गंगालाल हृदय केन्द्रमा अप्रेसन थिएटरसहितको सुविधासम्पन्न आकस्मिककक्ष सञ्चालनमा, अन्य सेवामा पनि सुधार

काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सुविधासम्पन्न आकस्मिककक्ष सञ्चालनमा आएको छ । आकस्मिककक्षमा शय्यासंख्या न्यून भएका कारण नयाँ आधुनिक भवन निर्माण गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले यसअघि १८ शय्याको आकस्मिककक्षमार्फत बिरामीलाई सेवा दिँदै आएको थियो । नयाँ भवन निर्माण गरी विकास गरिएको आकस्मिककक्षमा सुविधासम्पन्न ३२ शय्यामार्फत सेवा सुरु गरिएको अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले जानकारी दिए । पुरानो कक्षमा आधारभूत सुविधा मात्र भएको र साँघुरो भएकाले नयाँ कक्ष बनाइएको उनको भनाइ छ ।

नयाँ भवनमा हृदयाघात भएर आउने बिरामीका लागि शल्यक्रियाकक्ष, क्याथल्याब, गम्भीर बिरामीलाई आवश्यक पाइपलाइन अक्सिजनलगायत आधुनिक सुविधा उपलब्ध छन् ।

नयाँ भवनमा हृदयाघात भएर आउने बिरामीका लागि शल्यक्रियाकक्ष, क्याथल्याब, गम्भीर बिरामीलाई आवश्यक पाइपलाइन अक्सिजनलगायत आधुनिक सुविधा उपलब्ध छन् । ‘आकस्मिककक्षमा बिरामीको तुरुन्तै शल्यक्रिया गर्न मिल्ने गरी क्याथल्याब कोठा, अपरेसन थिएटरको व्यवस्था छ,’ निर्देशक डा. शर्माले जानकारी दिए ।

अस्पतालमा आउने मुटु तथा उच्च रक्तचापका बिरामीका लागि प्रभावकारी सेवा दिन आधुनिक आकस्मिककक्षलगायत अन्य सेवा आवश्यक परेकाले ४ वर्षदेखि भवन निर्माणकार्य सुरु भएको थियो । करिब ४७ करोडको लागतमा नयाँ भवन निर्माण सम्पन्न भएको अस्पतालले जनाएको छ ।

आकस्मिककक्षले ओगटेका बाहेक तीनतले नयाँ भवनका बाँकी कोठा बहिरंग विभागका लागि प्रयोग गरिने अस्पताल प्रशासनले जनाएको छ । बहिरंग विभाग पनि मुटुका बिरामीका लागि सहज हुने गरी निर्माण गरिएको छ । भवनमै आइसियू कोठाहरू, चारवटा क्याथल्याब सेवा, मडुलर अप्रेसन थिएटर, नयाँ आइसियू सेवा सञ्चालनमा रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय