नेपाल औषधि लिमिटेडलाई ३ करोड ८२ लाख ऋण दिने मन्त्रिपरिषद्को निर्णय

नेपाल सरकारले नेपाल औषधि लिमिटेडलाई ३ करोड ८२ लाख ऋण दिने निर्णय गरेको छ । बिहीबार गत साता १२ असारमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले लिमिटेडलाई ऋण उपलब्ध गराउने निर्णय भएको जनाकारी दिए ।

लिमिटेडका अवकाश भएका तथा चालू आर्थिक वर्षभित्र अवकाश हुने ९ जना कर्मचारीको अवकाश दायित्व भुक्तानी र चालू आर्थिक वर्षका लागि नपुग तलब, भत्ता भुक्तानी गर्ने प्रयोजनका लागि सरकारले लिमिटेडलाई ऋण उपलब्ध गराएको हो । लामो समय सेवा गरेका कर्मचारीले अवकाशका वेला पाउने सेवा–सुविधाबापतको दायित्व तथा कार्यरत कर्मचारीलाई तलबभत्ता खुवाउनै समस्या भएपछि लिमिटेडले सरकारसमक्ष ऋण माग गरेको थियो ।

सरकारले मातृशिशु स्वास्थ्यसेवाको क्षेत्रमा उपयोग हुने गरी जर्मन सरकारका तर्फबाट प्राप्त हुने अनुदान सहयोग स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्ले अनुदान स्वीकार गर्ने समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयका सचिव अथवा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता, समन्वय महाशाखाका सहसचिवलाई अख्तियारी दिएको छ ।

जर्मन सरकारले ऊर्जा, दक्षता प्रवर्धन तथा नवीकरणीय ऊर्जा कार्यक्रम, मातृशिशु स्वास्थ्यसेवा र दिगो आर्थिक विकास कार्यक्रसम्बन्धी क्षेत्रमा उपयोग गर्ने गरी नेपाल सरकारलाई अनुदान सहयोग गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय