गुन्द्री फालिदिने डाक्टर

आँखा हल्का राता छन् र टलपल पनि । निद्रा नपुगेको छर्लंगै अनुहारमा देख्न सकिन्छ । धेरै दिनको थकानले शरीर गलेको देखिन्छ । इस्टकोट धुने व्यवस्था मिलेको देखिन्न । आँसु जसोतसो थामिएका छन् । खस्दा होलान्, कतै एउटा कुनामा । सबैको सामु खस्न मर्द हुनुको मर्यादाले नदिएको होला ।

मनको वेग त आँखामा झल्किन्छ नै । भाद्गाउँले टोपीमा दुइटा खुकुरीका बुट्टा एक–आपसमा क्रस छन् । ती कुँदिएका खुकुरीका चित्रले जिन्दगीका विभिन्न परिबन्धको निर्णयजस्तै संकेत गर्न खोजेको प्रतीत हुन्छ । निर्दोष चेहरा, शान्त स्वभाव र सरल जीवन उनका विशेषण हुन् ।

नेपालको विकासको नक्सामा नअटाएको कुनै पश्चिमको कुनाबाट आएका छन्, आफ्नी जहानको उपचार गर्न । आफ्नी जहानको मृत्युको दोसाँधमा निर्णय गर्न उनलाई भनिएको छ, मेसिनमा राख्ने कि अवस्था गम्भीर तथा क्षीण भएका कारण घर लिएर जाने ? कति अमानवीय र संवेदनाहीन मानेका होलान् ती बुबाले मेरा शब्दलाई त्यतिवेला ।

हरेक दिन घटनाक्रममा कठिन निर्णय लिने गरिन्छन् । त्यसको साक्षात्कार गर्दै विभिन्न परिस्थितिलाई नजिकैबाट नियाल्ने अनुभव हुन्छ, चिकित्सक हुनुका नाताले । लामो करिडोरमा दौडिरहेका वेला छेउछाउमा पल्टिरहेका बिरामीकुरुवाहरू देखिन्छन् । मलीनता नाप्ने यन्त्र हुने हो भने फरक–फरक मापन गर्न सकिन्थ्यो ।

जिउ पूरै भारी भएकाले होला, निकै अप्ठ्यारोसाथ उठ्छन् ती बुबा । दिनभरि कुदेका छन् । कहिले यो औषधि, कहिले त्यो जाँच । कहिले घण्टा–घण्टामा औषधि थपिने गर्छन् । ठूलो अस्पतालका कुना–कुनाका कोठाहरूमा चहार्दाचहार्दै दिन बितेको हुन्छ । फार्मेसीको लाइन, काउन्टरको लाइन आदि सबैले थकान बढाइरहेका हुन्छन् ।

सबै कुनै न कुनै किसिमले मलीन छन् भन्नेमा सन्देह छैन । लामखुट्टेले उठीवास नै लगाउँछन् । त्यसैले होला, त्यो परिसरबाट हिँड्दा लामखुट्टे धपाउने धुवाँको गन्धले नाकलाई जिस्क्याइरहन्छ । लम्पसार पल्टिरहेका वेला भर्खर आँखाका परेली टाँसिन खोजेका हुँदा हुन्, अपर्झट भित्रबाट बोलावट हुन्छ, ‘५ नम्बर, हीरा माझीको मान्छे !’

जिउ पूरै भारी भएकाले होला, निकै अप्ठ्यारोसाथ उठ्छन् ती बुबा । दिनभरि कुदेका छन् । कहिले यो औषधि, कहिले त्यो जाँच । कहिले घण्टा–घण्टामा औषधि थपिने गर्छन् । ठूलो अस्पतालका कुना–कुनाका कोठाहरूमा चहार्दाचहार्दै दिन बितेको हुन्छ । फार्मेसीको लाइन, काउन्टरको लाइन आदि सबैले थकान बढाइरहेका हुन्छन् । त्यसैले होला, ती बुबाले भनेका थिए, ‘म्याराथन डौडिनभन्दा गाह्रो यो दौडधुप !’ म्याराथनको त बाटो सीधा हुन्छ, पुरस्कार पनि प्राप्त हुन्छ । तर, यो मनमा पीडा भरिएको अवस्थामा सीधा बाटो पनि रनभुल्लको हुन पुग्छ । त्यसमाथि छरिएका काउन्टरहरू, क्यास काउन्टर पूर्वमा, फार्मेसी उत्तरमा, ल्याब ४ सय मिटर पारिको भवनमा, आदि । अनि हरेक पाइलामा पैसाको खाँचो । पैसा अभावको पीडा यस्तै काउन्टरमा गनी–गनी दिँदा पत्तो पाइन्छ ।

केहीबेरमा औषधि लिएर आउँछन् ती बुबा । र, आफ्नो जगेर्ना गरी राखिएको भुइँमा पल्टिन जान्छन् । उनी पल्टिनेक्रममा मेरो दृष्टि उनको गुन्द्रीमा पर्छ । घरबाटै साथमा लिएर आएको हुनुपर्छ त्यो गुन्द्री । परालको गुन्द्री । आफैँले बुनेका होलान् सायद । उनको जीवनचर्यामा कुनै न कुनै कर्मको नमुना प्राप्त गर्न सकिन्छ ।

हात क्रिम लगाएका जस्ता कमला छैनन्, खस्रा छन् । त्यो देखेर त उनी मनको चोटले मात्रै गलेको हुनुपर्छ जस्तो अनुभूति हुन्छ । उनकी जहानको अवस्था निकै गम्भीर छ, सायद कुनै चमत्कारले मात्रै सकुशल घर फर्काउन सक्छ होला । तर, ती चमत्कार सायद सिरियलहरू र दन्त्यकथामा मात्रै सीमित हुन्छन् ।

भुइँमा सुत्नुपर्ने बाध्यताको व्यंग्य, शारीरिक र मानसिक दुवै रूपले थकित आफन्तजनको कमजोर व्यवस्थापनाको व्यंग्य । आफ्नो पौरखले केही नथपी अरूले बनाइदिएको संरचनामा यथास्थिति हुने नालायकीपनको व्यंग्य, हामी सबैप्रति कठोर व्यंग्य । खै, मलाई पिर पर्यो ।

मलाई पनि कुनै चमत्कार भइदिएदेखि ती बुबाको मलीन अनुहारमा केही कान्ति आउने थियो भन्ने लाग्छ । तर, कुनै चमत्कार भने भएन । ती बुबाको अनुहार मलीन नै रह्यो । मलीन अनुहारलाई बिदाबारी गर्दाका बखत मलाई पनि एउटा कविता स्मरण भएको थियो, ‘आयो टप्प टिप्यो लाग्यो मिति पुग्यो टारेर टर्दैन त्यो… ।’

खाजा खान उनी सुत्ने ठाउँ हुँदै जाँदै थिएँ, गुन्द्री भित्तामा अडेस लगाएर राखिएको रहेछ । म एकक्षण अढिएँ । त्यो गुन्द्री तिनै बुबाको थियो । के उनले बिर्सेका हुन् त ? अवश्य होइनन् । आफ्नो पौरखले बुनेको गुन्द्री थियो त्यो । त्यो उनको उदारपन होला, कसैलाई काम लाग्छ भनेर छोडेको हुनुपर्छ । मलाई भने किन हो त्यो भित्तामा ठडिरहेको गुन्द्रीले व्यंग्य गरेजस्तो प्रतीत भयो ।

भुइँमा सुत्नुपर्ने बाध्यताको व्यंग्य, शारीरिक र मानसिक दुवै रूपले थकित आफन्तजनको कमजोर व्यवस्थापनाको व्यंग्य । आफ्नो पौरखले केही नथपी अरूले बनाइदिएको संरचनामा यथास्थिति हुने नालायकीपनको व्यंग्य, हामी सबैप्रति कठोर व्यंग्य । खै, मलाई पिर पर्यो । त्यसैले तुरुन्तै हटाउन लगाएँ त्यो गुन्द्री । किनभने, मसँग त्यो व्यंग्य सहने शक्तिसमेत थिएन, न त व्यंग्यको जवाफ दिने शक्ति नै थियो । सायद, म त्यो व्यंग्यको पात्र पनि थिइनँ ।

One thought on “गुन्द्री फालिदिने डाक्टर

  1. Birami Lai sahayog garne bahana ma raat raat bhari daudine resident doctor haru Lai Tyo gundri dekhera pakkai irsya lagdo ho…. . Icu iccu jasta room ka agadi lampasar dekhine Tyo drisya…… Ek chin matra aaram garna paye ta Tyo Corridor ma kina nahos,busy sadak ko cheu Chau ma pani kunai farak parne thiyena…. Farak dristi farak Katha sansar bhitra ko dukha ra betha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय