अस्पतालमा हाटबजार !

हेल्थपोस्ट नेपाल

इलाम जिल्ला अस्पताल जिल्लावासीको स्वास्थ्योपचारको गन्तव्य रहँदै आएको अब सामान क्रयविक्रयको केन्द्रसमेत बन्ने भएको छ । अस्पतालपरिसरमा कृषिसम्बन्धी हाटबजार लाग्ने भएको हो, त्यो पनि सरकारी ।

जहाँसुकै लाग्ने हाटबजारको फोहोर र दुर्गन्धित वातावरण तथा कोलाहलबाट हामी अभ्यस्त नै छौँ । निरोगी मानिसले पनि हाटबजारमा पुगेपछि रोग बोकेर आउनुपर्ने यथार्थ आँखाअगाडि हुँदाहुँदै अस्पतालपरिसरमै हाटबजार निर्माण गर्न लागिएपछि त्यसले बिरामीमा पार्ने असरबारे जोकोहीले सहजै अनुमान लगाउन सक्छ ।

अस्पतालपरिसरमा हाटबजार लागेपछि अत्यधिक फोहोरमैला हुने, बिरामीका लागि शान्त वातावरण नहुने तथा सुरक्षा चुनौती तथा रोगको संक्रमण बढ्ने पक्का छ । डा. रायमाझी भन्छन्, ‘विशेषतः बढी भिडभाड भएपछि रोग सर्ने सम्भवना रहन्छ ।’

संघीयता कार्यान्वयनसँगै नगरपालिकाको मातहतमा गएको अस्पताल पछिल्लो समय ५० बेडमा स्तरोन्नतिभएलगत्तै प्रदेश सरकारमातहत आएको छ । दैनिक रूपमा १ सय ५० भन्दा बढी बिरामीले ओपिडी जाँच गराउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझी बताउँछन् । ‘अस्पतालपरिसरमा जोडिएर हाटबजारका लागि भवन निर्माण चलिरहेको छ,’ डा. रायमाजी भन्छन्, ‘हामीसँग यस विषयमा कुनै छलफल भएको छैन, कुन निकायले यो विषय कार्यान्वयन गरेको भन्ने थाहा भएको छैन ।’

पहिला नगरपालिकाले अस्पतालपरिसरमा फोहोर फलिएको भन्दै त्यस क्षेत्रमा पार्किङस्थल बनाउने निर्णय गरेको थियो । तर, अस्पताल प्रदेश सरकारमातहत गएपछि सरकारी हाटबजार बनाउने कार्य अघि बढिरहेको डा. रायमाझीले जानकारी दिए । हाटबजारबारे अस्पतालमा उजुरी आएर व्यवस्थापन समितिमा छलफल गरिए पनि निष्कर्ष ननिस्किएको उनको भनाइ छ ।

‘हाटबजारको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको सूचना प्राप्त भएको छ । अस्पताल प्रशासनमा पनि उजुरी आएको छ,’ उनले भने, ‘उक्त उजुरी अस्पताल व्यवस्थापन समितिमा पेस भयो, तर छलफलबाट कुनै निर्णय हुन सकेको छैन ।’

अस्पतालको जग्गाभित्रै हाटबजार खोलिन नहुने डा. रायमाझी बताउँछन् । यस विषयमा हेल्थपोस्टले इलाम नगरपालिकाका मेयर महेश बस्नेतसँग टेलिफोनमार्फत सम्पर्क गर्दा उनले अस्पतालको जग्गा नभएको दाबी गरे ।

अस्पतालपरिसरमा हाटबजार लागेपछि अत्यधिक फोहोरमैला हुने, बिरामीका लागि शान्त वातावरण नहुने तथा सुरक्षा चुनौती तथा रोगको संक्रमण बढ्ने पक्का छ । डा. रायमाझी भन्छन्, ‘विशेषतः बढी भिडभाड भएपछि रोग सर्ने सम्भवना रहन्छ ।’

अस्पतालको जग्गाभित्रै हाटबजार खोलिन नहुने डा. रायमाझी बताउँछन् । यस विषयमा हेल्थपोस्टले इलाम नगरपालिकाका मेयर महेश बस्नेतसँग टेलिफोनमार्फत सम्पर्क गर्दा उनले अस्पतालको जग्गा नभएको दाबी गरे ।
‘जुन स्थानमा कृषि हाटबजार लाग्न लागेको छ, त्यो नगरपालिकाको स्वामित्वमा छ,’ मेयर बस्नेतले भने, ‘अब छिट्टै नै हाटबजार सुरु हुन्छ ।’

स्वास्थ्यजस्तो संवेदनशील कुरामा अस्पतालमा जोडिएर हाटबजार खोल्नाले अस्पतालमा रहेका बिरामीलाई र तिनको उपचारमा प्रत्यक्ष रूपमा असर पर्ने देखिन्छ । अस्पतालपरिसरमा दैनिक रूपमा भिडभाड, होहल्ला, फोहोर र असुरक्षाको जोखिम हुने भएपछि स्वास्थ्योपचारको अवस्था के होला भन्ने प्रश्न उब्जिएको छ । यस विषयलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिई समयमै समस्या समाधानतर्फ लाग्नु आवश्यक छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *