बाढी, पहिरोसँगै स्वास्थ्य महामारीको जोखिम, औषधि र स्वास्थ्यकर्मी तयारी अवस्थामा

बाढी, पहिरोपछि हुनसक्ने संभावित स्वास्थ्य महामारीको जोखिमलाई मध्यनगर गरेर स्वासथ्य मन्त्रालयले स्वास्थ्य संयन्त्रलाई तयारी अवस्था रहन निर्देशन दिएको छ ।
वर्षायाममा यत्तिकै पनि झाडापखाला, डेंगी, भाइरल, आऊँ, हैजानको महामारी फैलिनसक्ने जोखिम हुन्छ । त्यसमा पनि बाढीपहिरोसँगै विस्तापितहरु साझास्थलमा बसोबास, सुरक्षित पिउने पानी र खानाको अभावमा यस्ता प्रकोपको जोखिम झन् बढी हुन्छ ।

यस्ता जोखिमको सामान्य संकेतमा पनि स्वासथ्य उपचारको प्रवन्ध गर्न मन्त्रालयले आवश्यक आकस्मिक स्वास्थ्य सेवाको व्यवस्थापनका लागि ११ जना सम्पर्क व्यक्ति तोकेको छ ।

मन्त्रालय अन्तर्गतको आपतकालिन कार्यसंचालन केन्द्रले विपद् प्रकोप पूर्व तयारी एवं समन्वय तथा व्यवस्थापनका लागि आपतकालिन सम्पर्क व्यक्ति तोकेको हो ।

जसअनुसार संघमा ४ जना र प्रत्येक प्रदेशमा एक/एक जना सम्पर्क व्यक्तिसहित प्रत्येक प्रदेश र सामरिक महत्वका क्षेत्रका लागि फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ । फोकल पर्सनहरुले सम्बन्धित क्षेत्रका निकाय र अधिकारीसँग समन्वय गरेर महामारी संभावित क्षेत्रको पहिचानगरी आवश्यक औषधि र स्वास्थ्यकर्मीको अवस्था यकीन गरेर तत्काल आवश्यक पर्ने सहयोगको प्रवन्ध गर्नुपर्नेछ ।

त्यसैगरी विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि प्रकोप, महामारीसँगै बाढीको सर्पदंशका केससमेत बृद्धि हुने भन्दै सोअनुसारको तयारीका लागि मातहतका निकायलाई तयारी अवस्थामा राखेको जनाएको छ । मन्त्रालयले आपतकालीन सहायताका लागि केन्द्रमा समेत औषधि र जनशक्ति तयारी अवस्थामा राखिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय