धरानमा ऐनविपरीत पिजी सिट बाँडफाँडप्रति गोदान र युवा चिकित्सक संघको विरोध, मन्त्रीको ध्यानाकर्षण

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले राष्ट्रिय चिकित्साशिक्षा ऐनविपरीत स्नातकोत्तर तह अध्ययनका लागि सिट वर्गीकरण गरेको प्रति सरकारी चिकित्सक संघ नेपाल (गोदान) र युवा चिकित्सक संघ, नेपालले विरोध जनाएका छन् ।

शनिबार प्रतिष्ठानले कानुविपरीत एमडी/एमएस अध्ययनका लागि नेपाली विद्यार्थीलाई भन्दा विदेशी विद्यार्थीलाई प्राथमिकता दिई गरेको कोटा विभाजनको युवा चिकित्सक संघले आइतबार विज्ञप्ति जारी गर्दै विरोध नाएको थियो । त्यसैगरी, गोदानले सोमबार विज्ञप्तिमार्फत गैरकानुनी रूपमा आर्थिक प्रलोभनमा परेर गरेरिएको कोटा विभाजनलाई सच्याउन तथा यस्तो निर्णय गर्ने प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्न सरकारसमक्ष माग गरेको छ । नेपाल सरकारकै बजेटमा सञ्चालित प्रतिष्ठानले ऐनको ठाडो उल्लंघन गरी आर्थिक प्रलोभनमा नेपालीभन्दा विदेशी विद्यार्थीलाई प्रथमिकता दिनु गलत भएको दुवै संगठनको ठहर छ ।

प्रतिष्ठानले स्नातकोत्तर अध्ययनका लागि अत्यन्त गैरजिम्मेवार ढंगबाट जेहेन्दार विद्यार्थीलाई निरुत्साहित गर्ने गरी सिट निर्धारण गर्नुले मेधावी नेपाली विद्यार्थीको मिहिनेतको उपहास भएको गोदानले जनाएको छ । यसबाट नेपाली विद्यार्थीको अस्मितामा चरम प्रहार भएकाले उक्त वर्गीकरणलाई तुरुन्त खारेज गर्नुपर्ने माग गोदानको छ ।

गोदानले विदेशीलाई पोसेर नेपाली विद्यार्थीको घाँटी निमोठ्ने उक्त वर्गीकरण तत्काल खारेज गरी विज्ञको टोली गठन गरेर कानुन र व्यवहारसम्मत ढंगले नयाँ वर्गीकरण गर्न सुझाएको छ ।

गोदानले विदेशीलाई पोसेर नेपाली विद्यार्थीको घाँटी निमोठ्ने उक्त वर्गीकरण तत्काल खारेज गरी विज्ञको टोली गठन गरेर कानुन र व्यवहारसम्मत ढंगले नयाँ वर्गीकरण गर्न सुझाएको छ । गोदानले सोमबार नै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई भेटेर यस विषयमा ध्यानाकर्षणसमेत गराएको छ ।

त्यसैगरी, युवा चिकित्सक संघले नेपाली विद्यार्थी उपलब्ध नभएको खण्डमा मात्र विदेशीलाई अवसर दिइनुपर्ने माग राखेको छ । अन्तर्राष्ट्रिय अभ्यासमा समेत आफ्ना नागरिकलाई दिएर बचेको कोटा मात्र विदेशीलाई दिने प्रचलन भएको स्मरण गराउँदै संघले पैसाको लोभमा नेपाली विद्यार्थीलाई शिक्षाबाट वञ्चित गर्ने यसकिसिमको गलत निर्णयमा सरकारले हस्तक्षेप गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेको छ ।

विदेशी विद्यार्थीलाई अधिकतम ३३ प्रतिशत मात्र कोटा दिन सकिने ऐनको व्यवस्थाविपरीत प्रतिष्ठानले शनिबार नेपालीभन्दा विदेशी विद्यार्थीका लागि बढी कोटा दिएको थियो । प्रतिष्ठानले निकालेको भर्नासम्बन्धी सूचनामा सर्जरीको ६ मध्ये ४ सिट विदेशीका लागि बालरोग र मेडिसिनका ५–५ सिटमध्ये ३–३ सिट विदेशी विद्यार्थीका लागि छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय