । कम्पनीले औषधि निर्यातको वातावरण बनाउन भारतीय कम्पनीमा लामो समय काम गरेका विज्ञ प्राविधिकलाई कम्पनीमा भित्र्याएको छ ।

प्रबन्धनिर्देशक जाटियाले २३ जना मार्केटिङ टिमसहित बजारमा निस्किएको म्याग्नसले हाल १२६ जनाको मार्केटिङ समूहसहित २५० को हाराहारीमा दक्ष र अन्य कामदारलाई रोजगारी दिइरहेको जानकारी दिए । कम्पनीले मुटुरोग, मधुमेह, हेपाटाइटिस, मानसिक रोग र भाइरल रोगका औषधिसमेत उत्पादन गरिरहेको छ । सुरुका वर्षदेखि नै डब्लुएचओजिएमपी अपनाउँदै आएको कम्पनी गुणस्तरमा प्राथमिकतासँगै आम औषधि कम्पनीको दौडमा भिन्न प्रकृतिका र नेपालमा बढी माग भएका औषधि उत्पादनमा जोड दिँदै आयात प्रतिस्थापनको मुख्य लक्ष्यका साथ अगाडि बढेको छ ।

वार्षिकोत्सव समारोहका प्रमुख अतिथि एवम् ज्येष्ठनागरिक समाजका अध्यक्ष डा. गौरीशंकर लाल दासले अल्जाइमरजस्ता रोगका औषधि उत्पादन गरेर कम्पनीले ज्येष्ठनागरिकलाई ठूलो सेवा पुर्याएको बताए । अल्जाइमर विस्मृति समाजका अध्यक्षसमेत रहेका दासलाई कम्पनीले सामाजिक र स्वास्थ्यसेवामा पुर्याएको योगदानको कदरस्वरूप सम्मानसमेत गरेको थियो ।

कार्यक्रममा औषधि विभागका महानिर्देशक पानबहादुर क्षेत्रीले सन् १९९५ को औषधि नीति आएपछि नै औषधि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने सपना देख्दै आइए पनि अहिलेसम्म पूरा हुन नसकेको बताए । उनले म्याग्नसले फरक पहिचान बनाएको भन्दै आगामी दिनमा एचआइभी, एआरबीजस्ता रोगका औषधि उत्पादनमा जोड दिन कम्पनीलाई सुझाए । सांस्कृतिक कार्यक्रमलाई समेत स्थान दिइएको समारोहमा कम्पनीले कुनै नै कुनै समय कम्पनीमा आबद्ध भएर सेवा पुर्याएका दर्जनौँ पूर्वकर्मचारीलाई सम्मान गरेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *