बिपी स्वास्थ्यविज्ञान प्रतिष्ठानमा १६ करोड १० लाख खरिद घोटाला, पूर्वउपकुलपतिसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दास (बिपी दास)सहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । उपकुलपति दाससहित अन्य पदाधिकारी, कर्मचारी तथा सप्लायरको मिलेमतोमा उपकरण तथा सेवा खरिदमा १६ करोड १० लाख ६७ हजार ८४ रुपैयाँ १३ पैसा भ्रष्टाचार भएकाले निजहरुबाट उल्लेखित रकमबराबरको बिगो, सोहीबराबर जरिमाना असुलउपर गरी कसुरबमोजिम जेलसजायसमेत गर्न अख्तियारले आरोपपत्रमा माग गरेको छ । यसअघि गत बिहीबार प्रतिष्ठानका वर्तमान उपकुलपति प्रा.डा. राजकुमार रौनियार ८ लाख घुससहित रंगेहात अख्तियारको टोलीबाट पक्राउ परेका थिए ।

प्रतिष्ठानका तत्कालीन उपकुलपति दाससहित अन्य पदाधिकारी तथा नेतृत्व तहका कर्मचारीको संलग्नतामा विभिन्न विषयमा अनियमितता भएको समेत व्यहोराको उजुरीसम्बन्धमा अनुसन्धान गर्दा दोषी पाइएका आठजनाविरुद्ध आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा तथा आरोपपत्र दर्ता गराएको हो । आरोपपत्रमा खख्तियारले आरोपी आठजनाविरुद्ध करोडौँको बिगो, त्यति नै जरिवाना तथा जेलसजायको माग गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास (बिपी दास)ले जम्मा ४ करोढ ८ लाख ९८ हजार १९ रुपैयाँ ७१ पैसा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । अख्तियारले दास विरुद्ध उल्लेखित बिगो र सोहीबराबरको जरिवाना आसुलउपर गर्न आरोपपत्रमा दाबी गरेको हो ।

प्रतिष्ठानमा विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिदसम्बन्धमा गरिएको छानबिन तथा अनुसन्धानबाट विभिन्न उपकरण (वस्तु) तथा सेवा खरिदको प्रक्रियामा प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीले प्रचलित ऐन, नियमविपरीत बदनियतपूर्वक गैरकानुनी रुपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानि–नोक्सानी पुर्याई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न प्रतिष्ठानका पदाधिकारी र सम्लायरसमेत गरी ८ जनाउपर विशेषमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

उपकुलपति दासबाट ४,०८,९८,०१९, अस्पताल निर्देशक सिन्हाबाट ३,७५,३०,६१९ भ्रष्टाचार
प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास (बिपी दास)ले जम्मा ४ करोढ ८ लाख ९८ हजार १९ रुपैयाँ ७१ पैसा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । अख्तियारले दास विरुद्ध उल्लेखित बिगो र सोहीबराबरको जरिवाना आसुलउपर गर्न आरोपपत्रमा दाबी गरेको हो ।
त्यसैगरी, तत्कालीन अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हाले जम्मा ३ करोड ७५ लाख ३० हजार ६ सय १९ रुपैयाँ ७१ पैसा भ्रष्टाचार गरेकाले सोहीबमोजिम बिगो र जरिवाना भराउने माग अख्तियारको छ ।

त्यसैगरी, तत्कालीन रजिस्ट्रार नन्दकुमार थापाले जम्मा १ करोड ९६ लाख ९ हजार ८ सय ८० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । त्यस्तै, रजिस्ट्रार तुलबहादुर श्रेष्ठले जम्मा ५६ लाख ७७ हजार ४ सय ५ रुपैयाँ भ्रष्टाचार गरेकाले सोही बिगोबमोजिमको जरिवाना गराउनुपर्ने माग अख्तियारको छ । यसका अतिरिक्त दोषीउपर भ्रष्टाचार प्रमाणित भएमा कानुनबमोजिम जेलसजाय पनि हुने यसका अतिरिक्त दोषीउपर भ्रष्टाचार प्रमाणित भएमा कानुनबमोजिम जेलसजाय पनि हुनेछ ।

दास, सिन्हा, थापा र श्रेष्ठले प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक स्पेसिफिकेसन र सोही कागजमा संलग्न खरिद सम्झौताका सर्तअनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनुपर्ने व्यवस्था उल्लंघन गरी न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृति तथा सम्झौता गरी भुक्तानीसमेत दिई उल्लेखित रकम अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने–गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० र दफा ८ को उपदफा ९१० को देहाय (ञ) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएको अख्तियारको दाबी छ ।

अख्तियारले प्रतिवादीहरुलाई उल्लेखित रकम बिगो कायम गरी ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी ऐनको दफा ८ (१) बमोजिम बिगोसमेत असुलउपर गरी पाउनका साथै निज प्रतिवादीहरूको हकमा भ्रष्टचार निवारण ऐन, २०५९ को दफा २४ समेत आकर्षित हुने भएकाले सोको दफा २४ अनुसार थप सजायसमेतको मागदाबी गरेको छ ।

उक्त खरिद प्रक्रियाको मूल्यांकन प्रक्रियामा प्रत्यक्ष सहभागी भई, नियमविपरीत खरिद प्रक्रिया अपनाई भुक्तानीका लागि पेस भएको अवस्थामा लेखाप्रमुखको हैसियतले आफ्नो राय नबझाई मिलोमतो गरी भुक्तानीसमेत गरी अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने–गराउने कार्य गरेको देखिएको हो ।

लेखाप्रमुख दाहालले २,३४,८१,८१९।७१ र डेपुटी मेनेजर श्रीवास्तवले १,७४,१६,२०० गरे घोटाला
खरिद प्रकरणमा प्रतिष्ठानका लेखाप्रमुख दिनेशराज दाहालले २ करोड ३४ लाख ८१ हजार ८ सय १९ रुपैयाँ ७१ पैसा भष्टाचार गरेको अख्तियारको ठहर छ । त्यसैगरी प्रतिष्ठानका डेपुटी मेनेजर अमित श्रीवास्तवको नाममा अख्तियारले १ करोड ७४ लाख १६ हजार २ सय रुपैयाँ बिगो निकालेको छ ।

लेखाप्रमुख दाहाल र डेपुटी मेनेजर श्रीवास्तवले प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा विभिन्न सामानको बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक स्पेसिफिकेसन र सोही कागजमा संलग्न खरिद सम्झौताका सर्तअनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनुपर्नेमा नखुलाएर भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । उक्त व्यवस्था उल्लंघन गरी न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत भएको अख्तियारले जनाएको छ ।

उक्त खरिद प्रक्रियाको मूल्यांकन प्रक्रियामा प्रत्यक्ष सहभागी भई, नियमविपरीत खरिद प्रक्रिया अपनाई भुक्तानीका लागि पेस भएको अवस्थामा लेखाप्रमुखको हैसियतले आफ्नो राय नबझाई मिलोमतो गरी भुक्तानीसमेत गरी अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने–गराउने कार्य गरेको देखिएको हो । यसरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएकाले उनीहरुलाई उल्लेखित रकम बिगो, सोहीबराबरको जरिवानासमेत असुलउपर गरी जेलसजायसमेत गराउन अख्तियारले माग गरेको छ ।

उपकरण सम्लायर अग्रवालद्वयलाई १ करोड र ६० लाख बिगो
खरिद घोटालामा उपकरण सप्लायर्स प्रोसिजन मेडिकल प्रालि र बायोमेड इन्टरनेसनल प्रालिका प्रोपाइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्टिब्युटर्सका प्रोपराइटर उमेश अग्रवालले विभिन्न सामानहरू आपूर्ति गर्दा प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरी खरिदसम्झौता गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ । उनीहरुले मिलेमतोमा भुक्तानी लिई चेतनले जम्मा १ करोड ४ लाख १६ हजार ७ सय ९७ र उमेशले ६० लाख ३६ हजार ३ सय ४३ रुपैयाँ हिनामिना तथा भ्रष्टाचार गरेको दाबी अख्तियारको छ । उनीहरुले आफूलाई फाइदा र प्रतिष्ठानलाई नोक्सानी हुने कार्य गरी भ्रष्टाचार गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ उल्लेखित बिगो र सोबमोजिमको जरिवानासमेत असुलउपर गरी जेलसजाय गर्नुपर्ने अख्तियारले आरोपपत्रमा माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय