नर्भिकले फेरि पायो युरोपको अन्तर्राष्ट्रिय गुणस्तर पुरस्कार

हेल्थपोस्ट
प्रकाशित
२०७६ असार २४ गते १८:५५

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटललाई जर्मनीस्थित बर्लिनमा एक विशिष्ट समारोहबीच ‘क्वालिटी च्वाइस प्राइज, २०१९’ बाट सम्मानित गरिएको छ ।

गुणस्तर अनुसन्धनका लागि युरोपेली समाजद्वारा जर्मनीको बर्लिनमा असार २२ गते साँझ आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा नर्भिकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । समारोहमा युरोप, एसिया, अमेरिका, अफ्रिका र अस्ट्रेलिया महादेशका गरी उत्कृष्ट ५५ विश्वव्यापी कम्पनी, हस्पिटल, जनप्रशासन तथा विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ–संस्थासमेत पुरस्कृत भएका थिए ।

नर्भिक इन्टरनेसनल हस्पिटलका लागि नर्भिकको अभिभावक संस्था बिएलसी होल्डिंग्स प्रालिका कार्यकारी निर्देशक मनीष खेमकाले उक्त पुरस्कार ग्रहण गरेका थिए । उक्त साँझ पुरस्कार ग्रहणका लागि सोही दिनको बिहानी सत्रमा खेमकालाई विशेष वक्ताका रुपमा आमन्त्रण गरिएको थियो । उक्त समारोहमा मन्तव्य राख्दै खेमकाले नर्भिकले नेपाली चिकित्सा फाँटमा पुर्याएको योगदान, प्रविधि हस्तान्तरण, यसका प्रगतिलगायत विविध विषयमा प्रकाश पारेका थिए । विश्वभरका ५५ वटा छानिएका र पुरुस्कृत भएका संघ–संस्थाका प्रतिनिधमाझ उनले आफ्नो धारणा राखेका थिए ।

पुरस्कार दिने संस्थाले गुणस्तरसम्बन्धी जनचेतनाको प्रवर्धन गर्ने, संसारभर व्यवसायका नैतिक अभ्यासलाई प्रवर्धन गर्ने, गुणस्तरीय व्यावसायिक अभ्यास गर्ने–गराउने, प्राविधिक नवीनता वा नवीकरण थप्ने, व्यावसायिक कम्पनीहरु तथा संघ–संस्थाका गुणस्तरसम्बन्धी उपलब्धिलाई सम्मान गर्ने, जनप्रशासनसम्बन्धी संस्था र अन्य संघ–संस्थाका सफलतम कार्यक्षमता कार्यकौशलसम्बन्धी रणनीतिहरुको प्रचार–प्रसार एवम् प्रकाशन गराउने कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय