बिपी स्वास्थ्यविज्ञान प्रतिष्ठानका भिसी र रेक्टर कार्यालयमा आवासीय चिकित्सकको ताला

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले प्रकाशित गरेको प्रवेश परीक्षाको सूचनामा नेपालीभन्दा विदेशी विद्यार्थीलाई प्राथमिकता दिएको विषयलाई लिएर आन्दोलनरत जुनिएर रेजिडेन्ट वेलफेयर सोसाइटीले बिहीबार उपकुलपति र रेक्टर को कार्यालयमा तालाबन्दी गरेको छ । प्रतिष्ठानले गरेको सिट बाँडफाँडको निर्णय स्वार्थप्रेरित र नेपाली विद्यार्थीका लागि अन्यायपूर्ण मात्र नभई गैरकानुनीसमेत भएको बताउँदै त्यसलाई सच्याउन ७२ घण्टे अल्टिमेटम दिएको सोसाइटीले त्यस अवधिमा कुनै ठोस सुनुवाइ नभएपछि आज (बिहीबार) बिहान ९ बजे तालाबन्दी गरेको हो ।

आफूहरूले गैरकानुनी र अव्यवहारिक सिट विभाजनलाई सच्याउन पटक–पटक माग गर्दासमेत प्रतिष्ठानका पदाधिकारीबाट कुनै ठोस सुनवाइ नभएकाले अल्टिमेटम सकिएलगत्तै भिसी र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले हेल्थपोस्टसित बताए । उनले भने, ‘सिट निर्धारणसम्बन्धी विषयमा कुनै पदाधिकारी गम्भीर भएको देखिएन, जसका कारण हामी ताला लगाउन बाध्य भयौँ ।’

प्रतिष्ठानले शनिबार प्रकाशन गरेको पिजी प्रवेश परीक्षाका लागि सिटविभाजनको सूचनामा केही विधामा ६० प्रतिशतसम्म सिट विदेशी विद्यार्थीका लागि तोकिएसँगै आवासीय चिकित्सक आन्दोलित भएका थिए । विदेशीका लागि छुट्याइने सिटसंख्या अधिकतम ३३ प्रतिशतभन्दा बढी हुन नसक्ने राष्ट्रिय चिकित्साशिक्षा ऐनको व्यवस्थालाई लत्याएर पैसाको प्रलोभनमा नेपाली विद्यार्थीको घाँटी निमोठेर विदेशीलाई पोस्न प्रतिष्ठानका पदाधिकारीहरू लागिपरेको आन्दोलनकारीको आरोप छ ।

पदाधिकारीमाथि दबाब दिन रेजिडेन्ट चिकित्सक बिहानैदेखि भिसी कार्यालयमा धर्ना दिइरहेका छन् । डा. पौडेलले भने, ‘जबसम्म हाम्रो माग पूरा हुँदैन, हामी निरन्तर आन्दोलनमा रहन्छौँ ।’

प्रतिष्ठानले शनिबार प्रकाशन गरेको पिजी प्रवेश परीक्षाका लागि सिटविभाजनको सूचनामा केही विधामा ६० प्रतिशतसम्म सिट विदेशी विद्यार्थीका लागि तोकिएसँगै आवासीय चिकित्सक आन्दोलित भएका थिए । विदेशीका लागि छुट्याइने सिटसंख्या अधिकतम ३३ प्रतिशतभन्दा बढी हुन नसक्ने राष्ट्रिय चिकित्साशिक्षा ऐनको व्यवस्थालाई लत्याएर पैसाको प्रलोभनमा नेपाली विद्यार्थीको घाँटी निमोठेर विदेशीलाई पोस्न प्रतिष्ठानका पदाधिकारीहरू लागिपरेको आन्दोलनकारीको आरोप छ ।

काउन्सिलले पत्र लेख्दै चिकित्साशिक्षा आयोगलाई भन्यो– ऐनको व्यवस्था निर्क्योल गरी आवश्यक कदम चालियोस्
नेपाल मेडिकल काउन्सिलले बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको सिटसंख्या निर्धारणका विषयमा ऐनमा भएको व्यवस्थालाई निर्क्योल गरी आवश्यक कदम चाल्न अनुरोध गर्दै बुधबार चिकित्साशिक्षा आयोगलाई पत्र लेखेको छ । प्रतिष्ठानले हालै निकालेको पिजीको प्रवेश परीक्षाको सूचनामा स्वदेशीभन्दा विदेशी विद्यार्थीलाई प्राथमिकता दिएको प्रति धेरै जनगुनासो आएकाले ऐनमा भएको व्यवस्थालाई निर्क्योल गरी आवश्यक कदम चाल्न काउन्सिलले आयोगसमक्ष माग गरेको छ ।

ऐनअनुसार विदेशी विद्यार्थीका लागि बढीमा एकतिहाइ मात्र सिट निर्धारण गर्नुपर्ने व्यवस्था छ । तर, ७ असारमा प्रतिष्ठानले प्रकाशन गरेको सूचनामा विधागत रूपमा हेर्दा कुनै विधामा ६० प्रतिशतसम्म सिट विदेशी विद्यार्थीका लागि छुट्याएको छ । सर्जरीमा ६ मध्ये ४ सिट विदेशी विद्यार्थीका लागि छुट्याइएको छ । त्यस्तै, इन्टरनल मेडिसिन र पेडियाट्रिक्समा ५–५ मध्ये ३–३ सिट विदेशीलाई दिइएको छ ।एनेस्थेसियालोजी तथा क्रिटिकल केयर मेडिसिनमा ११ सिटमध्ये ४ सिट विदेशीलाई छुट्याइएको छ भने त्यसैगरी, हेड एन्ड नेक सर्जरीमा ४ मध्ये २ सिट विदेशीका लागि निर्धारण गरिएको छ ।

पिजी सिटविभाजनको सूचनासँगै विभिन्न प्रतिष्ठानका आवासीय चिकित्सकका संगठनहरू, सरकारी चिकित्सक संघ नेपाल (गोदान), युवा चिकित्सक संघ नेपाललगायत चिकित्सक तथा स्वास्थ्यकर्मीका संघ–संगठनले राष्ट्रिय चिकित्साशिक्षा ऐनविपरीत सिट बाँडफाँड भएको भन्दै तत्काल सच्याउन माग गर्दै आएका छन् । तर, प्रतिष्ठानले भने समग्रमा विदेशी विद्यार्थीका लागि एकतिहाइभन्दा कम सिट छुट्याइएकाले ऐनअनुसार नै सिटविभाजन भएको दाबी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय