सरकारले स्वास्थ्यकर्मीलाई भन्यो––जुनसुकै समयमा परिचालिन हुन तयारी बस्नु, विदा नदिन कार्यलय प्रमुखलाई निर्देशन

सरकारले बर्षात् र बाढीपहिरोका समयमा कुनै पनि स्वास्थ्यर्मी, कर्मचारीलाई विदामा नछाड्न निर्देशन दिएको छ । विभागले केन्द्र र प्रदेश सरकार मातहतमा रहेको निकायलाईसमेत संकटको समयमा जतिसुकै बेला परिचालन हुनसक्नेगरी तयारी रहनसमेत निर्देशन दिएको छ ।

स्वास्थ्य सेवा विभागले प्रदेश स्वास्थ्य निर्देशनालय र सबै स्वास्थ्य कार्यालयहरुलाई पत्राचारगरी मुलुकमा अत्यधिक वर्षाका कारणले सृजित परिस्थितिमा मौसमी रुघाखोकी, झाडापाखालाजस्ता आकस्मिक स्वास्थ्य समस्या फैलिनसक्ने भएकोले संकटको व्यवस्थापनका लागि तयारी रहन यस्तो निर्देशन दिइएको विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलले बताए ।

पछिल्लो समय भारी वर्षापछि आएको बाढीपहिरोमा परी झण्डै ७० जनाको ज्यान गएको छ भने, हजारौं विस्थापित भएका छन् । विस्थापित वा प्रभावितमा सर्ने रोगको प्रकोप फैलिनसक्ने भन्दै विभागले स्वास्थ्य उपचारका प्रवन्धका लागि यस्तो निर्देशन दिएको महानिर्देशक डा. प्याकुरेलले बताए ।

विभागले यस्तो संवेदनशील अवस्थामा स्वासथ्य कार्यालय, स्वास्थ्य चौकी, , प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताल जनताको सेवाका लागि तम्तयार भएर रहनुपर्ने औल्याएको छ । शाखा अधिकृत भक्तराज पोखरेलद्धारा हस्तक्षरित परिपत्रमा यस्तो परिस्थितिमा आफू र आफू मातहतका स्वास्थ्यकर्मीलाई विशेष परिस्थितिबाहेक विदामा नछाड् निर्देशन दिइएको छ ।
साथै, औषधि, स्वास्थ्य उपकरणको समयमै व्यवस्थापन गर्ने, जुनसुकै समयमा पनि परिचालन गर्ने÷हुनेगरी सतर्कतासाथ कार्यक्षेत्रमा रहनेगरी व्यवस्थापन गर्न गराउन विभागले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय