ग्यास्ट्राइटिसका जटिलता र उपचार

डा. नन्दु सिलवाल पौड्याल
प्रकाशित
२०७६ साउन १५ गते १३:०३

नेपालमा ९० प्रतिशत मानिसलाई ग्यास्ट्रिक (ग्यास्ट्राइटिस) हुने गरेको पाइएको छ । खानपानको अवस्था, धूमपान, अल्कोहलको सेवन, तनावका कारण ग्यास्ट्रिकको समस्या बढी हुने गर्छ । विशेषगरी पेटमा वा सानो आन्द्रामा घाउ भएर ग्यास्ट्रिक हुने गर्दछ । मानिसलाई धेरै तनाव भयो भने वा शरीरलाई आवश्यक मात्रामा सन्तुलित आहार नपुगेको खण्डमा पनि ग्यास्ट्रिक हुने हुन्छ । त्यसैगरी, खानापछि पानीको कमी हुँदा पनि विशेषगरी ग्यास्ट्रिकको समस्या उत्पन्न हुने हुन्छ ।

अधिकांश मानिस पेटको माथिल्लो भाग दुखेर अस्पताल आउने गर्छन् । कतिपय मानिस धेरै खाना खाएका कारण वाकवाकी लाग्ने, बान्ता हुने समस्या लिएर अस्पताल आउने गरेका छन् । यस्तो अवस्थामा अस्पतालमा गएर चेकजाँच गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा बिरामी ग्यास्ट्रिक भयो भनेर आएका हुन्छन्, तर मुटुको रोग पनि हुन सक्छ । ग्यास्ट्रिक र मुटुको पनि कनेक्सन हुन्छ । त्यसैले युवावस्थाका बिरामी पेट दुखेको समस्या लिएर आएको खण्डमा इसिजी गराउँदै आएका छौँ ।

खानपानले ग्यास्ट्रिक हुनमा धेरै मद्दत पुगेको हुन्छ । हामीले घरमा बनाएर थोरै चिल्लोपदार्थ खाएमा केही असर गर्दैन भने बजारमा उपलब्ध समोसा, पुरीलगायत तेलमा पकाएका खाद्यवस्तुको सेवन गरेमा ग्यास्ट्रिकको समस्या निम्तिरहेको हुन्छ ।

बजारमा एकपटक पकाएको तेलमा पुनः पकाइरहेका हुन्छन् । एकचोटि प्रयोग गरेको तेल पुनः प्रयोग हानिकारक हुन्छ ।

खानपानले ग्यास्ट्रिक हुनमा धेरै मद्दत पुगेको हुन्छ । हामीले घरमा बनाएर थोरै चिल्लोपदार्थ खाएमा केही असर गर्दैन भने बजारमा उपलब्ध समोसा, पुरीलगायत तेलमा पकाएका खाद्यवस्तुको सेवन गरेमा ग्यास्ट्रिकको समस्या निम्तिरहेको हुन्छ ।

दोहोर्याएर पकाएको तेलमा क्याटेसिप्स प्रोडक्ट हुन्छन् । त्यसैले एकपटक प्रयोग गरिसकेको तेल फालेर नयाँ तेलमा परिकारहरु बनाउनुुपर्ने हुन्छ । तर, बजारमा त्यस्तो नगरिने भएकाले बजारको खाद्यवस्तु खाँदा एकदमै ध्यान पुर्याउनुपर्छ । यस्ता खाद्यवस्तुलाई हामीले निरुत्साहित गरेर र नियमनकारी निकायले अनुगमन गरेर पसलमा एकपटक प्रयोग भएको तेल फालेर नयाँ तेलको प्रयोग गर्ने व्यवस्था गर्न सक्ने हो भने यस्ता रोगहरू धेरै हदसम्म कम हुन जान्छन् ।

पाचनप्रणालीमा ग्यास्ट्रिक रहेको हुन्छ भने अकोए आइबिएस भन्ने रोग रहेको हुन्छ, जसमा आन्द्राहरू पोल्ने समस्या हुन्छन् । यसले गर्दा मानिसलाई पेट फुल्ने, समयमा दिसा नआउने हुन्छ । यस्तो अवस्थामा चिकित्सकको परामर्शको आवश्यकता हुन्छ । मानिसहरुले ग्यास्ट्रिकलाई निकै सामान्य रुपमा लिने गरेको पाइन्छ । लक्षण देखिएपछि ‘मलाई ग्यास्ट्रिक त हो नि, औषधि पसलमा गएर औषधि खाए भइहाल्छ’ भनेर हल्का पाराले लिने गरेको देखिन्छ । तर, यसले ठूलो भय निम्त्याउन पनि सक्नेतर्फ भने ध्यान पुगिरहेको पाइँदैन, जसले ग्यास्ट्रिकलाई ठूलो समस्याका रुपमा परिणत गरिरहेको छ ।

ग्यास्ट्रिकको उपचारपद्धितमा नयाँ–नयाँ प्रविधि आएका छन् । पहिला–पहिला हामीसित इन्डोस्कोपी, कोलोनोस्कोपी मात्र उपलब्ध थिए । इन्डोस्कोपीमा माथि (मुख)बाट पाइप हालेर सानो आन्द्राको पहिलो भागसम्म हेर्ने गथ्र्यौं । कोलोनोस्कोपीमा तल(गुदद्वार)बाट पाइप हालेर ठूलो आन्द्राबाट सानो आन्द्राको अन्तिम भागसम्म गएर जाँच तथा उपचार गर्ने गरिएको थियो ।

हाल आएर उपचार तथा निदानका धेरै पद्धति विकसित हुँदै गएका छन् । डबलबेलुन इन्डोस्कोपीले गर्दा आन्द्राको सबै भाग देख्न सकिन्छ, सानो आन्द्रादेखि लिएर ठूलो आन्द्राको भाग हेर्न सकिन्छ । यो उपचारपद्धतिका लागि पहिले विदेश जानुपथ्र्यो, तर हाल नेपालमै सेवा उपलब्ध छ । त्यसैगरी, इन्डोस्कोपिक अल्ट्रासाउन्ड गर्ने गरिन्छ, जसले गर्दा पेनक्रियाज र पेटमा के समस्या छ, सबै देख्न सकिन्छ । खाने नलीमा भएको समस्याका लागि म्यानोमेटिक प्रविधिको सहायताबाट उपचार गर्न सकिन्छ । कलेजोका समस्या इलोस्ट्रोग्य्राफिक माध्यमबाट हेर्न सकिन्छन् ।
ग्यास्ट्रिक एक साधारण समस्या मात्रै नहुन सक्छ, यससँग धेरै रोग जोडिएका हुन्छन् ।

साधारणतया समय–समयमा खाने, पानी पर्याप्त पिउने, गर्दा ग्यास्ट्रिक धेरै हदसम्म कम हुन्छ । विशेषगरी, महिलाले पानी थोरै पिउने गरेको पाइएको छ । उपचारका लागि अस्पताल आएकी महिला बिरामीलाई सोध्दा दैनिक १ लिटर पनि पानी नखाने गरेको पाइएको छ ।

मानिसले ग्यास्ट्रिकलाई साधारण रूपमा लिएका हुन्छन् । पेट दुखेको १ महिनामा मानिसको मृत्यु भइरहेको हुन्छ, जुन साधारण ग्यास्ट्रिक होइन । ग्यास्ट्रिकसँग पेनट्राटाइटस भन्ने अर्को रोग रहेको छ । ग्यास्ट्रिकको औषधि एक–दुई दिनका लागि खाएमा केही हुन्न, तर लगातार रूपमा पेट दुखेर औषधि खाँदा ग्यास्ट्रिक नभएर पेनट्राटाइटस रोग भएको पनि हुन सक्छ । त्यसकारण ग्यास्ट्रिक हुँदा अनिवार्य रूपमा अस्पताल आएर चेकजाँच गर्नु राम्रो मानिन्छ ।

साधारणतया समय–समयमा खाने, पानी पर्याप्त पिउने, गर्दा ग्यास्ट्रिक धेरै हदसम्म कम हुन्छ । विशेषगरी, महिलाले पानी थोरै पिउने गरेको पाइएको छ । उपचारका लागि अस्पताल आएकी महिला बिरामीलाई सोध्दा दैनिक १ लिटर पनि पानी नखाने गरेको पाइएको छ । दैनिक कम्तीमा पनि ३ लिटरजति पानी पिउँदा ग्यास्ट्रिकलाई कम गर्न सकिन्छ ।

पछिल्लो समय बालबालिकामा पनि ग्यास्ट्रिक धेरै मात्रामा बढ्दै गएको छ । चाउचाउ, पानीपुरी, चटपटे र स्वास्थ्यलाई हानि गर्ने बजारमा बनाइएका वस्तुहरू बच्चाको पेटसँग म्याच गर्नेखाले हुँदैनन् । चाउचाउमा अत्यधिक अजिनोमोटो प्रयोग गरिएको हुन्छ, जसले बालबालिकाको आन्द्रामा असर गरिरहेको हुन्छ । तसर्थ, बालबालिकालाई वेलैमा यस्ता खाद्यवस्तुहरुबाट टाढै राख्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय