बालबालिकामा देखिने मानसिक समस्या र तिनका लक्षण

डा. ज्योतिरत्न धाख्वा
प्रकाशित
२०७६ असार २४ गते १३:४३

साधारणतया युवावस्थाका मानिसमा मात्र मानसिक समस्या हुन्छ भन्ने हाम्रो बुझाइ रहँदै आएको छ । तर, मानसिक समस्या बाल्यकालदेखि नै सुरु हुने गर्छ । नेपालमा बालबालिकामा पनि मानसिक समस्या बिस्तारै बढ्दै गएको छ ।
बालबालिकामा पनि युवावस्थाका मानिसमा जस्तै मानसिक समस्या हुन्छ । तर, त्यसको लक्षणचाहिँ फरक–फरक हुने गर्दछ । बालबालिकामा कस्तो लक्षण आएमा मानसिक समस्या उत्पन्न हुन्छ भन्ने बुझ्नु जरुरी छ ।

प्रमुख रूपमा बालबालिकामा हुने मानसिक समस्याका लक्षणहरू अभिभावकले नै पहिचान गर्न सक्नुपर्छ । अभिभावकले मानसिक समस्याबारे जानकारी लिएअनुसार त्यसअनुरूप बालबालिकाले उपचार पाएको अवस्था भने छैन । अभिभावकलाई बालबालिकाको मानसिक समस्याबारे थाहा नहुनुको प्रमुख कारण त्यससम्बन्धी लक्षण नै जानकारी नहुनु नै हो ।

बालबालिकामा निरन्तर रूपमा चिन्ताग्रस्त भएका कारण मानसिक समस्या देखापर्ने गर्दछ । चिन्ताले गर्दा बालबालिकाले एकोहोरोकिसिमको बानी–व्यवहार देखाउन थाल्छन् । डर–त्रास मानेको अवस्थाले पनि बालबालिकामा मानसिक समस्या देखिन थाल्छन् ।

एटेसियन डिफिसिट हाइप्रोरियाट्रिक डिसअर्डर भएका बच्चा एकदमै चकचके हुन्छन्, एकै ठाउँमा ध्यान दिन चलेको चल्यै गर्ने खाले प्रवृत्तिका हुन्छन् । कुनै चलाख बच्चा नर्मल रूपमा चकचके हुन्छन् । कुन बच्चालाई हाइप्रोरियाट्रिक डिसअर्डर भएको हो र कुन बच्चा चलाखीका कारण चकचके भएको हो भनेर पत्ता लगाउनका लागि उनीहरूबीचको मुख्य भिन्नता वा पोइन्ट भनेको हाइप्रोरियाट्रिक डिसअर्डर भएका बच्चामा सोच्ने क्षमता र सम्झने शक्ति कम रहेको हुन्छ ।

मुड डिसअर्डरको अवस्थामा बालबालिका कहिले अचानक धैरै नै खुसी भएर हिँड्ने र कहिले दुःखी भएर बस्ने गर्छन् । कसैसँग पनि कुराकानी नगरेर बस्ने हुन्छन् । त्यसैगरी, स्केजियोफेनिया भएका बालबालिकाले विभिन्नप्रकारका जीवनशैलीका नक्कल गर्ने गर्छन्, जुन वास्तविक हुँदैन । कहिलेकाहीँ बच्चाले अर्को मानिसजस्तो बानी–व्यवहार देखाउँछन् ।

अल्टिजम डिसअर्डर भएका बच्चा नर्मल देखिए पनि साथीभाइसँग संवाद गर्न सक्दैनन् । कुराकानी गर्ने, साथीभाइसँग धुलमिल हुनेभन्दा पनि एकोहोरो बन्ने, एउटा वस्तुमा मात्रै ध्यान लगाउनेजस्ता प्रवृत्ति देखाउने गर्छन् । त्यसैगरी, इटिङ डिसअर्डर भएका बालबालिकामा मुख्यतया खानपानसम्बन्धी कमजोरी देखिन्छ । विशेषगरी, १२ वर्षदेखि १८ वर्षसम्मको बालिकामा यो प्रवृत्ति देखिने गर्छ । उनीहरू खाना खान डराउने वा खाना नखाने गर्छन् । यस्ता बच्चामा खाना धेरै खाएपछि मोटाउँछु भन्नेकिसिमको डर उत्पन्न हुन्छ । डरका कारण खाना नखाएर दुब्लो–पातलो बनेर जाने अवस्था आउँछ । यदि अभिभावकको करकापले खाएको अवस्था भए पनि आफैँले अम्लो मुखमा हालेर वान्ता गर्छन् । यस्तो अवस्थामा खानै नखाएका कारण बालबालिकाको मृत्यु हुने अवस्थासमेत निम्तिन सक्छ ।

मुड डिसअर्डरको अवस्थामा बालबालिका कहिले अचानक धैरै नै खुसी भएर हिँड्ने र कहिले दुःखी भएर बस्ने गर्छन् । कसैसँग पनि कुराकानी नगरेर बस्ने हुन्छन् ।
त्यसैगरी, स्केजियोफेनिया भएका बालबालिकाले विभिन्नप्रकारका जीवनशैलीका नक्कल गर्ने गर्छन्, जुन वास्तविक हुँदैन । कहिलेकाहीँ बच्चाले अर्को मानिसजस्तो बानी–व्यवहार देखाउँछन् । स्केजियोफेनिया भएको एउटा बच्चाले ३० जना मानिसको जीवनशैलीको नक्कल गर्ने गरेको पाइन्छ ।

सांकेतिक लक्षण
– बालबालिका अचानक खुसी हुने, कहिले दुःखी हुने अवस्था
– दुःखी भएको अवस्थामा भावनामा बगिरहने
– बानी–व्यवहारमा परिवर्तन
– पढाइमा ध्यान नदिने
– अचानक तौल घट्ने तथा मोटाएर आउने
– भोक नलाग्ने तथा लगातार रूपमा बान्ता आउने
– पेट दुख्ने
– आफैँले आफैँलाई दण्ड दिने वा अरू मानिसलाई कुटपिट गर्ने
– लागुपदार्थको कुलतमा लाग्ने

बच्चाअवस्थामा मानिसक अवस्था पत्ता लगाउन उसको व्यवहारबाट हेर्नुपर्छ । नर्मल व्यवहार भएको अवस्थामा केही परिवर्तन आउन थालेको अवस्थामा मानसिक समस्या हो कि भनेर बुझ्नु जरुरी छ । यस्तो लक्षण देखिएको अवस्थामा साइकोलोजिस्टलाई देखाउनुपर्छ ।
मानसिक समस्याको उपचार त्यति सजिलो हुँदैन । यसका लागि अभिभावक, साइकोलोजिस्ट, डाक्टर, नर्सको सहभागिता आवश्यक हुन्छ ।

प्रमुख रूपमा बालबालिकामा हुने मानसिक समस्याका लक्षणहरू अभिभावकले नै पहिचान गर्न सक्नुपर्छ । अभिभावकले मानसिक समस्याबारे जानकारी लिएअनुसार त्यसअनुरूप बालबालिकाले उपचार पाएको अवस्था भने छैन । अभिभावकलाई बालबालिकाको मानसिक समस्याबारे थाहा नहुनुको प्रमुख कारण त्यससम्बन्धी लक्षण नै जानकारी नहुनु नै हो ।

नेपालमा मानसिक रोगको उपचारका लागि बिरामी सिरियस भएको अवस्थामा मात्रै अस्पताल ल्याउने गरिन्छ । बालबालिकाका लागि मात्र भनेर उपचारकेन्द्र खोलिएको छैन । हाल आएर टिचिङ अस्पताल, कान्ति बाल अस्पतालमा बालबालिका गाइडेन्स क्लिनिङ भनेर मानसिक रोगसम्बन्धी उपचार गर्ने गरिएको छ ।

उपचारपद्धति
मुख्यतया साइकोथेरापीको माध्यमबाट साइकोलोजिस्टले बिरामीसँगको कुराकानीका आधारमा यसको उपचार गरिन्छ । त्यसैगरी, औषधोपचार विधिमा डिप्रेसन, साइकोसिसलगायत रोगका नयाँ–नयाँ औषधि उपलब्ध छन्, जुन बच्चामा पनि प्रयोग गर्न सकिन्छ । बाल्यावस्थामै मानसिक समस्याको अवस्था पत्ता लाग्यो भने छिट्टै रोकथाम गर्न सकिन्छ । मानसिक रोग परिवारभित्र कसैलाई भयो भने पारिवारिक वातावरणमै असर पुग्छ । त्यसकिसिमको शंका मात्र भएको खण्डमा पनि डाक्टरलाई देखाउनु नै महत्वपूर्ण काम हो । तर, मानसिक समस्या भएर अस्पताल गएको खण्डमा पागल भन्ने दृष्किोणले हेरिन्छ भनेर रोग पालेर घरमा बस्ने प्रवृत्ति बढ्दो छ ।

हामीले हाल बालबालिकाको उपचार गर्दा पहिले–पहिले रोगमा मात्र केन्द्रित रहेर उपचार गरिन्थो । तर, हाल केही स्वास्थ्यस्थित मात्रै नभएर बच्चाको बानी–व्यवहार पनि हेर्ने गरिन्छ । उदाहरणका लागि बालबालिकाको स्वास्थ्यपरीक्षण गर्दा चेकजाँच गर्न नमान्ने, रोइरहने र नर्मल बच्चाको तुलनामा व्यवहार फरक पाएको अवस्थामा यो बच्चामा मानसिक समस्या छ कि भनेर जानकरी लिन्छौँ र अभिभावकलाई सोहीअनुसारको सल्लाह दिइरहेका हुन्छौँ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय