पोस्टमार्टम गर्दै गर्दा वडाध्यक्षसहितले आक्रमण गरी शव खोसेर लगेपछि स्वास्थ्यकर्मीले गरे सेवा बहिष्कार

ï

सुदूरपश्चिमको डडेल्धुरा अस्पतालमा फेरि तनाव भड्किएको छ । यसपटक भने तनाव सिर्जना गर्ने भिडको नेतृत्व स्वयम् जननिर्वाचित वडाध्यक्षले गरेका छन् । बुधबार प्रहरी प्रशासनको लिखित अनुरोधमा शवको पोस्टमार्टम गरिरहेका चिकित्सकमाथि अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको उत्तेजित भिडले पोस्टमार्टम कक्षमै प्रवेश गरी हातपात, गालीगलौज र ढुंगामुडासहित शव खोसेर लगेपछि अस्पताल तनावग्रस्त बनेको हो । यसअघि ३१ जेठमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर अस्पताल एक सातासम्म तनावग्रस्त बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय, अपराध अनुसन्धान शाखा डडेल्धुराले २५ असार (बुधबार)को मितिमा चलानी नम्बर १२३३ को पत्रमार्फत अस्पताललाई अमरगढी नगरपालिका–११, लल्लाघारीका मृतक रमेशबहादुर खड्काको शव परीक्षण गरिदिन भनेको थियो । बिहान ११:२५ मा प्रहरीको पत्र प्राप्त भएलगत्तै ११:३५ मा अस्पतालका चिकित्सक दिनेश उपाध्यायसहितको टोली शव परीक्षणका लागि पोस्टमार्टमगृह प्रवेश गर्यो । पोस्टमार्टम सुरु गरेलगत्तै वडाध्यक्ष खड्काको नेतृत्वमा उत्तेजित भिड पोस्टमार्टमगृहभित्रै प्रवेश गरी दानवीय शैलीमा शवलाई अपहरण गर्यो । भिडले पोस्टमार्टममा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात, गालीबेइजती तथा अस्पतालमा ढुंगामुढासमेत गर्दै परीक्षण सम्पन्न नभएकै अवस्थाको शव जबर्जस्ती खोसेर लगेको हो ।

वडाको नेतृत्व गर्ने जिम्मेवारी पाएका जनप्रतिनिधि स्वयम्को नेतृत्वमा अस्पतालभित्र भएको यसकिसिमको त्रासदिपूर्ण घटनाबाट आतंकित हुन पुगेका अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवाप्रवाह गर्न वातावरण असहज भएकाले आकस्मिकबाहेकका कुनै पनि सेवामा सहभागी नहुने घोषणा गरेका छन् । अस्पतालको नेतृत्व गरिरहेका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जीवन खरेलले प्रमुख जिल्ला अधिकारीलाई बुधबार नै पत्र लेख्दै प्रतिकूल वातावरणमा काम गर्न ज्यादै असहज भएकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू बुधबारदेखि नै आकस्मिकबाहेकका कुनै पनि स्वास्थ्यसेवा दिन असमर्थ रहेको जानकारी गराइसकेका छन् ।

बिहान ११:२५ मा प्रहरीको पत्र प्राप्त भएलगत्तै ११:३५ मा अस्पतालका चिकित्सक दिनेश उपाध्यायसहितको टोली शव परीक्षणका लागि पोस्टमार्टमगृह प्रवेश गर्यो । पोस्टमार्टम सुरु गरेलगत्तै वडाध्यक्ष खड्काको नेतृत्वमा उत्तेजित भिड पोस्टमार्टमगृहभित्रै प्रवेश गरी दानवीय शैलीमा शवलाई अपहरण गर्यो । भिडले पोस्टमार्टममा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात, गालीबेइजती तथा अस्पतालमा ढुंगामुढासमेत गर्दै परीक्षण सम्पन्न नभएकै अवस्थाको शव जबर्जस्ती खोसेर लगेको हो ।

अस्पतालले जनप्रतिनिधि स्वयंको नेतृत्वमा यसकिसिमको आपराधिक र निन्दनीय घटना घटाइएको प्रति खेद व्यक्त गरेको छ । घटनामा संलग्न वडाध्यक्षसहित सम्पूर्ण सबै व्यक्तिलाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउन माग गर्दै अस्पतालले दोषीलाई कारबाही नभएसम्म सेवामा फर्कन नसक्ने जानकारी प्रशासनसमक्ष गराएको छ । अस्पतालले प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिँदै भनेको छ, ‘दोषीलाई २४ घण्टाभित्रै कारबाही नभए सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यक्षेत्र छोडेर जाने कुरा अवगत गराउन चाहन्छौँ ।’

डडेल्धुरा अस्पतालमा पछिल्लो तनावको एक महिना पनि हुन नपाउँदै अर्को गम्भीर प्रक्रितिको घटना घटाइएको छ । स्थानीय सरकारका जिम्मेवार जननिर्वाचित पदाधिकारीकै नेतृत्वमा सरकारी स्वास्थ्यसंस्थामा आक्रमणसँगै आपराधिक घटना घटाइनुले स्वास्थ्यकर्मीलाई त्रस्त बनाउनुका साथै आमजनताको स्वास्थ्यसेवामा गम्भीर घात पुगेको छ । यसअघि ३१ जेठमा अमरगढी नगरपालिकाकी २५ वर्षीया गीता ताम्राकारको अप्रेसनका क्रममा निधन भएपछि अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा उत्रिएका छन् । आक्रोशित आफन्त उपचारमा संलग्न चिकित्सकहरूमाथि खनिएपछि चिकित्सकहरूले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयको ढोका ढकढक्याएका थिए । तर, प्रमुख जिल्ला अधिकारीले समस्या समाधानमा पहल गर्नुको साटो उल्टै आफूहरूलाई धम्की दिँदै गैरजिम्मेवार रूपमा प्रस्तुत भएको भन्दै चिकित्सकहरू सामूहिक बिदामा बसेका थिए । पछि वार्ताबाट समस्याको हल खोजिएपछि स्वास्थ्यसेवा सुचारु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय