भरतपुर महानगरमा फोहोर गर्नेविरुद्ध कडा रूपमा आयो आर्थिक ऐन, कुन कसुरमा कति जरिवाना ?

भरतपुर महानगरपालिकाले महानगरक्षेत्रभित्र जथाभावी फोहोर फाल्नेलाई नगद जरिवाना तिराउने गरी कानुनी व्यवस्था गर्ने भएको छ । महानगरको सौन्दर्य बिगार्ने क्रियाकलाप गर्ने र गराउनेलाई आर्थिक ऐन २०७६ अन्तर्गत जरिवाना तोकिएको हो ।

महानगरले फोहोरको मात्रा र प्रकृति हेरी पाँच सयदेखि ५० हजारसम्म जरिवाना तोकेको छ । उक्त प्रावधान ७ साउनदेखि लागू हुनेछ । कानुन नमान्नेलाई महानगरले प्रथमपटकका लागि कसुरको प्रकृति र मात्राअनुसार कम र पुनः सोही कार्य दोहोर्याएमा जरिवाना रकम बढ्दै जाने सूचना जारी गरेको छ ।

महानगरपालिकाका अनुसार तोकिएको समय र स्थानभन्दा बाहिर फोहोर फालेमा कसुरदारलाई पहिलोपटकका लागि ५ हजार जरिवाना तिराइनेछ । सोही कार्य दोस्रोपटक गरेमा १० हजार र तीन वा सोभन्दा बढीपटक दोहोर्याएमा प्रतिपटक १५ हजार जरिवाना गराइने महानगरले जनाएको छ ।

महानगरपालिकाका अनुसार तोकिएको समय र स्थानभन्दा बाहिर फोहोर फालेमा कसुरदारलाई पहिलोपटकका लागि ५ हजार जरिवाना तिराइनेछ । सोही कार्य दोस्रोपटक गरेमा १० हजार र तीन वा सोभन्दा बढीपटक दोहोर्याएमा प्रतिपटक १५ हजार जरिवाना गराइने महानगरले जनाएको छ । महानगरले फोहोरबाट निस्केको दूषित पानी (लिचेट) वा ढल चुहाई अन्य व्यक्तिको घर वा जग्गा वा सडक एवम् सार्वजनिक स्थान प्रदूषित गराएमा पनि ५ हजारदेखि १५ हजारसम्म जरिवाना तोकेको छ ।

जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी सडक वा सार्वजनिक स्थानमा हानिकारक वस्तु वा फोहोर थुपारेमा ३० हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ । अनुमति नलिई फोहोर व्यवस्थापनको कार्य गरेमा पहिलो र दोस्रोपटकका लागि २५ हजार र तेस्रो वा सोभन्दा बढीपटकका हकमा प्रत्येकपटक ५० हजार जरिवाना तिराइने भएको छ ।

यसैगरी, जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी सडक वा सार्वजनिक स्थानमा हानिकारक वस्तु वा फोहोर थुपारेमा ३० हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ । महानगरभित्रको फोहोर व्यवस्थापनको कार्य पनि अनुमति लिएर मात्र गर्नुपर्ने महानगरले जनाएको छ । अनुमति नलिई फोहोर व्यवस्थापनको कार्य गरेमा पहिलो र दोस्रोपटकका लागि २५ हजार र तेस्रो वा सोभन्दा बढीपटकका हकमा प्रत्येकपटक ५० हजार जरिवाना तिराइने भएको छ ।

त्यसैगरी, सतही ढलमा शौचालयको ढल मिसाएमा तथा खुला रूपमा प्लास्टिकजन्य पदार्थ बालेमा पनि १० हजारदेखि २० हजारसम्म जरिवानाको व्यवस्था छ । महानगरले स्रोतमै फोहोरमैलाको वर्गीकरण नगरी मिसाएर निष्कासन गरेमा प्रतिघर प्रत्येकपटक पाँच समय रूपैँया तिर्नुपर्ने जनाएको छ । त्यस्तै, फुटपाथ र सडकमा निर्माण सामग्री राख्ने वा सडकमा छतको पानी खसाल्ने कार्य गरेमा ५ हजारदेखि १५ हजारसम्म जरिवाना तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय