स्वास्थ्यका कर्मचारीको समायोजन गर्न नसकेर सामान्यले हात उठायो : स्वास्थ्यराज्यमन्त्री डा. यादव

स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. सुरेन्द्र यादवले स्वास्थ्यको समायोजनको विषयलाई मूर्तरुप दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय असफल भएको बताएका छन् । शुक्रबार औषधि व्यवस्था विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले सामान्यले स्वास्थ्यमा कर्मचारी समायोजनको समस्या सल्झाउनुको साटो झन् बल्झाएर पठाएको आरोप लगाए ।

‘स्वास्थ्यका कर्मचारीको समस्या शून्यमा होस् भनेका थियौँ । तर, सामान्यबाट झन् माइनस भएर आइदियो, जसले गर्दा तक्काल समायोजन सम्भव छैन,’ मन्त्री यादवले भने । उनका अनुसार तत्काल समायोजनलाई टुंगोमा पुर्याउन सम्भव नभएकाले मन्त्रालयले जो जहाँबाट सेवा दिइरहेका छन्, हाललाई त्यहीँबाटै सेवा दिन भनेको बताए । सामान्यले अन्तिममा आएर आत्मसमर्पण गरेको उनको आशय थियो । मन्त्री यादवले भने, ‘संघीय मामिलाले अन्तिममा आएर हात उठाएकै छ, किनकि, जुन समायोजन गरेको छ, त्यसमा कर्मचारीको समस्या झन् बढेको छ ।’

मन्त्री यादवको अभिव्यक्तिले लामो समयदेखि सरकारको टाउकोदुखाइको विषय बनेको कर्मचारी समायोजनले अझै लामै समय पिरोल्ने देखाएको छ । लामो समयको कसरत र मिहिनेतका बाबजुद पनि सामान्यले हात उठाएको अवस्थामा अब स्वास्थ्य मन्त्रालयको टाउकोमा समायोजनको ठूलै जाँतो घुम्ने निश्चित छ । यद्यपि, यो सकसलाई स्वास्थ्यले कसरी पार लगाउँछ भन्ने भने हेर्न बाँकी नै छ ।

2 thoughts on “स्वास्थ्यका कर्मचारीको समायोजन गर्न नसकेर सामान्यले हात उठायो : स्वास्थ्यराज्यमन्त्री डा. यादव

  1. अवकाे समाधान भनेकाे स्वास्थ्यका दरवन्दी र पद अनुसारकाे पहिले सपःटवयर तयार गर्ने अनि पुन नया तरीकाले सबैलाइ अनलाइन पःाराम भर्न लगाउने र साे अनुसार समायाेजन गर्नुकाे बिकल्प छैन समयमा चेत खुलाेस जिम्मेवार भएर साेचाै नत्र देशकाे स्वास्थ्य अवस्था तल जाने अवस्था अाइ सक्याे।

    1. खेलौना भयो स्वास्थ्य क्षेत्र र स्वास्थ्य कर्मचारी जनप्रतिनिधी सामु जसरी घुमाए पनि हुने र जसरी चलाए पनि हुने तर यस कारणले गर्दा सरकार ले यस बिषय मा सोचेको छैन कि भोली कति समय सम्म स्वास्थ्य क्षेत्र तलमाथी हुने हो भन्ने कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय