स्वास्थ्य कार्यालय म्याग्दीका ४ कर्मचारी घुसको रकमसहित नियन्त्रणमा

हेल्थपोस्ट
प्रकाशित
२०७६ साउन १२ गते १८:५९

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ४ कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । कार्यालय प्रमुख भीमप्रसाद आचार्य सहित स्टोर किपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन् ।

उनीहरुले कार्यलयबाट सञ्चालित कार्यक्रमको पेश्की फस्र्यौट गरिदिने भन्दै आफ्नै कर्मचारीसँग १ लाख ३० हजार रुपैयाँ घुस मागेका थिए । सोही उजुरीका आधारमा अख्तियार कार्यालय पोखराको टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो ।  ‘कार्यालयका कर्मचारीसँग घुस मागेको सूचना आयो । अख्तियारले अनुसन्धान गर्दै जाँदा सवारी चालकमार्फत घुस बुझ्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो,’ अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले भने । पक्राउ परेकाहरु अख्तियारकै नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय