सुत्केरीको मृत्युपछि आन्दोलन, गल्छी-त्रिशूली सडकखण्ड अवरुद्ध

अस्पतालको लापरबाहीका कारण सुत्केरीको ज्यान गएको भन्दै नुवाकोटका स्थानीयतले गल्छी–त्रिशूली सडकखण्ड महादेवफाँटमा सडक अवरोध सिर्जना गरेका छन् । नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा प्रसूतिपछि तारकेश्वर गाउँपालिका–५ बुधसिङ स्थायी घर भई हाल वेलकोटगढी–७ महादेवफाँट बस्दै आएकी गोमा वस्तीको अत्यधिक रक्तस्रावका कारण ज्यान गएपछि आफन्तले अस्पतालको लापरबाहीको आरोप लगाएका हुन् ।

बुधबार अस्पताल भर्ना भएर ‘नर्मल डेलिभरी’ भएकी वस्तीको सुरुमा नवजातमा श्वासप्रश्वास समस्या देखिएपछि बच्चालाई कान्ति बाल अस्पताल रेफर गरिएको थियो । पछि गोमामा रक्तस्राव नरोकिएपछि बेहोस भएर उनको ज्यान गएको थियो । रक्तस्राव नरोकिएर आमालाई गाह्रो हुँदै गएपछि हेलिकोप्टर उद्धारका लागि सरकारलाई आग्रह गर्दा नुवाकोट सुगम क्षेत्रमा पर्ने भएकाले होलिकोप्टर उपलब्ध गराउन नसकिने जवाफ सरकारी निकायबाट आएको बताइएको छ । यद्यपि, सरकारले प्रसूतिमा जटिल समस्या देखिएका महिलाको उपचारका लागि आवश्यक परेमा हेलिकोप्टरमार्फत निःशुल्क उद्धार गर्ने घोषणा गरेको थियो । पछि उनलाई निजी हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौं पुर्याइए पनि ढिलो भएका कारण ज्यान जोगाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

रक्तस्राव नरोकिएर आमालाई गाह्रो हुँदै गएपछि हेलिकोप्टर उद्धारका लागि सरकारलाई आग्रह गर्दा नुवाकोट सुगम क्षेत्रमा पर्ने भएकाले होलिकोप्टर उपलब्ध गराउन नसकिने जवाफ सरकारी निकायबाट आएको बताइएको छ । यद्यपि, सरकारले प्रसूतिमा जटिल समस्या देखिएका महिलाको उपचारका लागि आवश्यक परेमा हेलिकोप्टरमार्फत निःशुल्क उद्धार गर्ने घोषणा गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा वस्तीका आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहे पनि निष्कर्षमा पुग्न सकेको छैन । पीडित पक्षको माग पूरा हुनुपर्ने भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

निरन्तर रक्तस्राव हुँदा पनि अस्पतालले रोक्ने प्रयास नगरेको आफन्तको आरोप छ । उनीहरूले सडकमा टायर र काठ बालेर अवरोध पुर्याइरहेका छन् । अस्पताल प्रशासनले भने उपचारका लागि आवश्यक उपकरण नभएका कारण वस्तीको ज्यान जोगाउन नसकिएको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय