धरानमा मनपरी शुल्क असुल्न ऐनविपरीत पिजीमा विदेशीलाई बढी कोटा, ७२ घण्टाभित्र नसच्याए आन्दोलन

हेल्थपोस्ट
प्रकाशित
२०७६ असार ९ गते ८:५५

फाइल तस्बिर

राष्ट्रिय चिकित्साशिक्षा ऐन विपरीत सरकारकै संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपीकेआइएसएच)ले एमडी/एमएसको भर्ना प्रक्रिया सुरु गरेको छ । तोकिएको कोटाको ३३ प्रतिशतभन्दा बढी विदेशी विद्यार्थी भर्ना गर्न नपाउने ऐनको प्राब्धानविपरीत विदेशी विद्यार्थीका लागि सिट छुट्याएको छ ।

अस्पतालमा कार्यरत चिकित्सकहरुको संस्था जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीलगायतका संस्थाहरुले यसको विरोध गरेका छन् । प्रतिष्ठानले विशेषगरी मेडिसिन, सर्जरी, बालरोग, एनेस्थेसियाजस्ता बढी प्रतिस्पर्धा र माग हुने विषयमै विदेशी विद्यार्थीलाई बढी सिट छुट्याएको छ । प्रतिष्ठानले असार ७ गते पिजी भर्नाका लागि सूचना जारी गरेको छ ।

नेपाली चिकित्सकलाई सिट छुट्याउँदा सरकारले तोकेको शुल्कमा सरकारले नै अनुदान दिन्छ । तर विदेशीका लागि छुट्याइने सिट बढी शुल्कमा बेच्नकै लागि प्रतिष्ठान पदाधिकारीको मिलेमतोमा यस्तो चलखेल भएको हो ।

चिकित्सा शिक्षा ऐेन २०७५ को दफा १७ (५)ले ‘स्नातक तथा स्नातकोत्तर तहका लागि तोकिएका कुल सीट सङ्ख्यामध्ये विदेशी विद्यार्थीको संख्या एक तिहाइभन्दा बढी हुने छैन’ उल्लेख छ । ऐन अनुसार पिजीको जम्मा सीट संख्या र विषयगत रुपमा ३३ प्रतिशत सीटमात्र विदेशीलाई दिन पाइन्छ ।

चिकित्सा शिक्षा ऐेन २०७५ को दफा १७ (५)ले ‘स्नातक तथा स्नातकोत्तर तहका लागि तोकिएका कुल सीट सङ्ख्यामध्ये विदेशी विद्यार्थीको संख्या एक तिहाइभन्दा बढी हुने छैन’ उल्लेख छ । ऐन अनुसार पिजीको जम्मा सीट संख्या र विषयगत रुपमा ३३ प्रतिशत सीटमात्र विदेशीलाई दिन पाइन्छ ।

प्रतिष्ठानले निकालेको भर्नासम्बन्धी सूचनामा सर्जरीमा भएको ६ सीटमध्ये ४ सीट विदेशीका लागि बालरोग र मेडिसिनको ५/५ सीट मध्ये ३/३ सीट विदेशी विद्यार्थीका लागि छुट्याइएको छ । सोसाइटीले विज्ञाप्ति जारी गरेर नेपाली भूमीमा सरकारको अनुदान प्राप्त गरेर चल्दै आएको प्रतिष्ठानले विदेशी विद्यार्थीलाई प्राथमिकता दिनु आपत्तिजनक भएको उल्लेख छ ।

सोसाइटीले सिट निर्धारतप्रति आपत्ति जनाउदै ७२ घण्टाभित्र नसच्याए आन्दोलन थाल्ने चेतावनी दिएको छ । चिकित्साशिक्षा सुधार अभियान्ता डा. गोविन्द केसीको अनशनका क्रममा भएको सहमतिअनुसार नै सरकारले पिजी पाँच वर्षअघि नै निःशुल्क गरेको थियो । त्यसअघिसम्म नेपाली विद्यार्थीलाई समेत करोडौंमा कोटाको किनबेच हुने गरेपछि डा. केसीले निःशुल्क र म्यारिटका आधारमा भर्नाको प्रणाली लागू गर्न माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय