ट्रेकिङ उद्धारमा चरम मनपरी, अस्पताल, एयरलाइन्स र ट्रेकिङ एजेन्सीको सेटिङमा ठगी, देशकै छवि धमिलिँदा पनि सरकार मौन

हेल्थपोस्ट
प्रकाशित
२०७६ असार १७ गते १०:०३

नेपालमा पछिल्लो समय पर्वतारोहणका क्रममा विदेशी पर्यटकको उद्धारका नाममा चरम घोटाला हुने गरेको पाइएको छ । उद्धारका नाममा मौलाइरहेको निकृष्ट घोटालाका कारण विशेषगरी अन्तर्राष्ट्रिय हिमाली पर्यटनको प्रमुख गन्तव्य मानिने नेपालको छवि विश्वमाझ धमिलिन थालेको छ । हिमालको देशका रूपमा संसारभर परिचित देशप्रति घोटालाकै कारण आकर्षण अस्किने अवस्थामा पुगिसक्दा पनि सरकार भने माफियालाई कारबाहीको प्रक्रियामा ल्याउनुको साटो उल्टै घटनालाई ढाकछोप गर्नमा लागिपरेको देखिएको छ ।

पर्वतारोहणका क्रममा ट्रेकिङकर्तामा देखिएको स्वास्थ्यसमस्याका आधार उद्धर गरी रोगअनुसार विशिष्टीकृत तथा गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध अस्पतालमा उपचार गराइनुपर्नेमा केही निजी अस्पताल, एयरलाइन्स र ट्रेकिङ एजेन्सीको मिलेमतोमा सीमित अस्पतालमा मात्र बिरामीलाई उपचारका लागि लगिने गरेको पाइएको छ । सीमित एयरलाइन्सका हेलिकोप्टरमार्फत उद्धार गरी सीमित अस्पतालमा भर्ना गराई अस्वाभाविक आर्थिक शोषण गर्ने गरिएको छ । ट्रेकिङ जानुअगावै ट्रेकिङकर्ताको बिमा गराइएको हुने हुँदा उद्धार र उपचारबापतको खर्च बिमा कम्पनीले तिर्ने भए पनि यसमा हुने चर्को घोटालाका कारण बिमा कम्पनीहरूले प्रिमियमशुल्क आवश्यकभन्दा सयौँ गुना बढी निर्धारण गर्दा पर्यटकहरू मारमा पर्दै आएका छन् ।

यसमध्ये सबैभन्दा बढी एयर डाइनेस्टीको हेलिकोप्टरले ४८ वटा उद्धार गरेको तथ्यांक छ । त्यस्तै, अल्टिच्युड एयरले २६, सिम्रिक एयरले १८, मनाङ एयरले १७, कैलाश एयरवेजले १३, समिट एयरले १०, होली एभरेस्टले १० वटा उद्धार गरेका छन् ।

बिरामी पर्वतारोहीलाई थाहै नदिई मिलेमतोमा संलग्न खास निजी अस्पतालमा भर्ना गर्ने, नक्कली बिलभौचर मिलाएर पेस गर्ने तथा मानवताको न्यूनतम हदसमेत नाघेर थप बिरामी बनाउनेसमेतका क्रियाकलाप गरेको पाइएपछि विदेशी बिमा कम्पनीहरूले यो क्षेत्रलाई रेडजोनमा राखेर ४ सय प्रतिशतसम्म प्रिमियम बढाएको पाइएको छ । यसका कारण चर्को प्रिमियम शुल्क तिर्न बाध्य पर्यटकले नेपाललाई रोजाइमै राख्न कम गरेको जानकारहरूको भनाइ छ ।

चालू आर्थिक वर्ष ०७५/७६ को असोज, कात्तिक र मंसिर महिनामा मात्र विदेशी पर्वतारोहीको १ सय ७१ वटा उद्धार गरिएको पर्यटन विभागको तथ्यांक छ । यसमध्ये अधिकांश उद्धार खुम्बुलगायत हिमाली क्षेत्रबाट भएका छन् । यीमध्ये अधिकांश बिरामीको सीमित हेलिकोप्टर कम्पनीले उद्धार गरेका छन् भने उनीहरूको केही सीमित निजी अस्पतालमा उपचार गराइएको छ । यसमध्ये सबैभन्दा बढी एयर डाइनेस्टीको हेलिकोप्टरले ४८ वटा उद्धार गरेको तथ्यांक छ । त्यस्तै, अल्टिच्युड एयरले २६, सिम्रिक एयरले १८, मनाङ एयरले १७, कैलाश एयरवेजले १३, समिट एयरले १०, होली एभरेस्टले १० वटा उद्धार गरेका छन् । त्यसैगरी, माउन्टेन हेलिकोप्टरले ५, श्री एयरले ५ तथा अन्य गरी जम्मा १० हेलिकोप्टर कम्पनीले उद्धार गरेको विभागको तथ्यांकले देखाएको छ ।

यसरी उद्धार गरिएका पर्वतारोहीलाई हेलिकोप्टर कम्पनीहरूले सीमित निजी अस्पतालहरूमै भर्ना गर्ने गरेको पाइएको छ । उद्धार गरिएका मध्ये सबैभन्दा बढी स्वकन अस्पतालमा ७३ जनाको उपचार गराइएको छ । त्यस्तै, सिविक अस्पतालमा ३७ जनाको उपचार गराइएको तथ्यांक छ । त्यसैगरी, बयोधा, मेडिसिटी, ग्रान्डीलगायत राजधानीका महँगा अस्पताल र केहीलाई उपत्यकाबाहिरका अस्पतालमा पनि भर्ना गराइएको पाइएको छ । त्यसैगरी, ०७५ को जाडोयाममा गरिएका २२ उद्धारमा पनि तिनै अस्पतालहरूमा उपचार गराइएको विभागको तथ्यांक छ । उद्धार गरिएका पर्वतारोहीलाई सीमित अस्पतालमा भर्ना गरी उनीलाई निर्धारितभन्दा कैयौँ गुना चर्को शुल्क तिराइने गरेको समेत पाइएको छ । यसकिसिमको घोटाला हेलिकोप्टर कम्पनी, ट्रेकिङ एजेन्सी र निजी अस्पतालहरूको मिलेमतोमा मौलाइरहेको पर्यटन क्षेत्रका जानकारहरूको ठम्याइ छ ।

छानबिन समितिको प्रतिवेदनले बत्तीसपुतलीको सकोन हस्पिटल प्रालि, कपुरधारको सिविक हस्पिटल प्रालि, सोह्रखुट्टेको सकोन हस्पिटल प्रालि र बल्खुको बयोधा हस्पिटललाई दोषी ठहर्याएको थियो । उनीहरूले अनावश्यक शीर्षकहरू खडा गरी चिकित्सकीय मर्यादाविपरीत उपचार खर्च असुलेको प्रतिवेदनमा उल्लेख छ ।

उद्धारमा घोटालाले नांगो रूप लिई संसारभर नेपालको छवि धमिल्याउन थालेपछि सरकारले यससम्बन्धमा छानबिन समिति नै गठन गरी निजी अस्पतालहरूको अनुगमनसमेत गरे पनि दोषी पाइएकाहरूलाई कारबाही गर्ने मनसायमा सरकार छैन । अनुगमन समितिले छानबिनका क्रममा सकोन, सिविक, इरा बयोधालगायत केही निजी अस्पताललाई दोषीसमेत देखाएको थियो । छानबिनका क्रममा उल्लेखित ४ अस्पतालले ७३ करोड ३३ लाख रूपैयाँ उद्धारपछिको उपचारबाट आर्जन गरेको पाइएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

छानबिन समितिको प्रतिवेदनले बत्तीसपुतलीको सकोन हस्पिटल प्रालि, कपुरधारको सिविक हस्पिटल प्रालि, सोह्रखुट्टेको सकोन हस्पिटल प्रालि र बल्खुको बयोधा हस्पिटललाई दोषी ठहर्याएको थियो । उनीहरूले अनावश्यक शीर्षकहरू खडा गरी चिकित्सकीय मर्यादाविपरीत उपचार खर्च असुलेको प्रतिवेदनमा उल्लेख छ । समितिले दोषी ठहर्याएका अस्पतालहरूलाई कारबाही गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिएको थियो, तर मन्त्रालयले हालसम्म कारबाहीको कुनै पनि प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

विदेशी पर्वतारोहीको उद्धारका नाममा संगठित ठगीको चर्चा विश्वभर व्याप्त भइरहँदा सरकार भने अनियमिततालाई ढाकछोप गर्ने असफल प्रयासमा लागेको पाइएको छ । पर्यटन क्षेत्रको समग्र नियमनको जिम्मा पाएको पर्यटन विभाग उद्धारमा हुने गरेको घोटालासित बेखबर रहेको बताउँछ । सीमित निजी अस्पतालमा उद्धार गरिएका पर्वतारोहीको उपचार गराइएको आफ्नै तथ्यांकले देखाए पनि विभागले त्यसको नियमन गरेको छैन । यद्यपि, उजुरी आएको खण्डमा कारबाही गर्ने उसको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय