स्वास्थ्य मन्त्रालयले भन्यो– समायोजन अद्यावधिक हुँदै छ, धैर्यपूर्वक बस्नू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर क्रियाशील स्वास्थ्यकर्मीलाई समायोजन अद्यावधिक भइरहेको भन्दै खटिएकै ठाउँमा धैर्यपूर्वक काम गरिरहन निर्देशन जारी गरेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी समायोजन ऐन २०७५ अनुसार स्वास्थ्य सेवाका सबै समूह तथा उपसमूहका कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजनसम्बन्धी काम सम्पन्न हुने क्रममा रहेको उल्लेख गरेको छ ।

मन्त्रालयले कर्मचारीहरुको समायोजन उपरको गुनासो संकलनगरी त्यस्ता गुनासोमा आवश्यक सम्बोधनगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट यो समेतको सूची प्राप्त भइसकेको जनाएको छ ।

समायोजनको विवरण अद्यवधिक गर्ने काम भइरहेको भन्दै सबै स्वास्थ्यकर्मीलाई आफू खटिएको कार्यालय तथा जिम्मेवारीमा धैर्यताका साथ सेवा प्रवाहमा खटिरहन अनुरोध गरिएको छ ।

मन्त्रालयले सम्बन्धित विभागीय प्रमुख, निर्देशक, कार्यालय प्रमुखहरुले पनि समायोजनाको पत्र प्राप्त नहुँदासम्म आफू मातहतका कर्मचारीलाई आफू खटिएकै कार्यालयबाट सेवा सुचारु गराउनसमेत आग्रह गरेको छ ।

सहसचिव जनार्दन गुरागाईँले हस्ताक्षर गरेको विज्ञाप्तिमा सामान्यबाट प्राप्त भएको सूचीअनुसार सबै समायोजनको विवरण अद्यवधिक गर्ने काम भइरहेको भन्दै सबै स्वास्थ्यकर्मीलाई आफू खटिएको कार्यालय तथा जिम्मेवारीमा धैर्यताका साथ सेवा प्रवाहमा खटिरहन अनुरोध गरिएको छ ।
मन्त्रालयले सम्बन्धित विभागीय प्रमुख, निर्देशक, कार्यालय प्रमुखहरुले पनि समायोजनाको पत्र प्राप्त नहुँदासम्म आफू मातहतका कर्मचारीलाई आफू खटिएकै कार्यालयबाट सेवा सुचारु गराउनसमेत आग्रह गरेको छ ।

मन्त्रालयले आम नागरिकलाई पुर्याउने सेवा सुविधा सुनिश्चित गर्न गराउन आ आफ्ना ठाउँ र जिम्मेवारीमा कार्यरत रहीरहन समेत आग्रह गरेको छ ।
प्राप्त समायोजन सूचीमा गुनासो सम्बोधनबाट प्राप्त हुन आएको विवरण अद्यवधिक गर्ने कार्यसँगसँगै समायोजन भएका पदनामका कर्मचारीहरुको समायोजन पत्र कार्यरत कार्यालयमा मै पठाउने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले समायोजनको सम्बन्धमा कसैको वहकाउ पत्र भएपछिको पदस्थापनको कार्य सम्पन्न नभएसम्म यथावत राख्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय