विशालु च्याऊ खाँदा मकवानपुरमा एकको मृत्यु, ३ जनाको हेलिकप्टरबाट उद्धार र उपचार

हेल्थपोस्ट
प्रकाशित
२०७६ असार १३ गते २१:२३

मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा बेहोस बनेका तीन जनाको भरतपुरमा उपचार भइरहेको छ ।
उनीहरुलाई दिगो विकासको एकता नेपाल र प्रदेश सरकारको सहयोगमा हेलिकप्टर चाटर गरि भरतपुर ल्याईएको हो ।

अहिले उनिहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भईरहेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट विश्वबन्धु बगालेले जानकारी दिए ।
तीनदिन अघि खाएको जंगली च्याउको कारण ४५ वर्षका दीपबहादुर प्रजा, १९ वर्षका बज्र प्रजा र ७ बर्षका सोमसिंह प्रजाको सिकिस्त विरामी भएका हुन ।

सोमसिंहको चितवन मेडिकल कलेजमा उपचार भैईरहेको छ भने दीप र बज्रको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । अहिले पनि उनिहरु खतरा मुक्त नभईसकेको अस्पतालका सुचना अधिकृत लिलाधर पौडेलले जानकारी दिए । १३ बर्षकी बुञ्जीमायाँ चेपाङको मृत्यु भएको भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय