कलिलै उमेरमा ग्यास्ट्राइटिस किन ?

बालबालिकालाई पेट दुख्दा सामान्यतया जुका परेर वा खानपान नमिलेर होला भन्ने सोचाइ आम रूपमा रहेको पाइन्छ । ठूला मानिसलाई पेट दुख्नेबित्तिकै ग्यास्ट्राइसिटसको शंका गर्ने आम धारणा बच्चाको हकमा भने ठिक विपरीत छ । साधारणतया बच्चालाई ग्यास्ट्राइटिस (बोलीचालीको भाषामा ग्यास्ट्रिक) हुँदैन भन्ने आम सोचाइ छ, जुन साँचो होइन ।

बालबालिकाको पेटमा इन्फेक्सन भएको खण्डमा कलिलै उमेरमा पनि ग्यास्ट्राइटिस हुने गर्छ, जुन एच पाइलोरी नामक कीटाणुले निम्त्याउने गर्छ । जब बच्चाको खानपानमा बाहिरको खाना संलग्न हुँदै जान्छ, एच पाइलोरी कीटाणु शरीरमा प्रवेश गर्छ । यो कीटाणु पानी वा फोहोर खानाको माध्यमबाट सर्ने गर्छ ।

एच पाइलोरी भाइरसको संक्रमण ठूला मानिसमा हुँदा हामी त्यसलाई पेटमा अल्सर तथा घाउ भयो भन्छौँ । तर, यो भाइरसको इन्फेक्सन सानो उमेरमा पनि हुन सक्छ । कीटाणुले बालबालिकाको पेटमा पनि घाउ बनाउँछ । यस्ता कीटाणु एसिडमा बढी बाँच्ने गर्छन् । एच पाइलोरी कीटाणुको इन्फेक्सन भएर पेटमा असर गरिसकेपछि खानाले लक्षणहरू बढाउने गर्छ । जस्तै, अमिलो, पिरो, चिल्लो खानाले ग्यास्ट्राइटिस बढाउने होइन कि, यस्ता किसिमका खानेकुरा खाएपछि त्यसले रोगका लक्षणहरू बढाइदिने गर्छ । बालबालिकामा एच पाइलोरी कीटाणुको संक्रमण भएपछि पेट र नाइटोको वरिपरि दुख्ने, उल्टी हुने, वाकवाकी लाग्ने, खाना नरुच्नेलगायत समस्या देखिन्छन्, जुन ग्यास्ट्राइटिसका लक्षण हुन् ।

बालबालिकामा पेटदुखाइको प्रमुख कारण– कब्जियत
बालबालिकाको पेट ग्यास्ट्राइटिसले मात्र नभएर अन्य कारणले पनि दुख्ने गर्छ । बालबालिकाको पेट सबैभन्दा बढी कब्जियतका कारण दुखेको पाइन्छ । ठूला मानिसमा हुने र बालबालिकामा हुने कब्जियतमा भिन्नता हुन्छ । ठूला मानिसमा साग–सब्जी कम खानाले, पानी कम पिउनाले, खानपान तथा जीवनशैली राम्रो नहुनाले कब्जियत हुने गर्छ । बालबालिकामा भने दिसा राम्रोसँग भएन भने कब्जियत हुन्छ । जस्तै, हतार–हतारमा स्कुल जाने, स्कुलको ट्वाइलेटमा दिसा गर्न हिचकिचाउने, घरमा आएर पनि दिसा गर्ने अल्छी गर्ने कारणले गर्दा साइकल बन्छ र दिसा झन्–झन् कडा हुँदै जान्छ । दिसा कडा भएपछि बच्चाले दिसा गर्दा रोक्न खोज्ने, सानो बच्चा छ भने कुनामा खुट्टा च्यापेर बस्ने, अलि ठूला बालबालिकाले कपडामै दिसा गर्ने आदि कब्जियतका लक्षण हुन् । कब्जियत बालबालिकाको पेट दुख्ने प्रमुख कारणका रूपमा रहेको पाइन्छ ।

बालबालिकामा इन्डोस्कोपी गर्न धेरै अभिभावक डराउँछन् । तर, सानो उमेरका कारण इन्डोस्कोपी गर्न गाह्रो हुने भने होइन, डरका कारण गाह्रो हुने हो । यस्तो अवस्थामा बच्चालाई लठ्याएर इन्डोस्कोपी गर्नुपर्ने हुन्छ । यसका लागि बेहोस पार्ने डाक्टरको सहायता लिनुपर्ने हुन्छ । इन्डोस्कोपीमार्फत पेटमा घाउ छ कि छैन भनेर हेरेर बायप्सीका लागि मासु निकाल्ने प्रक्रिया ३ देखि ५ मिनेटमा सकिन्छ ।

रिफ्लक्स
खाना खाने नली र पेटको भागमा भएको मांसपेशी खुकुलो भएको खण्डमा पेटको खाना, खाना खाने नलीमा आउँछ । यसलाई चिकित्सकीय भाषामा रिफ्लक्स भनिन्छ, जुन धेरैजसो सानो उमेरका बच्चालाई हुने गर्छ । तर, यसका कारण हुने पेटको दुखाइ माथिल्लो भाग अर्थात् छातीमा हुन्छ । सानो बच्चाले खाएको खाना हुलुक्क निकाल्ने, तौल राम्रोसँग नबढ्ने भएमा यसको लक्षणका रूपमा बुझ्नुपर्छ ।

बच्चामा हुने ग्यास्ट्राइटिसका लक्षण, निदान र उपचार
ग्यास्ट्राइटिस भएपछि बच्चाको खानामा रुचि कम हुने गर्छ । बच्चाहरूको बढ्ने उमेर हुन्छ । जन्मिएदेखि निश्चित उमेरसम्म बच्चाहरू बढिरहेका हुन्छन्, कहिले तौल त कहिले उचाइमा । ग्यास्ट्राइटिसले बालबालिकाको तौल र उचाइमा केही फरक पारिरहेको हुन्छ । खाना नरुच्ने, अमिलो पानी आउने, पेट दुख्ने, अमिलो डकार आउने, भोकै पेटमा पनि पेट दुख्नेजस्ता लक्षण देखाएको खण्डमा एच पाइलोरी कीटाणुका कारण बच्चाको पेट दुखेको हो भन्न सकिन्छ । यसको जाँच दुई किसिमले गर्न सकिन्छ ।
कुनै बालबालिकालाई तौल र उचाइमा केही असर परेको छ भने इन्डोस्कोपी गरेर हेर्न सकिन्छ । अर्को विधिमा फुकेर हेर्न सकिन्छ, जसमा मेसिनको सहयोगले फुकेर भाइरस भए–नभएको जाँच गरिन्छ । तर, फुकेर हेर्नलाई बच्चा ५ वर्ष नाँघेको हुनुपर्छ ।

बालबालिकामा इन्डोस्कोपी गर्न धेरै अभिभावक डराउँछन् । तर, सानो उमेरका कारण इन्डोस्कोपी गर्न गाह्रो हुने भने होइन, डरका कारण गाह्रो हुने हो । यस्तो अवस्थामा बच्चालाई लठ्याएर इन्डोस्कोपी गर्नुपर्ने हुन्छ । यसका लागि बेहोस पार्ने डाक्टरको सहायता लिनुपर्ने हुन्छ । इन्डोस्कोपीमार्फत पेटमा घाउ छ कि छैन भनेर हेरेर बायप्सीका लागि मासु निकाल्ने प्रक्रिया ३ देखि ५ मिनेटमा सकिन्छ ।

समयमा उपचार नभएको अवस्थामा पछि गएर दीर्घकालीन असरसमेत हुने गर्छ । समयमा उपचार नहुँदा घाउ झन् ठूलो हुँदै जान्छ र कसैकसैलाई अल्सर पनि देखिने गर्छ । सानो बच्चामा अल्सर त्यति धेरै देखिँदैन । तर, अलि ठूलो उमेरका बच्चामा भने देखिन्छ । ठूला मानिसमा सानो आन्द्रा तथा पेटमा जुन किसिमको अल्सर हुन्छ, त्यो १३–१४ वर्षको बच्चामा पनि देखिने गर्छ ।

ठूला मानिसमा साग–सब्जी कम खानाले, पानी कम पिउनाले, खानपान तथा जीवनशैली राम्रो नहुनाले कब्जियत हुने गर्छ । बालबालिकामा भने दिसा राम्रोसँग भएन भने कब्जियत हुन्छ । जस्तै, हतार–हतारमा स्कुल जाने, स्कुलको ट्वाइलेटमा दिसा गर्न हिचकिचाउने, घरमा आएर पनि दिसा गर्ने अल्छी गर्ने कारणले गर्दा साइकल बन्छ र दिसा झन्–झन् कडा हुँदै जान्छ । दिसा कडा भएपछि बच्चाले दिसा गर्दा रोक्न खोज्ने, सानो बच्चा छ भने कुनामा खुट्टा च्यापेर बस्ने, अलि ठूला बालबालिकाले कपडामै दिसा गर्ने आदि कब्जियतका लक्षण हुन् ।

बायप्सी परीक्षणमा कीटाणु पोजेटिभ देखिएको खण्डमा आवश्यकताअनुसार १४ दिनसम्मको एन्टिबायोटिक दिने गरिन्छ । त्यसका साथै लामो समयसम्म एसिड कम गर्ने औषधि दिने गरिन्छ । दुखाइ ठिक नभएसम्म दुखाइको औषधि पनि दिनुपर्ने हुन्छ । बिरामीको खानपानमा थोरै परिवर्तन ल्याउनुपर्ने हुन्छ । बढी अमिलो भएका फलफूल तथा चिल्लोको सेवन कम गरिन्छ । ग्यास्ट्राइटिस भन्नेबित्तिकै एकदम खल्लो खाना, तेल, घ्यु नभएको खाना खानुपर्छ भन्ने होइन र यसरी बार्नुपर्दैन । घरमा पाक्ने नर्मल खानेकुरा खानुपर्छ । चिल्लो खानेकुरा र एसिड बढी भएका फलफूल मात्र बारे पुग्छ ।

४–५ वर्षअघिसम्म चिकित्सक स्वयंमा बालबालिकामा इन्डोस्कोपी गर्नुपर्छ भन्ने सोच थिएन
सुरुमा बच्चाका लागि इन्डोस्कोपी भन्ने नै थिएन । म आफ्नो अध्ययन सकेर सन् २०१२ मा नेपाल आउँदा बच्चाको इन्डोस्कोपी गर्न नेपालबाहिर गइरहेको अवस्था थियो । हाल इन्डोस्कोपी बालबालिकामा आवश्यक छ भनेर जनचेतना अभिवृद्धि भइरहेको अवस्था छ । अहिले कतिपय आमाबुबा बच्चालाई इन्डोस्कोपी गराउन आफैँ पनि आउनुहुन्छ । ४–५ वर्षअघि यस्तो परिवेश थिएन । त्यतिवेला बच्चामा इन्डोस्कोपी गर्दा खाना खाने नलीमा असर पार्छ कि अथवा बेहोस गरेर कसरी गर्ने हो, ठूलो जाँच हो भनेर डर मान्नुहुन्थ्यो । हाल बालबालिकाको पेटसम्बन्धी चिकित्सक ३–४ जना नेपालमा कार्यरत हुनुहुन्छ । पहिले चिकित्सकमा पनि बच्चालाई इन्डोस्कोपी गर्न पठाउनुनपर्ने सोचाइ हुन्थो । ४–५ वर्षअघिसम्म बच्चालाई इन्डोस्कोपीभन्दा पहिले दुखाइ कम गर्ने तथा एसिड कम गर्ने औषधि दिएर हेरिन्थ्यो । इन्डोस्कोपी ठूलालाई मात्रै हो भन्ने सोचाइ थियो, जुन बिस्तारै परिवर्तन हुँदै गएको छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

2 thoughts on “कलिलै उमेरमा ग्यास्ट्राइटिस किन ?

Leave a Reply to Dr Binita Joshi Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय