पेटमा ढुंगा पालेर हिड्दैछिन जरिना

हेल्थपोस्ट नेपाल
आमाका साथमा इसुब अन्सारी

सोह् बर्षका इसुब अन्सारीको दैनिकी ज्याला मजदूरीमा बित्छ । उनको कलिला हातले इट्टा र हथौडी समाइरहेको हुन्छ । परिवार पाल्ने जिम्मेवारी उनको काँधमा आइलागेपछि १६ बर्षमा हिड्दै गरेका उनि विद्यालयको पढाई छाडेर मजदूरी गर्न बाध्य छन् । आमा बाबुको स्वास्थ्यले साथ नदिएपछि उनि मजदूरी गर्न बाध्य भएका हुन् । आमा बाबा र भाइसँगै चार जनाको परिवार उनको कमाईको आश्रयमा छ ।
बुटवल उपमहानगर पालिका वडा नं १ मस्जीद पथमा रहेको श्री ३ बडामहारानीको तबेला रहेको मस्जीद पथको जमिनमा घर बनाई बस्दै आएका उनिहरुको घर नगरपालिकाले कभर्ड हल बनाउन भन्दै भत्काइदिएपछि उनिहरु घरबिहीन भएका छन् । जहाँ १६ घर परिवार बस्दै आएका थिए ।
इसुब भन्छन् बाबा कमाउन सक्नुहुन्न, म ठूलो छोरो मैले नकमाए चुलोमा आगो बल्दैन । त्यसैले म कक्षा ८ पढेर स्कुल छाडे, विद्यालय छाड्नको कारण खुलाउँदै उनले भने । इसुब बुटवल माध्यमिक विद्यालयको कक्षा ८ पढ्दै गर्दा परिवार पाल्नुपर्ने अवस्था आएपछि विद्यालय छाडेको बताउँछन् । बिहान उठेर लेबर गर्न हिड्छु इसुबले भने, दैनिक ५ सय पाउँछु त्यसैबाट बाबा, आमा, भाई र पालिनुपर्छ । पढ्ने रहर भएर के गर्नु उनले प्रश्न गरे म पढ्न गए परिवार कस्ले पालिदिन्छ ?

आमाको पित्त थैलीमा १३ एम एमको पत्थरी भएपनि पैसा अभावका कारण उपचार गर्न नसकेको उनि बताउँछन् । दैनिक साँझ बिहान खानलाई समस्या छ आमाको उपचार कहाँबाट गर्ने पढाइ छाडेर काममा हिड्ने गरेका इसुबले दुखेसो पोखे । पत्थरीको अप्रेशन गर्नका लागि बुटवलका अस्पतालले ३० देखि ४० हजार खर्च लाग्ने बताएको आमा जरिना खातुनले बताइन ।

आमाको पित्त थैलीमा १३ एम एमको पत्थरी भएपनि पैसा अभावका कारण उपचार गर्न नसकेको उनि बताउँछन् । दैनिक साँझ बिहान खानलाई समस्या छ आमाको उपचार कहाँबाट गर्ने पढाइ छाडेर काममा हिड्ने गरेका इसुबले दुखेसो पोखे । पत्थरीको अप्रेशन गर्नका लागि बुटवलका अस्पतालले ३० देखि ४० हजार खर्च लाग्ने बताएको आमा जरिना खातुनले बताइन । डाक्टरले सक्दो छिटो अप्रेशन गर्न भनेका छन् पैसा छैन के ले उपचार गर्ने ? खातुनले भनिन् ।

इसुब विद्यालयमा मध्यम खालको विद्यार्थी भएको विद्यालयका शिक्षकहरु बताउँछन् । शिक्षकका अनुसार इसुब अनुशासित विद्यार्थी थिए । इसुबको पढाईमा निरन्तरता दिनका लागि अनुरोध गरेको भएपनि परिवार पाल्नुपर्ने अवस्थाका कारण इसुबले पढाई छाडेको विद्यालयको भनाई छ । विद्यालयमा निःशुल्क पठनपाठन, स्टेशनरी र पोशाकको सहयोगले उनको समस्यालाई सम्बोधन गर्न सकेको छैन । इसुबका भाई समिर अन्सारी भने बुटवल माविको कक्षा ६ मा अध्ययनरत छन् ।

आफ्नो स्वास्थ्य बिग्रेको कारण काम गर्न नसकेपछि छोराको पढाई छाडी काममा पठाउनुपरेको बाबा निजमुद्दीन अन्सारी बताउँछन् । म बिरामी छु, श्रीमती पनि गह्ुगो काम गर्न सक्दिनन् अर्को छोरो सानो छ उनले भने छोरा इसुब काममा नगए चुल्हो बल्दैन । श्रीमतीको पेटको पत्थरीको अप्रेशन हामी गरिबले कहाँबाट गर्ने ? उनले प्रश्न गरे ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *