जिम्मेवारी निर्क्योलमा अन्योल र चुनौतीपूर्ण बनेको रोगनियन्त्रण

गर्मी मौसमसँगै लाग्ने केही विशेष रोग छन् । विगत वर्षका अनुभवले देखाएको छ कि, मौसम परिवर्तन हुँदा एउटा रोग लाग्छ र गर्मी मौसम आउनेबित्तिकै केही विशेष रोग देखिन्छन् । गर्मी लागेपछि कीटजन्य रोगहरूको संक्रमण बढ्छ । उदाहरणका लागि लामखुट्टेको टोकाइबाट सर्ने औलो, डेंगी, मलेरिया हुन सक्छन् । भुसुनाबाट सर्ने कालाजारलगायत रोगको पनि गर्मीमा जोखिम रहन्छ । त्यसैगरी, स्क्रप टाइफस, जुन एकथरी सनो किराबाट हुने गर्दछ, यसको संक्रमण देखापर्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा विशेषगरी पानीको प्रदूषणले हुने रोगहरू गर्मीमा अत्यधिक देखिने गर्छन् । उदाहरणका लागि झाडापखाला, आउँ, हैजा, हेपाटाइटिस, टाइफाइड आदिको संक्रमण गर्मीमा देखिन्छ । यी रोगहरूको प्रकोपचाहिँ गर्मी मौसम सुरु भएपछि देखिन थाल्छ ।

यस्ता रोगको नियन्त्रणका लागि दुई–तीनवटा काम निरन्तर भइरहेको हुन्छ । स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्थाहरूलाई यी रोगबारे सचेत गराउने तथा तालिम दिने काम भइरहन्छ । यसका लागि राष्ट्रिय रोगनियन्त्रण कार्यक्रम नै सञ्चालनमा छ । गर्मी मौसममा लामखुट्टे वृद्धि हुने र रोग सर्ने हुँदा यसको रोकथामका लागि बढी प्रभावित क्षेत्रमा झुल वितरण भइरहेको छ । जहाँ कालाजार बढी देखिन्छ र लामखुट्टेको महामारी नै देखिएको छ, त्यस्ता ठाउँमा घर–घरमा विषादी छर्कने गरिएको छ ।

हामीले प्रयोग गर्ने पानी जुन छ, त्यसको शुद्धता, शौचालयको व्यवस्थापन, ढलको निकासको व्यवस्थापनलगायत कुरामा सावधानी अपनाउन नसक्दा रोगले महामारीको रूप लिने गर्छन् ।

यस्ता रोगबाट बच्न अपनाउनुपर्ने सावधानीको सबैभन्दा ठूलो पाटो भनेको खानेपानी र खानाको स्वच्छता र शुद्धतामा विशेष ध्यान दिनुपर्छ । हामीले प्रयोग गर्ने पानी जुन छ, त्यसको शुद्धता, शौचालयको व्यवस्थापन, ढलको निकासको व्यवस्थापनलगायत कुरामा सावधानी अपनाउन नसक्दा रोगले महामारीको रूप लिने गर्छन् । एकजना अथवा दुईजना बिरामीलाई रोगले च्याप्दैमा महामारी भन्न मिल्दैन । यी रोगहरू कस्ता हुने गर्छन् भने एक व्यक्तिको दिसाबाट कसैले प्रयोग गर्ने पानीको स्रोतमा दिसा मिसियो भने उक्त पानी प्रयोग गर्दा अधिकांश मानिसलाई रोग सर्ने हुन्छ । विशेषगरी, यसबाट पानीजन्य रोगहरूको संक्रमण जोखिम अत्यधिक हुन्छ । त्यसैले खानेपानी र सरसफाइ क्षेत्रमा सबैभन्दा बढी ध्यान दिनुपर्ने हुन्छ ।

डेंगी रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू अवलम्बन गर्नुपर्ने हुन्छ । यसका लागि सम्भावित ठाउँहरूमा पानी जम्न दिनुहुँदैन, ‘खोज र नष्ट गर’ अभियान गरेर समुदायस्तरबाट महिला स्वयंसेविकालगायत सम्बन्धित क्षेत्रका व्यक्तिहरू परिचालन गरेर घर–घर पुगी लामखुट्टेका अण्डा तथा लार्भाहरू नष्ट गर्ने र समुदायमा जनचेतना फैलाउने कार्यक्रम गर्नुपर्छ ।

अहिले हामी संघीयमा गएदेखि स्वास्थ्यका अधिकांश कार्यक्रम कार्यान्वयनको जिम्मा स्थानीय र प्रदेश तहमा गएको अवस्था छ । संघीय सरकारको यससम्बन्धी बजेट र गतिविधि निकै घटेको अवस्था छ । अगामी वर्षको बजेट यस वर्षको भन्दा कम हुनेछ ।

कामको प्रकृतिलाई हेर्दा इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले पहिले सरुवारोग मात्रै हेर्ने गथ्र्यो । अहिले हामीसित नसर्ने रोग, मानसिक स्वास्थ्यदेखि लिएर कुष्टरोग, अपांगता भएकाको व्यवस्थापनलगायत जिम्मेवारी जोडिएका छन् । तर, जिम्मेवारी घटिरहँदा बजेटको चुनौती देखिएको छ । महामारीको सम्भावना भएका रोग तथा नयाँ सम्भावित रोगहरू हुन्छन्, यसबारे नयाँ कार्यक्रम, गतिविधि गर्नका लागि हाम्रा लागि कार्यक्रमको पनि अभाव पनि छ ।

कुनै रोगले प्रकोपको रूप धारण गरेको खण्डमा कुन तहको जिम्मेवारी के हो, कस्तो अवस्थामा संघीय सरकारको जिम्मेवारी हुने भन्ने अन्योल छ र कार्यक्रम नै गर्दा पनि अधिकांश रोगनियन्त्रण तथा रोकथामका गतिविधि सबै तल्लो तहमा छन् ।

बजेट सिलिङ जुन आएको हुन्छ, त्यहीभित्र रहेर हामीले कार्यक्रम बनाउनुपर्ने बाध्यता छ । संघीय सरकारको जिम्मेवारीभित्र सरुवारोग नियन्त्रण कार्यक्रम पर्छ । तर, हाल तीन तहको सरकार भएपछि स्पष्ट कानुनको खाका विकास भएको छैन । उदाहरणका लागि कुनै ठाउँमा प्रकोप देखियो भने त्यहाँ को पहिला जाने र घटना भएपछि हामीलाई सूचना आउनुपर्ने कि नपर्ने, गइयो भने पनि सीधै जानुपर्ने हो कि स्थानीय तहको अनुमति लिएर जानुपर्ने हो, यस्ता विषयको निक्र्योल हुन नसक्दा रोगले महामारीको रूप लिने जोखिम रहन्छ । हालसम्म पुरानै संरचनाका कर्मचारी विभिन्न ठाउँमा खटिएका छौँ, स्थितिको संवेदनशीलतालाई बुझेर समन्वय गरिरहेका छौँ, जुन आपसी समझदारीमा गरिहेका छौँ ।

अहिले कुनै रूपमा कानुनी आधार स्पष्ट भइसकेको छैन । कुनै रोगले प्रकोपको रूप धारण गरेको खण्डमा कुन तहको जिम्मेवारी के हो, कस्तो अवस्थामा संघीय सरकारको जिम्मेवारी हुने भन्ने अन्योल छ र कार्यक्रम नै गर्दा पनि अधिकांश रोगनियन्त्रण तथा रोकथामका गतिविधि सबै तल्लो तहमा छन् । तर, ती गतिविधि कुन रूपमा चलिरहेका छन्, तिनको अनुगमनका पाटाहरू, प्राविधिक रूपमा सहयोग गर्ने कामहरू के भइरहेका छन्, यस्ता विषयको अधिकांश जिम्मेवारी तल्लो तहमा छ ।

हामीसँग अर्को चुनौती के रह्यो भने सरुवारोगहरू विशेषगरी महामारीजन्य रोग हेर्नका लागि पहिले जिल्लामा प्रावधिक जनशक्तिको विकास हुने गथ्र्यो । उदाहरणका लागि कीटजन्य रोगका लागि भेक्टर कन्ट्रोल इन्पटर, मलेरिया इन्पटर हुने गर्थे । त्यसैगरी, महामारी हेर्नका लागि र्यापिड रेक्पोसिप फोकल पर्सन भनेर राखिएको हुन्थो, जसलाई १०औँ वर्ष लगाएर नेपाल सरकार र केही विभिन्न संस्थाले तालिम दिएका थिए । तर, हाल आएर ती संरचना नै छिन्नभिन्न भएका छन् ।

यसले १०औँ वर्ष तालिम दिइएका जनशक्तिको फेरि नयाँ विकासका लागि वर्षौं कुर्नुपर्ने हुन्छ । अहिले पुरानो र नयाँ संरचनाबीचको अन्तरालमा कसरी काम गर्ने भन्नेमै अन्योलको अवस्था छ । काम त जसोतसो चलिरहेकौ छ, तर जति व्यवस्थित तरिकाले हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय