एन्टिबायोटिक खानुभयो ? प्रोबायोटिक खाना पनि छनोट गर्ने कि !

विश्वबजारको एउटा ठूलो हिस्सा ओगट्न प्रोबायोटिक सफल भएको छ । प्रोबायोटिक आहारको मद्दतले पेटमा हुर्किरहेका जीवाणु तथा कीटाणुको संख्यालाई ताकत दिने काम भइरहेको छ । मानसिकरोगदेखि मोटोपन कम गर्नसम्ममा पनि प्रोबायोटिकको सेवनलाई उपचारको रामबाण मानिँदै आएको छ । विशेषगरी, एन्टिबायोटिक औषधिको सेवनपश्चात् जब पेटका कैयौँ ब्याक्टेरिया नष्ट हुन्छन्, तब प्रोबायोटिक खानेकुरा खान सल्लाह दिने गरिन्छ ।

भनिन्छ, एन्टिबायोटिकको सेवनले शरीरलाई हानि गर्ने कीटाणुका साथमा शरीरलाई फाइदा गर्ने असल ब्याक्टेरियासमेत नष्ट हुन्छन् । र, नष्ट भएका असल ब्याक्टेरियालाई पुनः जागृत गर्न प्रोबायोटिकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

यस्ता प्रोबायोटिक शरीरका लागि कत्तिको सुरक्षित छन्, यसबारे थप अध्ययन–अनुसन्धान हुन भने बाँकी नै छ । यत्ति हो कि, यस्ता खानेकुराले शरीरलाई कुनै किसिमको नोक्सानी भने गर्दैनन् ।यद्यपि, आजकल बजारमा जुनकिसिमले प्रोबायोटिकको विक्री–वितरण बढ्दै गएको छ, त्यस अनुपातमा यो कत्तिको उपयोगी छ भन्नेबारे थप अध्ययन–अनुसन्धान हुन भने जरुरी छ ।

प्रोबायोटिक र यसको उपयोगिता
हाम्रो शरीरमा अर्बौं ब्याक्टेरिया छन्, जुन प्राकृतिक रूपमा पेटमा पाइन्छन् । यस्ता ब्याक्टेरिया दुई किसिमका हुन्छन्, असल र खराब । असल ब्याक्टेरियाले शरीरमा विभिन्न रोगविरुद्ध लड्नका लागि सहायता प्रदान गर्छन् । साथै, शरीरमा रहेका खराब ब्याक्टेरियालाई नष्ट गर्छन् । जबकि, खराब ब्याक्टेरियाले शरीरमा रहेका असल ब्याक्टेरियालाई नष्ट गरेर शरीरमा विभिन्न रोगहरू निम्त्याउँछन् ।

सामान्यतया, असल ब्याक्टेरिया प्राकृतिक स्रोत तथा भोजनबाट शरीरले प्राप्त गर्दछ । यस्ता ब्याक्टेरिया दूध, दही तथा विभिन्न फलमा पाइन्छन् । यस्ता ब्याक्टेरियायुक्त खानेकुरालाई चिकित्सकीय भाषामा प्रोबायोटिक खाद्यान्न भनिन्छ, जसमा जीवित ब्याक्टेरिया वा सूक्ष्म जीव समाविष्ट हुन्छन् ।

‘पेट खराब हुनेहरूका लागि प्रोबायोटिकको सेवन लाभदायक हुन सक्छ । तर, जुन प्रोबायोटिकको सेवन गरिन्छ, के त्यो साँच्चै लाभदायक छ ?, के त्यो सही छ ? भन्नेचाहिँ आफैँमा गम्भीर प्रश्नका रूपमा देखापरेको छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार जीवित सूक्ष्म जीवयुक्त प्रोबायोटिकको सेवनले मानव शरीरमा जरुरी तत्त्व पूर्ति हुन्छ । यसले शरीरमा असर जीवाणुको संख्यामा वृद्धि गरेर पाचनक्रियालाई प्रभावकारी बनाउँछ । त्यसैले, शरीरलाई स्वस्थ राख्न पनि प्रोबायोटिक सेवन गर्न सल्लाह दिइने गरिन्छ । र, आफूले छानेको प्रोबायोटिकले सही तरिकाले काम गरोस् भन्नका लागि बजारमा पाइने असंख्य प्रोबायोटिक उत्पादनमध्ये सही प्रोबायोटिकको छनोट गर्नु आवश्यक छ ।

क्लिभल्यान्ड क्लिनिकको ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा पोषण विभागमा कार्यरत सूक्ष्म जीव विशेषज्ञ डा. गेल क्रेस्की भन्छिन्, ‘पेट खराब हुनेहरूका लागि प्रोबायोटिकको सेवन लाभदायक हुन सक्छ । तर, जुन प्रोबायोटिकको सेवन गरिन्छ, के त्यो साँच्चै लाभदायक छ ?, के त्यो सही छ ? भन्नेचाहिँ आफैँमा गम्भीर प्रश्नका रूपमा देखापरेको छ ।’

प्रोबायोटिक प्राइमर
क्रेस्कीका अनुसार पेटमा गट माइक्रोबायोटा वा ब्याक्टेरियाको असन्तुलत कायम रहेमा ग्यास्ट्रोइन्टेस्टाइनल समस्या, प्रतिरक्षा रोग, विभिन्न संक्रमणलगायत अनेकौँ स्वास्थ्यसम्बन्धी समस्या निम्तिने गर्छन् । यस्ता असन्तुलन कायम हुनुमा शारीरिक अवस्था, मानसिक तथा शारीरिक तनाव, ब्याक्टेरियालगायत मुख्य कारकतत्त्व हुन सक्छन् । त्यस्तै, एन्टिबायोटिक औषधिको अत्यधिक प्रयोगले पनि ब्याक्टेरियाको सन्तुलनलाई बाधित गर्न सक्छ र खराब ब्याक्टेरियासँगै असल ब्याक्टेरियालाई पनि नष्ट गर्न सक्छ ।

जबकि, प्रोबायोटिकले असल ब्याक्टेरियाको अनुपातलाई बढाउन तथा ब्याक्टेरियाको सन्तुलन कायम गर्न मद्दत गर्छ । र, इरिटेबल बाउल सिन्ड्रोम, अल्सरेटिभ कोलाइटिस, संक्रमणसहितको पखाला तथा एन्टिबायोटिकको प्रयोगले हुने पखालामा राहत प्रदान गर्न सक्छ । त्यति मात्र हैन, प्रोबायोटिकले शरीरको प्रतिरक्षा प्रणालीलाई प्रभावकारी बनाउनुका साथै इन्फ्लामेसनविरुद्ध लड्न तथा कोलेस्टेरोलमा प्रभावकारी भूमिका खेल्न मद्दत गर्छ । यसका लागि सर्वप्रथम सही प्रोबायोटिकको छनोट गर्नु आवश्यक छ ।

प्रोबायोटिक छान्ने तरिका
सही प्रोबायोटिकको छनोट गर्दा प्रोबायोटिकसम्बन्धी उत्पादनमा जीवित तथा सक्रिय जीवाणु सही मात्रामा हुनु र त्यसको विवरण प्याकेजिङमा लेखिएको हुनु जरुरी छ । चिकित्सकले सही प्रोबायोटिकको सिफारिस गर्दा कम्तीमा १० लाख (एक बिलियन) उपनिवेश भएको प्रोबायोटिक उत्पादन छान्न सुझाब दिने गर्छन् । तर, यसका लागि गहिरो अध्ययन आवश्यक छ । किनकि, ब्याक्टेरियाका प्रत्येक जिनमा उपभेद हुन सक्छन्, जसले छुट्टाछुट्टै नतिजा प्रदान गर्छन् ।

उदाहरणका लागि, दहीलाई लिन सकिन्छ । दही स्टेप्टोकोकस थर्मोफिलस तथा ल्याक्टोबासिलस बुल्गारिसस मिलेर बनेको हुन्छ । तर, यस्ता ब्याक्टेरियालाई प्रायः पेटमा रहेको एसिडले नष्ट गर्छ । फलतः यसले शरीरलाई कुनै किसिमको लाभ प्रदान गर्दैन ।
यद्यपि, केही कम्पनीले आफ्ना उत्पादनमा अतिरिक्त ब्याक्टेरिया थप गर्ने हुदाँ त्यस्ता उत्पादन खरिदमा विशेष ध्यान दिनुपर्ने डा. क्रेस्कीको सुझाब छ । उनी भन्छिन्, ‘यस्ता उत्पादन खरिद गर्दा म त्यसको ब्रान्ड हेर्छु र जे कामका लागि उत्पादन गरिएको हो, त्यसको परीक्षण भएको छ कि छैन हेर्छु ।’

प्रोबायोटिकको राम्रो स्रोतमा सुकेको बियाँ, अन्य फल, लशून, कुरिलो, प्याज, हरियो केरा, गहुँ पर्दछन् । यसबाहेक, बजारमा पनि विभिन्न किसिमका प्रोबायोटिक उपलब्ध छन् ।

प्रतिरक्षाप्रणालीलाई सबल बनाउन सक्नेखालका उत्पादन मात्र खरिद गर्नुपर्ने डा. क्रस्की बताउँछिन् । ‘कुनै पनि उत्पादन खरिद गर्दा हामीले त्यस्ता उत्पादनलाई प्राथमिकता दिनुपर्छ, जसले प्रतिरक्षाप्रणालीलाई थप सबल बनाउन सकून्, उनी भन्छिन्, ‘तर, यहीँ आएर हामी दिग्भ्रमित हुने गर्छौं ।’

प्रोबायोटिक खाना लिँदा कुनै पनि खालको पूरक खाना आवश्यक नहुने डा. क्रेस्की बताउँछिन् । ‘कैयौँ मानिस प्रोबायोटिक खानाका साथमा सप्लिमेन्ट लिन रुचाउँछन्,’ उनले भनिन्, ‘जब कि, प्रोबायोटिक खाना आफैँमा सर्वोत्तम हो ।’

उनका अनुसार दही, किम्चीलगायत ‘फर्मेन्टेड फुड’ले असल ब्याक्टेरियाको संख्यामा वृद्धि गर्न सही वातावरण प्रदान गर्छन् । साथै, ‘सर्ट–चेन फ्याटी एसिड’ नामक महत्त्वपूर्ण एसिडको स्खलन गराउँछन् ।  ‘पेटको इन्फ्लामेसन (सुन्निएको) कम गर्न, प्रतिरक्षाप्रणाली चुस्त बनाउन तथा कोलेस्टेरोलमा सकारात्मक प्रभाव पार्न यसले महत्त्वपूर्ण भूमिका खेल्छ,’ डा. क्रेस्की सुझाब दिँदै भन्छिन्, ‘त्यसैले, पहिले खानालाई प्राथमिकतामा राखौँ, सप्लिमेन्ट भनेको त जहिले खाँदा पनि हुन्छ ।’
ब्याक्टेरियालाई खान दिने

प्रोबायोटिकको उद्योग दिनप्रतिदिन फस्टाइरहेको छ । तर, प्रोबायोटिक उत्पादनका फाइदा तथा त्यसमा रहेका ब्याक्टेरियाको गुणवत्तामा फरकपन आइरहेको छ । त्यसैले, बाहिरी स्रोतबाट ब्याक्टेरिया लिनुभन्दा फर्मेन्टेड फाइबरझैँ शरीरलाई समर्थन जनाउने प्रोबायोटिकको सेवन गर्नु नै उपयुक्त हुने क्रेस्कीको धारणा छ । प्रोबायोटिकको राम्रो स्रोतमा सुकेको बियाँ, अन्य फल, लशून, कुरिलो, प्याज, हरियो केरा, गहुँ पर्दछन् । यसबाहेक, बजारमा पनि विभिन्न किसिमका प्रोबायोटिक उपलब्ध छन् ।

कस्तो ब्याक्टेरियाले फर्मेन्टेबल फाइबरका रूपमा काम गर्छ त ? डा. क्रेस्की भन्छिन्, ‘स्वस्थ तथा सन्तुलित आहार लिने व्यक्तिका लागि प्रोबायोटिक कति उपयोगी साबित हुन्छ, मलाई थाहा भएन । हामीले दैनिक सेवन गर्ने आहारले पेटमा गहिरो प्रभाव पार्ने हुँदा पेटलाई स्वस्थ राख्न चाहने व्यक्तिका लागि भने सन्तुलित आहारका साथमा प्रोबायोटिकको सेवन जरुरी छ ।’

प्रोबायोटिकको राम्रो स्रोतमा सुकेको बियाँ, अन्य फल, लशून, कुरिलो, प्याज, हरियो केरा, गहुँ पर्दछन् । यसबाहेक, बजारमा पनि विभिन्न किसिमका प्रोबायोटिक उपलब्ध छन् ।

प्रोबायोटिकको सुरुवात कसरी गर्ने ?
डा. क्रेस्कीका अनुसार प्रोबायोटिक सेवनको सुरुवात विभिन्न किसिमले गर्न सकिन्छ । यद्यपि, प्रतिरक्षासम्बन्धी समस्या भएकाहरूले चिकित्सकको परामर्शपश्चात् मात्र प्रोबायोटिकको सेवन गर्न क्रेस्की सुझाउँछिन् ।

त्यस्तै, निश्चित परीक्षणपश्चात् मात्र प्रोबायोटिकको प्रभावकारिताबारे जानकारी हासिल गर्न सकिन्छ । त्यसैले, कुनै एक प्रोबायोटिकले केही हप्तासम्म पनि काम गरेको अनुभव भएन भने अर्को ब्याक्टेरिया भएको प्रोबायोटिक सेवन गर्न सकिन्छ । प्रोबायोटिकले ग्यास तथा पेट फुल्ने समस्या निम्त्याउन सक्छ । साथै, मलको ढाँचामा परिवर्तन ल्याउन सक्छ । ‘यी सबै लक्षण भनेको प्रोबायोटिकले सही तरिकाले काम गरेको छ भन्ने हो,’ क्रेस्कीले भनिन् ।
प्रोबायोटिकयुक्त खानाले असल ब्याक्टेरिया बढाउन मद्दत गर्छ । यसका लागि खानामा बियाँ, कुरिलो, प्याज, हरियो केरा तथा अन्य फर्मेन्टेड फाइबरयुक्त खानेकुरा समावेश गर्न सकिने क्रेस्कीको तर्क छ ।

(क्लिभल्यान्ड क्लिनिक मेन हेल्थ एड्भाइजरमा प्रकाशित, एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय