मेडिकल अधिकृत आठौँ र फार्मेसी अधिकृतको समायोजन सूची सार्वजनिक (६६४ कर्मचारीको सूचीसहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यसेवाअन्तर्गत मेडिकल अधिकृत आठौँ तहका कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । मन्त्रालयले मंगलबार ६ सय ३१ मेडिकल अधिकृतको समायोजनको टुंगो लगाएको हो ।

त्यसैगरी, मंगलबार नै मन्त्रालयले आठौँ तहका फार्मेसी अधिकृत र सातौँ तहका फार्मेसी अधिकृतको पनि समायोजन सूची सार्वजनिक गरेको छ । दुवै तहका गरी जम्मा ३३ कर्मचारी समायोजित भएका छन् ।

समायोजन गरिएका अधिकांश मेडिकल अधिकृत संघअन्तर्गत समायोजित भएका छन् । केहीलाई प्रदेशमा खटाइएको छ भने केही स्थानीय तहमा समायोजित भएका छन् ।

फार्मेसी अधिकृतमध्ये पनि अधिकांश संघअन्तर्गत समायोजित भएका छन् । ६ जना फार्मेसी अधिकृतलाई प्रदेशअन्तर्गत समायोजित गरिएको छ । प्रदेश १ मा २, प्रदेश ५ मा ३ र कर्णालीप्रदेशमा १ जनालाई समायोजन गरिएको छ । बाँकी संघअन्तर्गत समायोजित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय