धनको मुहार देख्ने डाक्टर

जीवन एक भोगाइ हो । कथा सबैका फरक छन् । समग्रमा भने समस्या एउटै हुन सक्छ । प्रचुर कथावस्तुले घेरेको चिकित्सा जीवन र पेसामा हरेक दिन एउटा फरक कथा भेटिन्छन्, सबै प्रकारका कथा, स्वास्थ्य समस्याका कथा, त्योसँग जोडिएको सामाज र अर्थ विज्ञानका कथा ।

कुनै पनि मनुष्य रहरले अस्पताल प्रवेश गर्दैन । आफैँ बिरामी कि त आफन्तजन बिरामी भएर नै प्रवेश गर्ने हो । अस्पतालको वातावरणमा दुःखको भाव प्रचुर हुन्छ भन्नु गलत नहोला । वातावरणले व्यक्तिको मनोभावमा प्रभाव पार्छ भन्ने सर्वमान्य कथनअनुसार दुःखी वातावरणको प्रभाव संलग्न सेवाप्रदायकलाई त पर्छ नै । के त्यसैले होला त डाक्टरलाई ‘घायल आत्मारूप’ भनिएको ? स्वास्थ्य नै ठूलो धन हो भनेर सानैदेखि पढ्दै आएको हो । अहिले आफ्नै सामु साक्षात्कार गर्न पाइन्छ, अनुभूत गर्न पाइन्छ । त्यसैले किटानका साथ भन्न सक्छु, ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो ।’ अस्वस्थ हुँदा धनका विभिन्न मुहारको दर्शन गर्न सकिन्छ, धनको दयावान् रूप, क्रूर रूप, कुटिल रूप, आदि ।

‘……. डाक्सा’प ! हामीले घर लिएर जाने निर्णय गर्यौं । प्रोसेस अगाडि बढाइदिनू… ।’ एउटा अर्को बिरामीको आग्रह । यसको स्वरूप अलिक रिसउठ्दो छ, धनको कुटिल स्वरूप । पैसाको समस्या छैन, मनको समस्या, मनमा हुनुपर्ने ‘हरि’को खडेरी स्पष्ट देख्न सकिन्छ । उपचार गराउन नखोजेको प्रतीत हुन्छ । बिरामी कुर्न मन नभएको र उपचारमा खर्च धेरै हुने पिर, ठिक हुने ग्यारेन्टी भए मात्र उपचार गर्ने मनसाय प्रकट गर्छन् । शतप्रतिशत त कसरी भन्ने होला र म मनुष्यले !

कुनै देवनागरी लिपिमै लिपिबद्ध भाषा हो, बुझ्न गह्रो पर्छ मलाई, त्यो नेपाली भाषा भने होइन भन्नेमा विश्वस्त छु । राम्ररी जान्दिनँ त्यो भाषा म, तर भाव भने सबै बुझ्न सक्छु । मैलिएको कमिज र सुरुवाल लगाएको एउटा कृष्ण वर्णको दुब्लो ज्यान, हल्का कुप्रिँदै दुई हातका १० औँला जोडेर उभिएका छन्, ठूलो आसमा, कतै उनकी जाहानलाई घर जाने बाटो खुल्छ कि भनेर । उनका आँखा, अवयव र सम्पूर्ण अस्तित्वले सोही कुरा जनाउँछन् । त्यो बुझ्न कुनै शाब्दिक र व्यक्त भाषा जरुरी देखिन्न । एक वर्षदेखि आफ्नी जाहानको उपचारमा उनको राम्रै समय र धन खर्च भएको छ । निको हुने रोग लागेको होइन भन्ने कुरामा उनी विश्वस्त भइसकेका छन् । अहिले उनी हार खाइसकेका देखिन्छन् । खर्च जुटाउन धौ–धौ भएको छ उनलाई । बाढीले भएको झुप्रो घर पनि बगाइदियो कि भन्ने समाचारले घायल छन् । तर, त्यो चित्कार र विवशता उनको जाहानको श्वास थामिरहेको भेन्टिलेटरले सुन्दैन, न उनका प्रेसर थाम्न प्रयोग गरिएका औषधिले बुझ्छन्, न त ती महँगा एन्टिबायोटिक्सले नै । ती केवल चलिरहन्छन्, विकल्परहित अवस्थामा, निरन्तर… । धनको यो क्रूर स्वरूप ! उनलाई पछि काउन्सिलिङ गर्ने भनेर अर्को व्यक्तिलाई बोलाउँछु– बेड नम्बर ५ !

‘…… डाक्सा’प ! क्याबिन बेडको व्यवस्था गरिदिनुहोला, बाहिर सार्ने भएदेखि… ।’ धेरै दिनपछिको प्रयासमा ठिक भएका बाजेलाई बाहिर वार्डमा सार्न मिल्ने भएको छ । केही दिनमा घर फर्किन्छन् । एन्टिबायोटिक आदि सम्पूर्ण औषधि तथा उपचार सफल भएको उदाहरण । सबैका लागि खुसीको समय । धनको यो अर्को स्वरूपको दर्शन, सायद दयावान् स्वरूप हो यो । दुःखलाई कथा बनाउन सजिलो हुन्छ । त्यसैले होला खुसीका कथामा धेरै शब्द बनाउन जानिनँ मैले । तर, रोगसँगको संघर्षपछिको खुसी हो, दुःखपछिको सुख, निराशापछिको आशा । यो पनि एउटा सधैँ देखिने कथाको मिठो स्वरूप हो ।

पुनः म धनको क्रूर स्वरूपलाई मन्थन गर्ने प्रयास गर्छु । आफ्नी जाहानलाई औधी माया गर्छन् उनी । उपचार गर्ने मन छ, तर उनी विवश छन्, आफ्नो गरिबीले । म उनको विवशता बुझ्न सक्छु, उनको दुःख बुझन सक्छु, उनको निरीहता बुझ्न सक्छु । यी कथारूपसँग हरेक दिन जुधिरहेको हुन्छु । त्यसैले सायद, म अभ्यस्त भइसकेको छु । सबैको मर्म बुझ्छु, तर आफ्नो कार्यसम्पादनमा त्यसले असर गर्दैन । उनको नजरमा म मानवता नभएको एउटा प्राणी हुन सक्छु । एउटै दुःख र कथालाई लिएर बस्न मेरो कार्यस्वरूपले दिँदैन । सबैजनाप्रति समान कर्तव्यबोधले कार्य गर्नुपर्ने हुन्छ ।

‘……. डाक्सा’प ! हामीले घर लिएर जाने निर्णय गर्यौं । प्रोसेस अगाडि बढाइदिनू… ।’ एउटा अर्को बिरामीको आग्रह । यसको स्वरूप अलिक रिसउठ्दो छ, धनको कुटिल स्वरूप । पैसाको समस्या छैन, मनको समस्या, मनमा हुनुपर्ने ‘हरि’को खडेरी स्पष्ट देख्न सकिन्छ । उपचार गराउन नखोजेको प्रतीत हुन्छ । बिरामी कुर्न मन नभएको र उपचारमा खर्च धेरै हुने पिर, ठिक हुने ग्यारेन्टी भए मात्र उपचार गर्ने मनसाय प्रकट गर्छन् । शतप्रतिशत त कसरी भन्ने होला र म मनुष्यले ! भगवान्ले बनाएको शरीर त बिग्रिन्छ भने मैले पुनर्निर्माण गर्ने प्रयास गरेको शरीर बिग्रिन्न भनेर कसरी किटान गर्नु ? सकारात्मक आशाले उपचार गर्ने हो । आर्थिक समस्याले नै हो त भनेर केलाउँदा मनको खडेरी भेटिन्छ । अमूल्य जीवनसँग पैसा दाँजिएको अवस्था, धन गुम्ने डरले जोगाउन रचिएका कुटिल शब्दरूप प्रस्ट बुझ्न सकिन्छन् । यस्तो धनको कुटिल मुहारको दर्शन वेलाबखत हुन्छ ।

पुनः म धनको क्रूर स्वरूपलाई मन्थन गर्ने प्रयास गर्छु । आफ्नी जाहानलाई औधी माया गर्छन् उनी । उपचार गर्ने मन छ, तर उनी विवश छन्, आफ्नो गरिबीले । म उनको विवशता बुझ्न सक्छु, उनको दुःख बुझन सक्छु, उनको निरीहता बुझ्न सक्छु । यी कथारूपसँग हरेक दिन जुधिरहेको हुन्छु । त्यसैले सायद, म अभ्यस्त भइसकेको छु । सबैको मर्म बुझ्छु, तर आफ्नो कार्यसम्पादनमा त्यसले असर गर्दैन । उनको नजरमा म मानवता नभएको एउटा प्राणी हुन सक्छु । एउटै दुःख र कथालाई लिएर बस्न मेरो कार्यस्वरूपले दिँदैन । सबैजनाप्रति समान कर्तव्यबोधले कार्य गर्नुपर्ने हुन्छ । अर्को बिरामी उस्तै पर्खिरहेको हुन्छ । उनी बिदावारी दिन भन्छन् । म केही बोल्न सक्दिनँ । कागज तयार गरिदिन्छु । जाँदाजाँदै उनले सोधेको प्रश्नको भाव यस्तो छ, ‘डाक्सा’प । के पैसा भएको भए मेरो बिरामी बाँच्ने थियो ? मान्छेले श्वास नभएकालाई बचाउन कति खर्च गर्छन्, म त श्वास फेरिरहेकी बूढीलाई लैजाँदै छु… ।’
सोही प्रश्न सरकारको कानमा पुगोस् भन्ने सदिच्छा !

उही
धनको स्वरूपदर्शी

One thought on “धनको मुहार देख्ने डाक्टर

  1. first dhanyabad dr.khanal aaj ko paisa mukhi manwata haraeko samaj ma birami ko dukha,pida bujhne jamarko garnu vayo.vagwan pachhi dr. ho vanchhan tar ma ta vanchhu vagwan kalpana matra ho dr.satya ho dr.le manwata, pesa ko dharma paisa ko karan le marna dinu hunna.kahilai paisa ra santusti ko kami hundaina.sarkar ra neta ko aas ra biswas gari var parne galti nagarau.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय