काठमाडौंकी उपमेयर खड्गीलाई हृदयाघात, नर्भिकमा उपचार जारी

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई शुक्रबार हृदयाघात भएको छ । हृदयाघातपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएकी खड्गीको अहिले उपचार भइरहेको महानगरले जनाएको छ ।

उपचारका क्रममा खड्गीको स्वास्थ्यमा सुधार भइरहेको उनका सहयोगीले जानकारी दिएका छन् । शुक्रबार मध्याह्न एक्कासि हृदयाघात भएपछि खड्गीलाई अस्पताल पुर्याइएको थियो । खड्गीको भर्खरै एन्जियोग्राफी गरिएको र उनको स्वास्थ्यअवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । खड्गी अब खतरामुक्त रहेकाले उनको एक–दुई दिनमै डिस्चार्ज हुन सक्ने अस्पतालको भनाइ छ ।

मुलुककै सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट उपमेयरमा प्रस्तुत गरिएकी खड्गी भारी मतका साथ जनताबाट निर्वाचित भएकी थिइन् । कांग्रेसका मेयरका उम्मेदवारले नेकपाका उम्मेदवारसित भारी मतले पराजय बेहोर्दा खड्गीले भने आफ्नो लोकप्रिय छविलाई प्रमाणित गरेकी थिइन् । उपमेयर खड्गी महानगरको काममा निरन्तर सक्रिय रहँदै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय