डाक्टरको गाडीले किचेर अस्पतालमै बालकको मृत्यु

प्रकाश ढकाल
प्रकाशित
२०७६ असार ७ गते १६:३०

पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरले चलाएको गाडीको ठक्करले एक बालकको अस्पताल परिसरमै मृत्यु भएको छ । डा. विश्वदीप तिमिल्सिनाले चलाएको गाडीले ठक्कर दिँदा पोखरा २८ माझठानाका ४ बर्षिय बालक संस्कार कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुबाआमाले विरामी आमा भेट्न जाँदा बालकलाई पनि सँगै लगेका थिए । बुबाको मोटरसाइकलबाट झरेपछि साइड लागेका बालकलाई डाक्टर तिमिल्सिनाले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले बताए । मृतक बालकका आफन्तले डाक्टर विश्वदीपको चरम लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन् । डाक्टर एक हातले मोबाइलमा गफ गर्दै एक हातले स्टेयरिङ समातेर गाडी हुईंक्याएको उनीहरुको जिकिर छ ।

बालकका आफन्तले डा. विश्वदीप तिमिल्सिनालाई अस्पतालमै झिकाएर घटनाबारे उनकै मुखबाट सुन्न चाहेको बताएका छन् । तर, डाक्टर तिमिल्सिना र ठक्कर दिने कारलाई भने प्रहरीले कास्की प्रहरी चौकी लगिसकेको छ । अहिले अस्पतालमा तनाव छ । आफन्तले गैरजिम्मेवार चालकलाई कडा कारबाही नभएसम्म बालकको शव नबुझ्ने जनाएका छन् । प्रहरीले आफन्तलाई अस्पतालमा रोकेको छ ।

One thought on “डाक्टरको गाडीले किचेर अस्पतालमै बालकको मृत्यु

  1. Gadi or gadi chalak bhaneh hunthyo…daktar bhannu parne ho ra?? Daktar hudai ma gadi accident hunna bhanne cha ra?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय