डडेल्धुरा अस्पताल प्रहरी घेरामा, गोलघरबाट ओपिडी

असुरक्षित भएको भन्दै सामूहिक विदामा बसेका डडेल्धुरा अस्पतालका चिकित्सकहरुले प्रहरी घेरामा अस्पतालको प्रतिक्षालय (गोलघर)बाट ओपिडी सेवा सुरु गरेका छन् । चिकित्सकहरुले काममा फर्किने वातावरण नबनेपनि उपचारमा अप्ठ्यारो नपरोस् भनेर टिकट विनै अस्पताल परिसरमा रहेको गोलघरबाट ओपिडी सेवा सुरु गरेका हुन् ।

सुत्केरी महिलाको मृत्युको विषयलाई लिएर उत्पन्न तनावपछि उत्पन्न तनाबका कारण अस्पतालमा कार्यरत ११ चिकित्सक सामूहिक विदामा बसेका छन् ।चिकित्सक विदासँगै अस्पतालका २० स्वास्थ्यकर्मी, नर्स र कर्मचारीसमेत सामूहिक विदा लिए पछि अस्पताल अस्पतालको सेवा ठप्प प्रायः भएको थियो ।

अस्पतालमा कार्यरत डा. सुवास लामिछानेका अनुसार सेवारत चिकित्सकलाई प्रहरीले सुरक्षा दिइरहेको छ । आइतबार प्रमुख जिल्ला अधिकारीले नै धम्की दिएको भन्दै सामूहिक विदामा बसेका चिकित्सकसँग विभिन्न सुरक्षा निकाय, स्थानीय सरकारका प्रनिनिधिको उपस्थितिमा लामो छलफल भएको थियो ।

छलफलपछि प्रमुख जिल्ला अधिकारी लचक रुपमा प्रस्तुत भएका थिए । उनीले आवेगमा वा कामको तनाव रुखो रुपमा प्रस्तुत भएको हुनसक्ने भन्दै अन्यथा नलिन अनुरोध गरेपछि चिकित्सकहरु लचक बनेका हुन् । यद्यपि चिकित्सकहरुले घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर छानविन थाल्नुपर्ने माग राखेका छन् ।

छलफलपछि प्रमुख जिल्ला अधिकारी लचक रुपमा प्रस्तुत भएका थिए । उनीले आवेगमा वा कामको तनाव रुखो रुपमा प्रस्तुत भएको हुनसक्ने भन्दै अन्यथा नलिन अनुरोध गरेपछि चिकित्सकहरु लचक बनेका हुन् । यद्यपि चिकित्सकहरुले घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर छानविन थाल्नुपर्ने माग राखेका छन् ।

प्रशासनले भने प्रदर्शनकारीलाई पक्राउ गर्दा झन् अवस्था बिग्रँने भन्दै अस्वीकार गरिरहेको छ । चिकित्सकहरुले परिस्थिति सामान्य नभएसम्म र अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलदंगागरी अराजकता निम्त्याउने समूहलाई चाँडोभन्दा चाँडो कानूनी कारवाहीको दायरामा नल्याएसम्म काममा नफर्किने अडान राखेका छन् ।

३१ जेठमा अमरगढी नगरपालिकाकी २६ वर्षीया गीता ताम्राकारको अप्रेसनका क्रममा निधन भएपछि अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय