स्वास्थ्यमा ११औँ तहको समायोजन सूची सार्वजनिक, पदस्थापन गर्दा नेतृत्व हेरफेर हुने (को कहाँ सूचीसहित )

हेल्थपोस्ट
प्रकाशित
२०७६ असार १४ गते ६:५५

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका ११औँ तहका कर्मचारीको समायोजन सूची शुक्रबार राति अबेर सार्वजनिक भएको छ ।
मन्त्रिपरिषद्ले सहसचिवस्तरका  १सय ४५ कर्मचारीको समायोजन सूची पारित गरी कार्यान्वयनको आदेशसहित मन्त्रालयमा सूची पठाएसँगै मन्त्रालयले सार्वजनिक गरेको हो ।

मन्त्रीपरिषद्बाट तोकिएर पठाएका ठाउँमा बाहेक संघमा भनिएका डाक्टरहरुको पदस्थापन भने अब मन्त्रालयले तोकिएको आधार र मापदण्डमा टुंगो लगाउने छ ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनको काम सकिएको बताए पनि सामान्यले स्वास्थ्यमा पठाएको अन्तिम सूचीमा विभिन्न समस्या आउँदा समायोजनमा अन्योल लम्बिँदै आएको थियो । तर, ११औँ तहका लागि तोकिएकाबाहेक अधिकृतको पदस्थापन भने साउन लाग्नासाथ तोकिने मन्त्रालयले जनाएको छ ।

एघारौँ तहका ६ जना फजिलमा परेका छन् । जसमा कृष्ण खनाल, अनन्तकुमार शर्मा, न्हुेछेमानसिंह ढंगोल, मनिषा रावल विशनसिंह बोहोरा, झकल शर्मा पौडेल फजिलमा परेका छन् ।

खासगरि अब मन्त्रालयले यही सन्दर्भमा मन्त्रालय र विभागका महाशाखाहरुको नेतृत्व हेरफेर गर्ने तयारी गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय