अस्पतालमा बढ्दो सुरक्षा चुनौतीबारे २८ अस्पतालसँग प्रहरीको अन्तरक्रिया

हेल्थपोस्ट
प्रकाशित
२०७६ साउन १४ गते १४:४०

पछिल्लो समय उपचारका क्रममा बिरामीको मृत्युको विषयलाई लिएर अस्पताल तोडफोड तथा चिकित्सकमाथि आक्रमणका घटना बढ्दै गएका छन् । अस्पतालमा देखिएको यसकिसिमको सुरक्षा चुनौती र त्यसको न्यूनीकरणका उपायबारे सोमबार महाराजगन्ज प्रहरी वृत्तअन्तर्गत पर्ने २८ वडा अस्पतालका प्रमुख, स्थानीय निकायका प्रमुख र काठमाडौं प्रहरी प्रमुखबीच अन्तरक्रिया गरिएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जको आयोजनामा भएको कार्यक्रममा अस्पतालमा देखिएका चुनौतीको विषयमा समस्या परिचाहन र न्यूनीकरणका उपायबारे छलफल भएको थियो । महाराजगन्ज वृत्तले हेर्ने टोखा, बूढानीकलकण्ठ नगरपालिकाका ३, ४ र २६ नम्बर वटाभित्र पर्ने २८ वटा अस्पतालका प्रमुखसँग छलफल भएको वृत्तका डिएसपी फणिन्द्र प्रसाईंले बताए ।

पछिल्लो समय अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्युको विषयलाई लिएर अस्पताल तोडफोड हुने, डाक्टरमाथि दुर्व्यवहार हुनेलगायत घटनाले स्वास्थ्यकर्मीको मनोबल गिराउने काम भएको र यसको न्यूनीकरणका लागि दोषीमाथि कारबाहीका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीले पनि बिरामीको उपचारमा संवेदनशील भएर लाग्नुपर्ने सुझाब छलफलका सहभागीबाट आएको डिएसपी प्रसाईंले जानकारी दिए ।

उपचार गराइरहेको बिरामीको मृत्युपछि स्वाभाविक रूपमा आफन्त आक्रोशमा आउने भएकाले चिकित्सकले समय–समयमा बिरामीका आफन्तलाई काउन्सिलिङ गर्ने, बीच–बीचमा बिरामीको अवस्थाबारे जानकारी दिने हो भने मृत्यु भएको खण्डमा पनि तोडफोडको अवस्था नआउनने डिएसपी प्रसाईंले बताए ।

अस्पतालमा बिरामी कुरुवाको सामान हराउने, व्यवस्थित पार्किङको अभावमा सवारीसाधन हराउनेजस्ता समस्या समाधानका लागि सिसिक्यामरा राख्ने तथा सुरक्षाकर्मी राख्नुपर्ने सुझाब अन्तरक्रियाका सहभागीको थियो । त्यसैगरी, अस्पतालले घटनाबारे निश्चित व्यक्ति तोकेर तत्कालै प्रहरीसित समन्वय गर्नुपर्ने सहभागीको भनाइ थियो ।

यी २८ अस्पतालका प्रतिनिधि र प्रहरीबीच भएको थियो अन्तरक्रिया
नेपाल प्रहरी अस्पताल
त्रिभुवन शिक्षण अस्पताल
कान्ति बाल अस्पताल
अन्तराष्ट्रिय बालमैत्री हस्पिटल
ग्रान्डी अस्पताल
नेसनल डेन्टल अस्पताल
ग्रिन सिटी अस्पताल
न्युरो अस्पताल, बाँसबारी
अल नेपाल हस्पिटल
ईशान बाल तथा महिला हस्पिटल
चाइना हस्पिटल
बिपी मोमोरियल हस्पिटल
महेन्द्र नारायण निधि ममोरियल हस्पिटल
मेट्रो हस्पिटल
चिरायु हस्पिटल
कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटल
मनमोहन कार्डियो भास्कुलर सेन्टर
हिमाल डेन्टल हस्पिटल
धनवानशारी आयुर्वेद केन्द्र
ह्याम्स हस्पिटल
वेलनेस हस्पिटल
सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र
सहारा हस्पिटल
डी स्किन हस्पिटल
मेरिडियन अस्पताल
कुण्डलिनी हस्पिटल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय