कस्तो प्रकारको रोग हो डेंगु ? कसरी बच्ने ?
गर्मी मौसममा विशेषगरी तराईमा विभिन्न किसिमका रोग फैलिन्छन् । हुन त गर्मीमा जुनसुकै ठाउँमा पनि रोगको प्रकोप देखापर्छन् । त्यसमाथि पनि वर्षाका कारण निम्तिने प्राकृतिक प्रकोपले पनि विभिन्न रोग फैलिरहेका हुन्छन् । विशेषगरी तराईमा फरकखालका रोगले व्यक्तिहरू संक्रमित भइरहेका हुन्छन् । तराईमा गर्मीयाममा देखिने विभिन्न रोगमध्ये अहिले महामारीको रूपमा फैलिँदै गएको रोग हो, डेंगु ।
बूढीगंगा गाउँपालिका–२ मा अवस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा पनि अहिले प्रत्येक दिनजसो डेंगुका बिरामीको उपचार भइरहेको छ । वास्तवमा डेंगु के हो ? यसका लक्षण के–के हुन् ? यो रोग कसरी फैलिन्छ ? अनि यो रोगबाट बच्ने उपाय के–के हुन् ? यी विषयमा केन्द्रित भएर विराट मेडिकल कलेज टिचिङ हस्पिटल मेडिसिन विभागका डा. रामकुमार मेहेतासँगको कुराकानीका आधारमा तयार पारिएको यो सामग्री प्रस्तुत छ ।
डेंगु संक्रमित ९७ प्रतिशत बिरामीमा सामान्य ज्वरोका रूपमा लक्षण देखिन्छ । साधारण लक्षणमा ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेलगायत हुन्छन् । शरीरका कुनै पनि भागबाट रक्तस्राव बढी हुनु, रक्तचाप कम हुनु र रगतमा प्लेटलेट्स कम भएमा खटिरा धेरै आउन डेंगुका असाधारण लक्षण हुन् र यो अवस्थालाई जटिल मानिन्छ । यसको निर्मूल गर्ने नभई लक्षणअनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरू रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसका कारण अन्य रोगले आक्रमण गरेमा झन्–झन् जटिल बन्दै जान्छ ।
डेंगु के हो ?
डेंगु भनेको भाइरल इन्फेक्सन हो । यो एडिज लामखुट्ठेको टोकाइबाट सर्छ । एडिज लामखुट्टे भनेको एक प्रजातिको लामखुट्टे हो जुन प्रायः कृत्रिम भण्डारण गरेर राखेको फ्रेस पानीमा बस्छ र यसले प्रायः दिनमा टोक्ने गर्छ । डेंगु विभिन्न प्रकारका हुन्छन् । साधारणतया सबै डेंगु खतरनाक हुँदैनन् । डेंगु कुनै साधारण लक्षण देखिएर पनि हुन्छ भने कुनै असाधारण लक्षण देखाएर पनि हुन्छ ।
यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोका रूपमा लक्षण देखिन्छ । यो साधारण लक्षण हो । शरीरका कुनै पनि भागबाट रक्तस्राव बढी हुने, रक्तचाप कम हुने र रगतमा प्लेटलेट्स कम भयो भने खटिरा धेरै आउने लक्षणहरू देखिएमा यी असाधारण लक्षण हुन् र यो अवस्थालाई जटिल मानिन्छ । यसको निर्मूल गर्ने उपचार भने हुँदैन, लक्षणअनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरू रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसले गर्दा अरू रोगले यदि आक्रमण गरेमा झन्–झन् जटिल बन्दै जान्छ ।
डेंगु संक्रमण कसरी हुन्छ ?
डेंगुको संक्रमण एक किसिमको एडिज लामखुट्टेले गराउँछ । हात मिलाउँदैमा, अँगालो मार्दैमा सँगै खाना खाँदैमा यो भाइरस सर्दैन । संक्रमित व्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले अन्य स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ । पानी जम्ने ठाउँमा गर्मीमा र पानी बग्ने व्यवस्था राम्रोसँग नहुने ठाउँमा एडिज लामखुट्टे बढी सक्रिय हुने गछन् ।
डेंगुका लक्षण के हुन् ?
साधारण लक्षण
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ–२००९)का अनुसार डेंगु विदाउट साइन (लक्षणविनाको डेंगु)मा एकदमै बढी ज्वरो (१०२ डिग्री) आउँछ । यसका ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेजस्ता साधारण लक्षण हुन् ।
असाधारण लक्षण
खटिरा आउने, रक्तस्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेट्सको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने, रक्तचाप निकै कम हुने हुन्छन् । अधिकांश रोगी सामान्य उपचारपछि निको हुने भए पनि वेलैमा उपचार नगरेमा मानिसको ज्यानै जान सक्छ ।
डेंगुबाट बच्ने उपाय के छन् ?
– लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
– घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ ।
– घरनजिक कुनै पनि किसिमका झाडी राख्नुहुँदैन ।
–लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा लामखुट्टेको धूप वा क्रिम प्रयोग गर्नुपर्छ ।
– झ्याल–ढोकामा जाली राख्नुपर्छ ।
– शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ ।
– सरसफाइमा ध्यान दिनुपर्छ ।
– आफ्नो घरवरिपिर मात्र नभई समुदाय, समाजलाई पनि सफासुग्घर राख्न मद्दत गर्नुपर्छ ।
(विराट मेडिकल कलेज टिचिङ हस्पिटल)
अनि यो डेगि कति दिन सम्म निको हुन्छ होला