असुरक्षित भएको भन्दै जलेश्वर अस्पतालका चिकित्सकको सामूहिक सेवा बहिष्कार, सुरक्षा दिलाउन सिडियोसित माग

महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरूले सोमबारदेखि सुरक्षाको वातावरण नबनेसम्म काम नगर्ने घोषणा गरेका छन् । सोमबार प्रमुख जिल्ला अधिकारीलाई आफूहरू असुरक्षित भएको जानकारीसहित पत्र लेख्दै चिकित्सकहरूले सुरक्षाको ग्यारेन्टी नहुँदासम्म आफूहरू काममा नफर्कने औपचारिक जानकारी गराएका हुन् ।

चिकित्सकहरूले जिल्ला प्रशासन कार्यालयको दर्ता नम्बर ११६५ मा दर्ता गराएको पत्रमा आइतबार अस्पतालमा कार्यरत सिनियर चिकित्सकलाई लखेट्ने प्रयास भएको उल्लेख छ । हमलाकारीले निवासको ढोका नै फुटाएर असुरक्षित महसुस गराएको चिकित्सकले प्रशासनलाई जानकारी गराएका छन् । यद्यपि, उनीहरूले हमलाकारीको परिचान वा संकेत भने खुलाएका छैनन् । घटनामा संलग्न दोषी पत्ता लगाई उचित सजाय नभएसम्म र अस्पतालमा बारम्बार हुने गरेका चिकित्सकलाई असुरक्षित महसुस गराउने क्रियाकलापहरू बन्द नभएसम्म काममा नफर्कने उनीहरूको भनाइ छ ।

चिकित्सकहरूले जिल्ला प्रशासन कार्यालयको दर्ता नम्बर ११६५ मा दर्ता गराएको पत्रमा आइतबार अस्पतालमा कार्यरत सिनियर चिकित्सकलाई लखेट्ने प्रयास भएको उल्लेख छ । हमलाकारीले निवासको ढोका नै फुटाएर असुरक्षित महसुस गराएको चिकित्सकले प्रशासनलाई जानकारी गराएका छन् ।

चिकित्सकको पत्र प्राप्त भएसँगै प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायमा जानकारी पठाउन निर्देशन दिएका छन् । प्रशासनमा निवेदन गर्नेमा डा. मृत्युञ्जय ठाकुर, डा. प्रियंका चौधरी, डा. सरूपा मण्डल, डा. स्वाति गुप्ता र डा. रितेशराज पाण्डेय छन् । चिकित्सकहरूले जानकारीपत्रको बोधार्थ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, जिल्ला प्रहरी कार्यालय, जलेश्वर, युवा चिकित्सक संघ, नेपाल, नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघ नेपाल (गोदान)लाई पठाएका छन् ।

पछिल्लो समय देशभर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना अत्यधिक रूपमा सार्वजनिक भइरहेका छन् । पछिल्लो करिब दुई महिनाको छोटो अवधिमै चिकित्सक तथा अस्पतालमाथिको आक्रमणका ६ वटा ठूला घटना घटेका छन् भने सामान्य दुर्व्यवहारका घटना दिनहुँजसो हुने गरेका छन् । दुर्व्यवहारकारीले मुख्यतः उपचारमा लापरबाही भएको जिकिर गर्दै आएका छन् । मुलुकमा तीन तहका सरकार क्रियाशील भएको अवस्थामा स्वास्थ्यकर्मी तथा अस्पतालमाथि एकपछि अर्को आक्रमण तथा दुर्व्यवहारका घटना बढ्दै जाँदा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिलाएर स्वास्थ्यकर्मीको मनोबल बढाउन भने सरकार असफल देखिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय