शिक्षण अस्पतालको प्रशासक हुँदा हाइहाई हुने, बाल अस्पताल खोल्छु भन्दा तेरो क्षेत्र होइन् भन्ने ?

 

डा. भगवान कोइरालालाई अधिकांशले चिन्ने रूप भनेको नामी मुटुरोग विशेषज्ञ र कुशल स्वास्थ्य व्यवस्थापक हो । नेपाली चिकित्साक्षेत्रमा उनले हात हालेका कुनै संस्था र जिम्मेवारी यस्तो भएनन्, जुन सफल नभएका होऊन् । सरकारी सेवाबाट अवकाशको उमेर नजिकिँदै गर्दा डा. भगवान कोइरालाले शनिबार राजधानीमा एउटा महत्त्वाकांक्षी योजना घोषणा गरे, काठमाडौंसहित ७ प्रदेशमा ७ वटा बाल अस्पताल खोल्ने । त्यसका लागि स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)का अध्यक्ष डा. कोइरालासँग पछिल्लो अभियानबारे हेल्थपोस्टले गरेको कुराकानी ।

चर्चित मुटुरोग विशेषज्ञले आज देशभर ७ वटा बाल अस्पताल खोल्ने महत्त्वाकांक्षी योजना घोषणा गर्नुभयो ? किन बाल अस्पताल नै खोल्नुपरेको ?
यो किन भन्नेमा त खासै प्रश्न छैन । बाल स्वास्थ्यको क्षेत्रमा रोकथामको तहमा राम्रै काम भएका छन् । समुदायमा आधारित उपाचारका अभ्यासहरूमा ठिकठिकै काम भएका छन् । तर, द्वितीय तह, तृतीय तहमा हामी वयस्कको उपचारमा त अझै विश्वस्तरमा छैन भने बालबालिकाको क्षेत्रमा त झन् हामी एकदमै तल छौँ ।

पछिल्लो दुई–अढाई दशकलाई तुलना गरेर हेर्यो भने यो क्षेत्रमा पनि सुधार नै भएको छ । तर, यो सुधार एउटा स्टेजमा आएर अलि सुस्ताएको छ । किनकि, जटिलतम रोगहरूको उपचार गर्ने माहोल नभईकन, सुविधा र प्रणाली नभईकन अब बालस्वास्थ्यमा अहिलेको अवस्थामा तात्त्विक भिन्नता आउन सक्दैन भन्ने आकलन हो ।
त्यही सन्दर्भमा नेपालमा एउटा बालक्लिनिक उपचारको क्षेत्रमा अहिले अभियानको विकल्प थिएन । बालस्वास्थ्यमा सरकारले पनि धेरै गर्न चाहेर पनि अन्य विषय प्राथमिकतामा परेकै कारणले पछाडि परेको अवस्था हो ।

अहिले धेरै मानिसले यो सरकारले गर्ने कामका लागि तिमी किन जान्ने भएको भनेर प्रश्न गर्छन् । मेरो विशेषज्ञताको विषयलाई लिएर पनि केही मान्छेले बालमुटु अस्पतालका लागि यो अगुवाइ लिएको भए म तपाईंको एकदमै सहयोगी हुन्थेँ भन्छन् ।

मैले ती मानिसलाई जवाफ दिने गरेको छु, मैले गंगालाल अस्पतालको प्रशासक हुँदा सुहाउने, शिक्षण अस्पताल जहाँ मुटुको सेवा थिएन, त्यसको प्रशासक हुँदा हाइहाई हुने, यो त स्वास्थ्यको विषय हो, म यो विषयलाई समन्वय गरेर बोर्डको अध्यक्षका रूपमा अभियान अगाडि बढाउने सोचमा छु ।

यो आउट अफ ट्र्याक त होइन ?
बालस्वास्थ्यमा मुटुरोग एउटा मुख्य विषय हो । तर, हामीले अहिलेसम्म जानेको र सिकेको व्यावसायिकता तथा व्यवस्थापकीय अनुभव जोडेर एउटै गैरनाफामूलक क्षेत्रबाट सुरु गर्नु उपयुक्त मोडल हो भनेर सुरु गर्दा यो विषय आउट अफ ट्र्याक होइन ।

मैले ती मानिसलाई जवाफ दिने गरेको छु, मैले गंगालाल अस्पतालको प्रशासक हुँदा सुहाउने, शिक्षण अस्पताल जहाँ मुटुको सेवा थिएन, त्यसको प्रशासक हुँदा हाइहाई हुने, यो त स्वास्थ्यको विषय हो, म यो विषयलाई समन्वय गरेर बोर्डको अध्यक्षका रूपमा अभियान अगाडि बढाउने सोचमा छु ।

सरकारले नै बाल अस्पताल बनाउनुपर्छ भनेर वकालत पनि गर्न सक्नुहुथ्यो र सुझाब पनि दिन सक्नुहुथ्यो । तर, आफैँ गैरसरकारी र गैरनाफामूलक मोडलमा पुग्नुभयो, सफल होला त ?
यो विषय निकै चुनौतीपूर्ण हो भन्ने मलाई राम्ररी थाहा छ । केन्द्रसहित ७ प्रदेशमा ७ वटा अस्पताल, यो नेपालका सन्दर्भमा एउटा प्रभावकारी मोडल हुनेछ । गैरनाफामूलक क्षेत्रले देशभरि नेटवर्क बनाएर बच्चाको अस्पताल खोल्ने सन्दर्भमा खासै अभ्यास भएको छैन । यो अर्थमा नेपाललाई मात्रै होइन, अन्तका लागि पनि राम्रो मोडल हुन्छ ।

देशका प्रतिष्ठित र यो क्षेत्रमा धेरै योगदान गरेको मान्छे, विभिन्न वर्ग, पेसा र समुदायका मानिसलाई यो सञ्जालभित्र समाहित गरेर अगाडि बढ्नु हाम्रो हो । मलाई लाग्छ, यो अनुभव र सम्पर्कले यो काम पूरा गर्न सकिएन भने यो झन् अरूका लागि पनि सहज नहुन सक्छ ।
चाहिने नै हो भन्ने कुरामा आश्वस्त भएपछि सबैभन्दा उपयुक्त र सम्भाव्य मोडल यही हो, जुन हामीले रोजेका छौँ ।

सरकारी संस्थाहरू राम्ररी चल्न सक्नेरहेछन् भन्ने बुझाइका आधारमा यो मोडल जन्मिएको त होइन ?
एकातिर सरकारी निकायहरू विभिन्न कारणले समस्याग्रस्त छन् । म आफैँ अहिले पनि सरकारीमा छु र सरकारका लागि काम पनि गरिरहेको हुँ । सरकारीभित्र पनि गर्न सकिन्छ भनेर देखाउन चाहेको र केही हदसम्म सफल भएको पनि हो । म सरकारी फेल भन्दिनँ, सरकारले धेरै गरेको छ ।

तर, उत्कृष्टताको सेन्टर बनाउँदा फेरि पनि सरकारी मोडलमा सीमितता छ । पूर्ण नाफामूलक र निजी संस्थाहरूको पनि व्यावसायिकता होला, त्यसमा पनि आफ्नै सीमितता छ, अझ भनौँ, जनताको पहुँचको मामलामा समस्या छ । निजीमा पनि बहुक्षेत्र र निकायको सहभागिता सम्भव हुन्छ । तर, राष्ट्रि«य, अन्तर्राष्ट्रिय दाताहरू, बिमा, सरकारी स्किम लिने कुरामा सम्भव छैन । सरकारीभन्दा अलि लचक तर नाफा व्यक्तिका लागि नभई संस्थाका लागि हुने मोडल भनेको यही हो । यसको समस्या भनेको धेरै धनी मान्छेले खुरुक्क पैसा हाल्न नचाहलान्, किनकि नाफा आउँदैन ।

हामीले सोचेको भनेको पुँजी जम्मा गरेर एकपटक पूर्वाधार विकास गरेर, उपकरण हालेर सञ्चालनमा ल्याउन सक्यौँ भने सञ्चालनको रिजल्टलाई सरकारले नै सदुपयोग गर्ने धेरै तरिका छन् । अहिले बिमा प्रणाली असफल हुनुको कारण पनि सेवा दिने संस्थाहरू राम्रो नभएकाले नै हो । जनताले अस्पताललाई नपत्याएर, सेवा सहज नभएर बिमा असफल भएको हो । राम्रो अस्पताल बनाउने र सरकारी कार्यक्रम लिने हो भने त्यसले सरकारलाई सहयोग गरेर यसको आफ्नो सञ्चालन पनि सहज हुन्छ । बिमा सरकारी कार्यक्रमका सबै स्किमहरू लिने मोडलमा नाफा कमाउन नपर्ने भएपछि धेरै मार्जिन पनि राख्नुपरेन ।

यो लगानीभन्दा पनि योगदानमा आधारित परियोजना हो । हामीले तीनवटा मोडल छानेका छौँ । ठूला–ठूला स्टेकहोल्डरहरू पार्टनर, प्रमोटरका रूपमा यसमा जोडिन्छन् । प्रोफेसनल फन्ड रेजिङको सिद्धान्तमा नेमेङ अपरच्युनिटी भनिन्छ, हामीसँग यसका लागि फन्डरेजिङकै विज्ञहरू पनि जोडिने अवस्था छ । रनिङ मोडल भनेको रेभेन्यु जेनरेटकै सन्दर्भ हो ।

सोचअनुसारको सहयोग प्राप्त हुने र दाताहरूले दिन सक्ने विश्वासिला आधारहरू बन्दै छन् त ?
यसका लागि संसारका प्रमुख पाँचमध्येको कन्सल्टिङ कम्पनी केपिएमजी भन्ने हल्यान्डको कम्पनी छ, त्यस कम्पनीले डेडिकेटेड भएर यसैका लागि फन्ड रेजिङङो काम गर्ने तत्परता देखाएको छ । उनीहरूको निम्तामा केपिएमजीले यसको बिजनेस प्लान बनाइदिएको छ । कति लग्छ, के–के सेवामा कति बिरामी आउँदा कति कस्टमा यो सस्टेन हुन सक्छ भनेर बृहत् योजना बनेको छ । कति बिरामी आउँदा कति पैसा राख्यो भने सञ्चालन खर्च धान्न सक्छ, सबै योजना बनिसकेको छ । कति ऋण लिएर गर्दा पैसा उठ्छ कि उठ्दैन, कति वर्षमा तिर्न सकिन्छ सम्म हेरिएको छ ।

यी सारा कुराको बिजनेस केस बनेको छ । त्यसबाट हामीले सबै विषयको विश्लेषण गरेर सरकारी स्किम पनि लिन सक्ने र तिर्न सक्नेबाट पैसा लिएर जम्मा हुने रेभेन्युबाट दिगो हुन्छ भन्ने निष्कर्ष छ ।
अहिले फेज १ का लागि जग्गासहित किन्नुपर्ने अवस्था भयो भने २० मिलियन युरोको प्रोजेक्सन थियो । जग्गा पाउँदा करिब–करिब ४० प्रतिशत कस्ट घट्ने अवस्था छ । यसका लागि कसरी फन्ड रेजिङ हुन्छ भन्ने प्रश्न छ ।

यो लगानीभन्दा पनि योगदानमा आधारित परियोजना हो । हामीले तीनवटा मोडल छानेका छौँ । ठूला–ठूला स्टेकहोल्डरहरू पार्टनर, प्रमोटरका रूपमा यसमा जोडिन्छन् । प्रोफेसनल फन्ड रेजिङको सिद्धान्तमा नेमेङ अपरच्युनिटी भनिन्छ, हामीसँग यसका लागि फन्डरेजिङकै विज्ञहरू पनि जोडिने अवस्था छ । रनिङ मोडल भनेको रेभेन्यु जेनरेटकै सन्दर्भ हो । सरकारी स्किम, सिएसआरहरू हुन्छन् । महत्त्वपूर्ण विषयमा काम गर्ने डाक्टरहरूको टिम बसेको परियोजनाका लागि ठूला संस्था बैंकहरू, टेलिकम्युनिकेसन र अन्य प्रतिष्ठित कर्पोटेर हाउसहरू काम गर्न तयार हुनेछन् । उनीहरूले वर्षभरि करोडौँ रूपैयाँ सिएसआरमा हाल्नुपर्ने हुन्छ । एक अर्ब नाफा कमाउने बैंकले एक करोड त अहिले सिएसआरमा हाल्नैपर्छ ।

हामीसँग यस्ता २०औँ कम्पनी छन् । संस्थाको रेभेन्यु आफ्नो छ, सिएसआरको भाग पनि आउँदा यो संस्था राम्ररी चल्न सक्छ । बिमा र सरकारी स्किमहरू त्यही दरमा उपलब्ध गराउँछौँ । ११ रोगमा सरकारको दायित्व छ, नवजात उपचार निःशुल्क छ, यी सबै विषयमा सरकारलाई सेवाप्रदायक मिल्यो भने यो संस्थाको रेभेन्यु भयो, जनताले पैसा तिर्नुपरेन । हामीले खोजेको मोडल यो हो । त्यसका लागि गैरनाफामूलक र गैरसरकारी, सबैभन्दा उपयुक्त मोडल नै यही थियो ।

तपाईं जीवनभर सार्वजनिक संस्था बनाउन लाग्नुभयो । अब अवकाशप्राप्त जीवनमा कुनै निजी संस्थामा जानुहुन्छ र बाँकी जीवनका लागि केही आर्थिक जगेर्ना गर्ने गरी अगाडि बढ्नुहोला भन्ने अनुमान थियो । तर, तपाईंले यो बाटो रोज्नुभयो, कसरी ? नयाँ छलाङ हान्नुभएको हो ?

यो योजना पहिल्यैदेखि मेरो मनमा थियो । मैले सार्वजनिक रूपमै भनिसकेको छु, म शतप्रतिशत समय यसमा दिन सक्दिनँ । किनकि, मैले पनि खानुपर्छ । तर, यो इन्स्टिच्युटबाट सुको पनि लिने होइन । तर, अब मेरो अवकाशपछिको शक्ति, बुद्धि, सम्पर्क, सम्बन्ध र दिलको उल्लेख्य चोक्टा यसमा लगाउँछु । तपाईं मुटु विशेषज्ञ भएर कता बच्चाको अस्पताल बनाउन लाग्नुभएको भन्छन् । म अमेरिका गएकै चिल्ड्रेन हार्ट सर्जरी गर्ने मौका पाएर हो । टोरन्टोमा संसारका प्रमुख तीनमध्येको बच्चाको मुटुको अस्पताल छ, मैले त्यसमा एक वर्ष अतिरिक्त फेलोसिप गरेको छु । त्यसवेलादेखि नै मेरो बच्चामा चासो थियो । त्यसैले त मैले नेपालमा बच्चाको मुटुको उपचार सम्पूर्ण निःशुल्क गर्नका लागि अग्रसरता लिएको हुँ । त्यसको विस्तार नै अहिलेको परियोजना हो । मैले मुटु ठिक गरेर मात्रै बच्चा ठिक भएन । किनभने, उसमा पखाला छ, उसमा अरू समस्या छन् । अरू–अरू चीज पनि एउटै छातामुनि हुँदा पो बच्चो ठिक हुन्छ । यस कारणले मैले संयोजनकारी भूमिका निर्वाह गर्न खोजेको हुँ, पद लिने, चेक साइन गर्ने मेरो कुनै रहर होइन ।

एउटै छातामुनि प्रोफेसनलहरूले व्यवस्थापन गरेको पूर्ण चाइल्ड केयर सेन्टर बनाउने मेरो सपना हो । यसलाई सार्थक बनाउन इन्स्टिच्युटले माग गर्दा म ढल सफा गर्नेदेखि छडी हान्ने, डन्डा चलाउनेजस्ता संयोजनकारी भूमिका र फन्डरेजिङको काम पनि गर्न तत्पर छु ।

म मुटु विशेषज्ञको हैसियतले काम गरौँला, त्यो सर्जनका रूपमा काम गरेबापत मलाई पैसा आउँछ कि आउँदैन, मैले सोचेको छैन । बोर्डमा बसेको चेयरको हैसियतले म मिटिङ भत्ता पनि नलिईकन काम गर्छु

तपाईंले देखेको सपनाअनुसारका संस्था बनेर बालबालिकाले खुरु–खुरु उपचार पाउने दिनका लागि कति समय प्रतीक्षा गर्नुपर्ला ?
यो विषय ठ्याक्कै सोचेजस्तो त नहोला, तर २ देखि ३ वर्षमा काठमाडौंको फेज १ को १०० बेडको अस्पताल तयार गर्ने र त्यसपछि हामी फेज २ मा प्रदेशमा जान्छौँ । प्रदेशमा न्यूनतम ५० बेडका अस्पताल बन्छन्, स्रोत बढी जुटेको अवस्थामा बढी पनि होला । त्यहाँ पनि आइसियू, एनआइसियू, पिआइसियू सबै हुन्छन् । जनरल केयर सर्जिकल केयर सबै हुन्छ । एकदमै जटिल मल्टिस्पेसियालिटीचाहिँ काठमाडौंमा फोकस गर्छौं । काठमाडौंले बाहिरको सपोर्ट गर्न सकोस् ।
जागिर खानका लागि मैले आज इटहरीमा १० जना बालरोग विशेषज्ञ पठाउनुपर्यो भने गाह्रो छ । काठमाडौं मल्टिस्पेसियालिटी बनाउने र पुल अफ डाक्टरलाई आबद्ध गराएर रोटेसनमा वर्षको ३–४ महिना आउटरिचमा जानुपर्छ भन्ने हो । हामीले विश्वस्तरीय अस्पताल बनायौँ भने यहाँ काम गर्ने चाहना त धेरैलाई हुन्छ ।

यो योजना पहिल्यैदेखि मेरो मनमा थियो । मैले सार्वजनिक रूपमै भनिसकेको छु, म शतप्रतिशत समय यसमा दिन सक्दिनँ । किनकि, मैले पनि खानुपर्छ । तर, यो इन्स्टिच्युटबाट सुको पनि लिने होइन । तर, अब मेरो अवकाशपछिको शक्ति, बुद्धि, सम्पर्क, सम्बन्ध र दिलको उल्लेख्य चोक्टा यसमा लगाउँछु ।

तपाईंजस्तो जनताले पत्याएको मान्छेले अगुवाइ गरेपछि पूर्वाधार, उपकरण त पक्कै तयार होलान् । अर्को पक्ष जनशक्ति, त्यसमा पनि सातै प्रदेशमा चिकित्सक जुटाउन, खटाउन र टिकाउन कसरी सम्भव होला ?
बालरोग विशेषज्ञले पनि पुग्दैन । नेपालमा अहिले ४ सयको हाराहारीमा बालरोग विशेषज्ञ छन् । ती सबै कहाँ छन् त भनेर खोज्दा ९५ प्रतिशत त प्रदेश ३ मै रहेछन् । तिनीहरूलाई यो सञ्जालभित्र कसरी आकर्षित गर्ने भन्ने चुनौतीपूर्ण छ । हामीले मल्टिपल मेडलमा सोचिरहेका छौँ । काठमाडौंमा हब बनाएपछि यहाँको स्टेट अफ द आर्ट फेसिलिटीको आकर्षण धेरैलाई हुनुपर्छ र हुन्छ । त्यसको दायराभित्र राखेर अरू ६ वटा प्रदेशिक अस्पताललाई जनरल बालरोग विशेषज्ञहरूलाई पुलमा राखेर पठाउने हो । त्यहीँ सेन्टर बनाएर बस्न चाहनेहरू पनि भेटिएलान् । पुलमा राखेका चिकित्सक पनि पालैपालो जान्छन् र सेवा गरेर फर्किन्छन् । यो गरिएन भने देशभर डाक्टर पुर्याउन सकिन्न ।

बालरोगका अन्य विधाहरू, मुटु, मिर्गौला, क्यान्सरजस्ता विषयमा पनि जनशक्ति आवश्यक छ । जति देशमा छन्, ती सबैलाई हामी जोड्न खोज्छौँ, तर सबै यसमा जोडिन चाहन्छन् भन्ने होइन । तर, मान्छे छैन भन्ने हामीले संसारभर अप्रोच सुरु गरिसकेका छौँ । पैसा होइन, हामीलाई चिकित्सकलाई तालिमको स्लड देऊ भनेर मागिसकेका छौँ । धेरै विश्वविद्यालयहरू नेपालका चिकित्सकहरूलाई तालिमको अवसर दिन तयार छन् । त्यतिले पनि पुगेन भने एमबिबिएस गरेको डाक्टरलाई बालरोग पढ्न पठाएरै पनि त्यहाँ जनशक्ति जुटाउने हो ।

तपाईं एउटा सेन्टर अफ एक्सिलेन्स बनाउने मात्रै होइन, स्वास्थ्यसेवाको एउटा उत्कृष्ट मोडल नै स्थापित गर्न चाहनुहुन्छ ?
हो, हामी त्यही प्राक्टिस गर्न चाहन्छौँ । एउटा कुरा, एउटा राइट रेफरल सिस्टम बन्छ । अहिले देशमा रेफरल सिस्टमले काम गरेको छैन । हो, नेपाललाई मात्रै होइन, अरूलाई पनि मोडल हुन सक्छ भन्ने हाम्रो सपना हो । पास कि फेल, समयले देखाउँछ, तर यतिका मान्छेको गुडविल, कनेक्सन, अनुभव र विश्वास छ । बोर्डरलाइनबाट त हामी धेरै हिँडेका छौँ । कहिले ५१, कहिले ४९ को बाटोबाट त हिँडेकै छौँ । यसमा ६० प्रतिशत हुँदै छ । सदस्यता बढाएर यसको चुनावी लफडा हुन्न । यो मेरो प्यासन हो, म साथीहरूको मानमर्दन कहिल्यै गर्दिनँ, सम्मान गर्छु । तर, यसमा नेतृत्व लिने मेरो चाहना पनि हो । यसमा म लाज मान्दिनँ । मैले ड्रिम गरेको प्रोजेक्टमा म किन लाज मान्ने ? मैले परफर्म गर्न सकिनँ भने छोड्छु । सिइओ प्रोफेसनल राखिन्छ, पैसा उठाइदिने, ल्याइदिने र राखिदिएर ल व्यवस्थित रूपमा खर्च गर भन्ने हो । संस्थाले जे डिमान्ड गर्छ, त्यो भूमिकामा म तयार छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय