अल्का अस्पतालको प्रमुख कार्यकारी अधिकृतमा दिलिप थापा

हेल्थपोस्ट
प्रकाशित
२०७६ साउन ४ गते १५:३६

युवा स्वास्थ्य व्यवसायी दिलिप थापा ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा नियुक्त भएका छन् ।

मेरो डेन्टल हस्पिटलका प्रवन्ध निर्देशकको रुपमा काम गरिसकेका युवा थापालाई अल्का अस्पतालको बोर्ड बैठकले साउन १ गतेदेखि लागु हुनेगरी प्रमुख कार्यकारी अधिकृत बनाएको हो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत थापाले १३ वर्ष पुरानो अस्पताललाई नयाँ उचाई दिने योजना र लक्ष्यका लागि आफूले नेतृत्व सम्हालेको बताए । ‘भएका सेवालाई थप व्यवस्थित र अत्याधुनिक बनाउँदै नयाँ सेवा थप्ने र एउटा भरभर्दो अस्पतालको रुपमा अल्कालाई थप उचाई दिने नै मेरो लक्ष्य हो,’ उनले भने ।

अल्का पोलिक्लिनिक हुँदै २०६२ सालमा २५ शैयाको अस्पताल संचालनको अनुमति पाएको अल्काले हाल सय शैयाको सञ्चालन अनुमति पाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय