गोलीले टाउको क्षत–विक्षत भएका वडासदस्य चेपाङको नर्भिकमा अकल्पनीय उपचार, गजुरी, ट्रमा, अन्नपूर्ण हुँदै पुर्‍याइएका थिए नर्भिक

टाउकोमा गोली प्रहारबाट दाहिने मस्तिष्क क्षत–विक्षत बनाइएका बेनीघाट रोराङ गाउँपालिका–८ का वडासदस्य रामजी चेपाङको थापाथलीस्थित नर्भिक अस्पतालमा अकल्पनीय स्वास्थ्यलाभ भइरहेको छ । गाउँकै एक व्यक्तिले टाउकोमा गोली प्रहार गरेपछि बीभत्स तथा अत्यन्त जटिल अवस्थामा उपचारका लागि धादिङको गजुरी हस्पिटल पुर्याइएका चेपाङलाई त्यहाँ उपचार सम्भव नभएपछि १९ असारमा काठमाडौं रेफर गरिएको थियो । काठमाडौंका न्युरोसम्बन्धी कहलिएका प्रमुख दुई अस्पतालमा उपचारको प्रक्रियै बढ्न नसकेपछि अन्ततः उनलाई नर्भिक पुर्याइएको थियो । हाल ३६ वर्षीय चेपाङको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

कन्चटमा गोली लाग्दा चेपाङको टाउकोको दाहिने भाग क्षत–विक्षत भएको, गोलीका छर्राहरु तथा खोकाहरु मस्तिष्कभित्रसम्म छरिएर रहेका थिए । नर्भिक पुर्याइएकै दिन चेपाङको वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा.डा. राजीव झाको टोलीले सफल शल्यक्रिया गरेको थियो । अर्धचेत रहेको, टाउकोबाट प्रशस्तै रक्तस्राव भएको तथा मस्तिष्कमा गोली लागेकै कारण चेपाङले बारम्बार बान्ता गर्ने गरेका थिए । उनको दाहिने मस्तिष्कको धेरै भाग क्षत–विक्षत भएको अवस्था थियो ।

गोलीका कारण टाउकोमा खप्परका हड्डीहरु फुटेर मस्तिष्कको बाक्लो झिल्लीसमेत फुटेको, खप्परका हड्डीहरुले मस्तिष्कलाई थिचेका र फुटेका हड्डीहरु एवम् गोलीका छर्राहरु मस्तिष्कको भित्री भागहरुमा पुगेर छरपस्ट रहेको अवस्थामा मस्तिष्कलाई थिचेर रहेको खप्परलाई उठाउँदै मस्तिष्कभित्र रहेका गोलीका खोल तथा छर्राहरु हटाएर मस्तिष्कबाहिर रहेको सुरक्षात्मक तहलाई सिलाउँदै खप्परलाई समेत सपोर्ट दिने गरी सफल शल्यक्रियात्मक उपचार गरिएको अस्पतालले सोमबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । चेपाङलाई १८ असार, बुधबार साँझ ८ः०० बजेतिर गोली हानिएको थियो । बीभत्स अवस्थाका चेपाङलाई गोली लागेको भोलिपल्ट असार १९ गते बिहीबार बिहान ५ः२५ बजे मात्र नर्भिकको आकस्मिककक्षमा पु¥याइएको थियो । सोही दिन उनको शल्यक्रिया सम्पन्न भएको हो । हाल चेपाङ नर्भिकको सर्जिकल इन्टेन्सिभ केयर युनिटमा स्वास्थ्यलाभ गरिरहेका छन् । उपचारमा संलग्न चिकित्सककाअनुसार उनलाई छिटै वार्डमा सारिँदै छ ।

गोलीका कारण टाउकोमा खप्परका हड्डीहरु फुटेर मस्तिष्कको बाक्लो झिल्लीसमेत फुटेको, खप्परका हड्डीहरुले मस्तिष्कलाई थिचेका र फुटेका हड्डीहरु एवम् गोलीका छर्राहरु मस्तिष्कको भित्री भागहरुमा पुगेर छरपस्ट रहेको अवस्थामा मस्तिष्कलाई थिचेर रहेको खप्परलाई उठाउँदै मस्तिष्कभित्र रहेका गोलीका खोल तथा छर्राहरु हटाएर मस्तिष्कबाहिर रहेको सुरक्षात्मक तहलाई सिलाउँदै खप्परलाई समेत सपोर्ट दिने गरी सफल शल्यक्रियात्मक उपचार गरिएको अस्पतालले सोमबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

चेपाङलाई गोली लाग्नेबित्तिकै स्थानीय चेपाङ सामाजिक कार्यकर्ता विनोद चेपाङको सक्रियतामा सोही रात धादिङको गजुरी हस्पिटल पुर्याइएको थियो । गजुरी हस्पिटलमा रक्तस्राव रोक्न ब्यान्डेज लगाइएपश्चात् उनको थप उपचारका लागि अक्सिजनसहित काठमाडौं रेफर गरिएको थियो ।

सहयोगी विनोद चेपाङका अनुसार चेपाङलाई काठमाडौं ल्याइएसँगै सर्वप्रथम असार १९ गते बिहान ४ः०० बजेतिर ट्रमा सेन्टर पुर्याइएको थियो । तर, ट्रमामा शय्या उपलब्ध नभएको बताइएपछि तत्कालै (बिहान ४ः२५ बजे) अन्नपूर्ण न्युरो हस्पिटल पुर्याइएको थियो । त्यहाँ पनि स्नायु शल्यचिकित्सक उपलब्ध नभएको भन्दै फिर्ता लैजान सुझाब दिइएपश्चात् उनलाई बिहान ५ः०० बजे नर्भिकको आकस्मिककक्षमा पुर्याइएको थियो । नर्भिकमा उनलाई ५ः२५ बजे सघन उपचारकक्षमा भर्ना गरिएको थियो ।

चेपाङ धादिङस्थित बेनीघाट रोराङ गाउँपालिका–८ का वडासदस्य हुन् । चेपाङलाई सोही स्थानका ३५ वर्षीय इन्द्रबहादुर चेपाङले गोली हानेको बताइएको छ । आरोपी इन्द्रबहादुर हाल फरार रहेको सहयोगी विनोद चेपाङको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय