मानसिक स्वास्थ्य : कहाँ छ विश्व, कहाँ छौँ हामी ?

वि.सं. १९९० मा हामीले त्रासदीपूर्ण भुइँचालो भोग्नुपरेको थियो । ठिक त्यसको ८२ वर्षपछि त्यही लेबलको भुइँचालो १२ वैशाख ०७२ मा पुनः भोग्नुपर्यो, जुन घाउको खाटो अझै बसिसकेको छैन, जसले निम्त्याएको भौतिक तथा मानवीय क्षतिको असर आज पनि भोगिराखिएको अवस्था छ । यसबारे अध्ययन गर्नु अत्यन्त आवश्यक छ ।

भौतिक नोक्सानीको असर व्यक्तिको दैनिक दिनचर्यामा पर्छ नै र ऊ नजानिँदो गरी बिस्तारै मानसिक चिन्ताको सिकार बन्दै कालान्तरमा दीर्घ मानसिकरोगीसमेत बन्न जान्छ । भुइँचालोजस्ता प्राकृतिक प्रकोपको परिणामले मात्र होइन, आज २१औँ शताब्दीमा हाम्रो दिनचर्या, प्रगति उत्थान र रहरिया दिनचर्यामा दिनानुदिन परिवर्तन आइरहेको छ । विकाससँगै आफूलाई अपडेट गर्न नसक्दा मानिस मानसिक चिन्ताले ग्रस्त हुन पुग्छ । अहिले नेपालका सहरिया चरित्र पनि अन्य विश्वका झैँ बदलिरहेको छ ।

विश्व एउटा ग्राम भएको परिप्रेक्ष्यमा आवश्यकता झनै जटिल बन्दै गएका छन् । आवश्यकताको दौडमा पछाडि पर्नेहरूमा विशेषगरी मानसिकरोग बिस्तारै सल्किँदै गएको छ, जसको अध्ययन एवम् निदानका उपाय अवलम्बन नगर्ने हो भने भयावह स्थिति उत्पन्न हुन सक्छ । १२ वैशाख ०७२ को भुइँचालोले सहरिया मात्र होइन, हिमाल, पहाड, तराई, मधेसलगायत पूरा देशको कुनै पनि क्षेत्रलाई अछुतो छाडेन ।

२०औँ शताब्दीको पूर्वार्धसम्ममा मानसिक अस्पतालले मात्र मानसिकरोगीको उपचार गर्ने गर्थे । तर, पछि बिस्तारै मानसिक अस्पतालहरूको कालो कर्तुत मानिससामु आउन थाल्यो र त्यसप्रति आममानिसको मनोवृत्ति परिवर्तित हुँदै गयो ।

२०औँ शताब्दीको पूर्वार्धसम्ममा मानसिक अस्पतालले मात्र मानसिकरोगीको उपचार गर्ने गर्थे । तर, पछि बिस्तारै मानसिक अस्पतालहरूको कालो कर्तुत मानिससामु आउन थाल्यो र त्यसप्रति आममानिसको मनोवृत्ति परिवर्तित हुँदै गयो । अमेरिकामा थुप्रै मानसिक अस्पतालमा मानसिकरोगीहरू भर्ना हुन्थे, तिनीहरूलाई अमानवीय व्यवहार र क्रूरताका साथ इलाज हुन थाल्यो र मानसिकरोग घट्नुको साटो बढ्दै गयो । कतिको त उपचारकै क्रममा मृत्यु पनि भयो । किस्कर (१९८५) यस्तै मानसिक अस्पतालहरूको अवस्थाबारे वर्णन गर्दै भन्छन्, मानसिकरोगीलाई यी अस्पतालमा एउटा सानो कोठामा झुन्ड बनाएर राखिन्थ्यो, त्यस्ता कोठामा शौचालय नहुनु, घाम र हावा पनि बराबर हुनु, आधा पेट खान पाउनु, कलिला युवतीलाई अस्पतालबाट बाहिर लगी शारीरिक व्यापार गराउनु, अस्पताल अधिकारीबाट गालीगलौज हुनु इत्यादि कुरा सामान्य नै थिए ।

फलस्वरूप, मानसिक अस्पतालमा बिरामी राख्नेहरूप्रति मानिसको मनोवृत्ति खराब हुन पुग्यो । आजभोलि अमेरिकामा यी मानसिक अस्पतालको स्थान सामुदायिक मानसिक स्वास्थ्यकेन्द्र (कम्युनिटी मेन्टल हेल्थ सेन्टर) ले लिन पुगे । यी केन्द्रहरूको प्रमुख उद्देश्य भनेको मानसिकरोगीलाई मानवीय प्रविधिबाट असल उपचार गर्नु हो । यी केन्द्रबाट मूलतः पाँच प्रकारका सेवा प्रदान गरिन्छन् । २४सै घण्टा आपत्कालीन हेरचाह, अल्पकालीन अस्पतालीय सेवा, आंशिक अस्पताल सेवा, बाह्यरोगीको हेरचाह एवम् प्रशिक्षण तथा परामर्श सेवा यस्ता केन्द्रहरूमा उपलब्ध गराइन्छन् । अमेरिका र क्यानडामा यस्ता केन्द्रहरूको संख्या निकै नै बढी छ, जसलाई आफ्नो कार्य गर्न पर्याप्त सरकारी सहायता उपलब्ध हुन्छ ।

मनोवैज्ञानिक एवम् अन्य विशेषज्ञका बीचमा आज पनि यस कुरामा असहमति छ कि, ‘सामान्य’को अर्थ के हुन्छ ? केही मानिस एउटा व्यवहारलाई सामान्य मान्छन् भने त्यही व्यवहारलाई अर्को समाज वा संस्कृतिमा असामान्य मानिन्छ ।

अमेरिका र क्यानडामा आजभोलि सामुदायिक मानसिक स्वास्थ्यकेन्द्रको एउटा नवीनतम रूप विकसित भएको छ, जसलाई संकटकाल हस्तक्षेप केन्द्र (क्राइसिस इन्टरभेन्सन सेन्टर) भनिन्छ । यी केन्द्रको प्रमुख उद्देश्य भनेको मानसिकरोगीलाई तुरुन्त सहयोग पुर्याउनु हो । यी केन्द्रमा उपचारभन्दाअघि निश्चित समय पारी भेट्नुपर्ने हुन्छ र सबै वर्ग र आयका मानिसलाई सहयोग गर्न तुरुन्त पाइला चालिन्छ ।

आजभोलि एउटा नयाँ प्रकारको संकटकाल हस्तक्षेप केन्द्र पनि मानसिकरोगीको उपचारमा कार्यरत रहेको देखिन्छ । ‘हटलाइन दूरभाष केन्द्र’ सबभन्दा पहिला लस एन्जलसको बाल अस्पतालमा प्रारम्भ गरिएको थियो । यस्ता दूरभाष केन्द्रको सफलताबाट प्रभावित भएर अमेरिकाका ठूला सहर र विश्वविद्यालयहरूमा यस्ता प्रकारका आपत्कालीन सेवा प्रदान गर्ने केन्द्र आधिकारिक रूपमा खोलिँदै छन् ।

यसबाट थाहा हुन्छ कि, असामान्य मनोविज्ञानको इतिहास जुन मुख्य कालमा बाँडिएको छ, त्यसमा निकै उतारचडाव रहेको छ । प्रारम्भिक कालमा अर्थात् पूर्ववैज्ञानिक काल (१८०९–१९५० ई.सं.)मा यस विचारले मान्यता पाएको थियो र मानसिक असामान्यतालाई एक प्रकारको मानसिक रोग ठानेर त्यसमा मानवीय उपचारद्वारा बल पुर्याइएको थियो ।

ती कालमा असामान्यताको कारणका रूपमासामाजिक वातावरणलाई लिइन्थ्यो । सन् १९५० पछिको असामान्य मनोविज्ञानअन्तर्गत पहिलादेखि चलिआएको मानसिक अस्पतालमा भइरहेको उपचारलाई अमानवीय घोषित गरियो र त्यसको आलोचना भयो । मानिसको मनमा यस्तो विचार उत्पन्न भयो कि मानसिक अस्पतालमाभर्ना गर्नाले मानसिकरोगको तीव्रता घट्नुको सट्टा बढ्न थाल्छ । अब यी मानसिक अस्पतालको स्थान भिन्न–भिन्न प्रकारका सामुदायिक मानसिक स्वास्थ्यकेन्द्रहरूले लिए । संकटकाल हस्तक्षेप केन्द्र भनेकै यस्ता केन्द्रको नवीनतम नमुना हो, जसको प्रारम्भ अमेरिकामा भयो । यसको सफलताको उचाइका कारण अन्य देशलाई समेत यस्ता केन्द्रहरू प्रारम्भ गर्न विवश गरायो ।

यस्ता असामान्य व्यवहारको अस्वाभाविक आचरण (नेचर एन्ड क्राइटेरिया अफ एब्नर्मल बिहेभियर) लाई सामान्य र असामान्य गरी दुई भागमा बाँडिएको छ । यसमा ‘नर्मल’ शब्द ल्याटिनको ‘नारमा’ शब्दबाट बनेको हो, जसले अर्थ सिकर्मीको नापमान (कार्पेन्टर्स रुल्स) लाई दर्साउँछ । जसरी सिकर्मी आफ्नो नापमानलाई प्रयोग गरेर, एउटा मानकलाई प्रयोग गरेर यो निश्चित गर्छ कि कुन परिस्थितिमा कुन सामान्य मापन हुन्छ, ठिक त्यही अर्थमा ‘नर्मल’ शब्दको प्रयोग अंग्रेजी भाषामा एउटा मान्यता वा प्याटर्न अर्थात् नम्र्सलाई दर्साउन प्रयोग गरिन्छ ।

मनोवैज्ञानिक एवम् अन्य विशेषज्ञका बीचमा आज पनि यस कुरामा असहमति छ कि, ‘सामान्य’को अर्थ के हुन्छ ? केही मानिस एउटा व्यवहारलाई सामान्य मान्छन् भने त्यही व्यवहारलाई अर्को समाज वा संस्कृतिमा असामान्य मानिन्छ । सामान्य भनेको के हो र जब यसलाई सर्वमान्य ढंगबाट परिभाषित गर्ने हो भने असामान्य व्यवहारलाई परिभाषित गर्नु स्वभावतः एउटा गाह्रो कुरा हुन जान्छ ।

‘नर्मल’ पदमा उपसर्ग ‘एब (एबी)’ जोडेर एब्नर्मल अर्थात ‘असामान्य’ पदको निर्माण भएको छ । यस तथ्यलाई मध्यनजर गरी यो भन्न सकिन्छ कि, असामान्य त्यो हो, जुन सामान्य छैन वा सामान्यभन्दा बेग्लै छ । तर, यति मात्र भनिदिनाले असामान्य व्यवहार स्पष्ट हुँदैन । प्रसिद्ध विद्वान् बार्लो र डुरड (१९९९) ले भनेका छन्, ‘असामान्य व्यवहार व्यक्तिभित्र मनोवैज्ञानिक दुष्क्रियाको स्थितिमा रहन्छ, जुन क्रिया व्यथा वा नोक्सानीबाट प्रभावित हुन्छ तथा एउटा यस्तो अनुक्रिया हुन्छ, जुन प्रतिनिधिक वा सांस्कृतिक रूपबाट प्रत्याशित हुँदैन ।’

उपरोक्त असामान्य व्यवहारका शोध–विधिहरू धेरै प्रकारका छन् । उपरोक्त सम्पूर्ण विषयगत अध्ययनमध्ये हामी अहिले देश र जनताको मानसिक समस्यामा केन्द्रित रहँदा मानसिक स्वास्थ्य पेसाबारे छलफल गर्नु आवश्यक देखिन्छ । र, यस पेसाअन्तर्गत विभिन्न तह र तप्काबाट जनताले जुन सेवा प्राप्त गरिरहेका छन्, के त्यो पर्याप्त छ ? यस मानसिक स्वास्थ्य पेसाअन्तर्गत के–के आउँछन् भन्नेबारे संक्षिप्तमा अध्ययन गर्दा यसलाई बिभिन्न भागमा बाँड्न सकिन्छ– मानसिक रोग बिशेषग्य , चिकित्सा मनोबिद , मनोबिद , मनश्चिकित्सीय नर्सिङ, मनश्चिकित्सीय सामाजिक कार्यकर्ता आदी

मानसिक स्वास्थ्य सेवामा यी पेसेवरबाहेक अतिरिक्त केही नन–पेसेवर मानिसहरूको पनि सेवा लिने गरिन्छ । यस्ता मानिस स्वास्थ्यसेवाका क्षेत्रमा औपचारिक रूपबाट प्रशिक्षित हुँदैनन् ।

हामीले थाहा पायौँ कि, मानसिक स्वास्थ्य पेसेवरका थुप्रै प्रकार हुन्छन्, जसको माध्यमबाट यस्ता सेवा दिइने गरिन्छ । मानसिक स्वास्थ्य सेवामा यी पेसेवरबाहेक अतिरिक्त केही नन–पेसेवर मानिसहरूको पनि सेवा लिने गरिन्छ । यस्ता मानिस स्वास्थ्यसेवाका क्षेत्रमा औपचारिक रूपबाट प्रशिक्षित हुँदैनन् । यस्ता नन–पेसेवर प्रायः स्कुल वा कलेजका विद्यार्थीहरू स्कुल छाडेका छात्रहरू, किशोर, परिपक्व महिला तथा अन्य वयस्क मानिस, जसले मानसिक स्वास्थ्यका क्षेत्रमा कुनै डिग्री, डिप्लोमा, प्रशिक्षण प्रमाणपत्र इत्यादि प्राप्त गरेका हुँदैनन्, उनीहरूलाई सम्मिलित गराइन्छ । यस्ता सेवाका लागि उनीहरूलाई पारिश्रमिक वा कहिलेकाहीँ आंशिक पारिश्रमिक प्रदान गर्ने गरिन्छ ।

उल्लेखित विषयहरूको विश्लेषण गर्दा प्रारम्भकालमा आजका विकसित मुलुकहरूमा मानसिकरोगीको उपचार तथा निदान जुन स्टेजमा थियो, त्यही हाराहारीमा विगतमा हामीकहाँ पनि थियो । तर, हाल आएर जनतामा यसबारे सूचना र जानकारी प्रवाह भएका कारण जागरुकतास्वरूप यस विषयका विभिन्न मानसिक स्वास्थ्यकेन्द्र एवम् अस्पतालहरू देशभरि खोलिनेक्रम छ ।

यद्यपि, यो पर्याप्त छैन र रोगीलाई सम्पूर्ण सेवा प्रदान गर्न सकिएको छैन । हालको दशकमा दक्ष जनशक्ति, दक्ष चिकित्सकको संख्यामा उल्लेखनीय प्रगति भएसँगै अस्पतालहरू खोलिँदै छन् । आज वेबसाइटमा हेर्दा जनतालाई सुसूचित गर्न र गुणस्तरीय सेवा प्रदान गर्ने उपायबारे पर्याप्त जानकारी हासिल गर्न सकिन्छ । यो लोखको उद्देश्य पनि जनतालाई सुसूचित गर्नु नै हो र यसले निरन्तरता पाउनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय