अनि रामप्यारीको निधन भयो

उहाँ (रामप्यारी)लाई पित्तथैलीमा पत्थरी भएको रहेछ । पत्थरीको अप्रेसन गर्न आउनुभएको रहेछ । सर्जन डाक्टरसा’बले बिरामीको आफन्तसँग छलफल गरिसकेपछि पत्थरीको अप्रेसन गर्नुपर्ने निर्णय भएअनुसार त्यहीअनुसार कुरा अगाडि बढेको र गत शुक्रबारको दिनमा पत्थरीको अप्रेसन गरियो । तर, यो पत्थरीको अप्रेसन साधारणखालको थिएन ।

महिलाको विगतमा पेटको अप्रेसन, विशेषगरी पाठेघरको अप्रेसन ३ पटक भइसकेको रहेछ । तीनपटक अप्रेसन भइसकेको अवस्थामा फेरि पेटभित्र अप्रेसन गर्न जाँदाखेरी धेरै नै समस्या हुन्छ भन्ने सर्जन डाक्टरसा’बलाई पनि ज्ञात थियो । उहाँले त्यहीअनुसार बिरामीका मान्छेलाई पनि काउन्सिलिङ गर्नुभएको हो । यस्तो अवस्थामा आन्द्राहरू धेरै टाँसिएर वा झेलिएर बसेका हुन्छन् । त्यसकारण अप्रेसन जटिल हुन्छ र अप्रेसन गर्दा समय पनि धेरै लाग्ने र विभिन्न समस्या आउन सक्छ भन्ने कुरा उहाँले पहिला पनि बताउनुभएको हो । त्यसैअनुसार जे भए पनि पित्तको थैलीमा पत्थरी रहेको छ । धेरै रोग पालेर बस्नु पनि भएन । त्यस हिसाबले बिरामी तथा आफन्तले पनि अप्रेसन नै गर्ने भनेर अगाडि बढेर गत शुक्रबारको दिन अप्रेसन भयो ।

आन्द्राहरू पनि राम्रै अवस्थामा रहेका थिए र काहीँ–कतै रगत पनि बगेको थिएन । आन्द्रामा प्वाल पनि परेको थिएन । उहाँ कन्फिडेन्स हिसाबले अप्रेसन सकेर आउनुभयो । अप्रेसन अलि जटिल भयो । पहिला यस विषयमा काउन्सिलिङ पनि गरिएको थियो ।

अप्रेसनका क्रममा जुन पहिलेका चिरिएका घाउहरू थिए, अझ भनौँ खतहरू थिए, जुन किसिमले साधारणतया ल्याप्रोस्कोपिक पोलिसिक्टेक्टोमी भन्छौँ हामी, पिृत्तथैली निकाल्ने प्रक्रिया, त्यसअनुसार जान नमिल्ने कारणले गर्दा सर्जनले अलि अर्कै तरिका अपनाएर यी झेलिएका आन्द्रालाई कहाँबाट छल्न सक्छु भन्ने हिसाबले ल्याप्रोस्कोपिक सर्जरी सुरु गर्नुभयो ।

सुरु गर्दा जुन एस्पेक्ट गरिएको थियो कि, आन्द्रा धेरै झेलिएको अवस्थामा अथवा पित्तको थैली छोपेको अवस्थामा पाइएको र ल्याप्रोस्कोपिक इन्स्ट्रुमेन्ट जुन हो, तिनीहरूलाई पेटभित्र छिराउनका लागि झेलिएका आन्द्रालाई छुट्याउनुभयो । त्यो छुट्टिसकेपछि मात्रै गल ब्लाडर (पित्तथैली) देखिन पुग्यो । हामीलाई भन्दाखेरी धेरै सजिलो हुन्छ र अप्रेसन गर्दा धेरै नै जटिल हुन्छ । उहाँलाई त्यो विश्वास भयो कि आन्द्रा मैले छुट्याएँ, अब गल ब्लाडर पनि देखेको छु र अब अप्रेसन गर्न सम्भव हुन्छ भनेर उहाँ अगाडि बढ्नुभयो ।

अगाडि बढ्दै जाँदाखेरी अरु जटिलता आए, पित्तथैली धेरै नै कलेजोमा टाँसिएको अवस्था थियो । तैपनि उहाँले पित्तथैलीलाई सफलतापूर्वक निकाल्नुभयो । दूरवीनले गर्ने अप्रेसन हाम्रो ठूलो टिलिभिजनको स्क्रिनमा देखिरहेको हुन्छ । त्यस समयमा उहाँले आन्द्रा विभिन्न ठाउँबाट छुट्याउनुभएको छ, जसले गर्दा केही भित्रको इक्युपमेन्टले घाउ बनाएको छ कि, चेकजाँच गर्दाखेरी त्यस्तो केही पनि भेट्नुभएन । आन्द्राहरू पनि राम्रै अवस्थामा रहेका थिए र काहीँ–कतै रगत पनि बगेको थिएन । आन्द्रामा प्वाल पनि परेको थिएन । उहाँ कन्फिडेन्स हिसाबले अप्रेसन सकेर आउनुभयो । अप्रेसन अलि जटिल भयो । पहिला यस विषयमा काउन्सिलिङ पनि गरिएको थियो ।

अप्रेसन गरेको भोलिपल्ट शनिबार बिरामीले ४–५ सय मिलिलिटरजति खाना खानुभयो, पाइपबाट । साँझसम्म पनि बिरामीलाई ठिकै थियो । शनिबार रातिचाहिँ पेट दुख्यो भन्ने गुनासो आयो । बिरामीको अवस्था हेर्दाखेरी अलि नराम्रो देखियो । हुन त यो अप्रेसन गर्नुभन्दा पहिला ठिक छ कि छैन भनेर सम्पूर्ण जाँच पहिल्यै गरिसकिएको हुन्छ । त्यो किसिमको सम्पूर्ण टेस्ट ठिक छन् र बेहोस् पार्ने डाक्टरसा’बले फिट भनेपछि मात्र अप्रसेनमा लिएर जाने हो । त्यो प्रक्रिया पनि सबै पूरा गरिएको थियो ।

आइतबार सबेर बिहानै सर्जन डाक्टरसा’बले फेरि हेर्नुभयो र अवस्था नराम्रो भएपछि बिरामीलाई आइसियूमा राखियो । बिहानको समयमा अनुसन्धान गर्दाखेरी साधारणतया अप्रेसन गर्दा पछि आउने समस्या के–के भनेर हेर्ने गरिन्छ । पहिलो कुरा रगत बग्नु नै हो । अर्को कुरा थाहा नपाईकन भित्र इन्जुरी भएको छ कि भनेर हेर्ने हो । इन्जुरी हो भने आन्द्राबाट फुटेर बाहिर निक्लिनुपर्छ । आशंका गरेर नै उहाँले अल्ट्र«ासाउन्ट गराउनुभयो । अल्ट्रासाउन्टले पनि खासै केही देखाउन सकेन । यत्ति गर्दाखेरी पनि बिरामीको अवस्था राम्रो नभएको संक्रमणको अवस्था धेरै नै देखिएको र सेप्सिसको अवस्था (रगतमा गएर ब्याक्टेरियल इन्फेक्सन हुने अवस्था) रहेको पाइयो । त्यसपछि पनि चित्त नबुझेपछि उहाँले फेरि सिटी स्क्यान गराउनुभयो ।

पहिलो कुरा बिरामीलाई सेभ गर्न सकिन्छ कि भन्ने हिसाबले सर्जरी सिद्धान्तअनुसार दिशा आउने बाटो पेटमा बनाइदिने र बिरामी राम्रो भएपछि फेरि आफ्नो बाटो बनाइदिउँला, छिटो अप्रेसन सक्नुपर्यो भन्ने हिसाबले अप्रेसन गरियो । आइसियूमा बिरामी लिएर आइयो र भेन्टिलेटमा राखियो ।

सिटी स्क्यान गराउँदा पनि केही गडबडी छ भन्ने देखिएन । तर, कम्प्लिकेसन नदेखिए तापनि बिरामीको अवस्था नसुध्रिएको अवस्थाका कारणले उहाँले केही त मिस भइराखेको छ भन्ने हिसाबले जुन टाँका लगाएको ठाँउ छ, यसमा तीन प्वाल पारेर अप्रेसन गरिएको हुन्छ, जहाँ कुनैमा एउटा, कुनैमा दुईवटा टाँका लगाइन्छ, त्यसमध्ये एउटा खोलेर हेर्दा फोहोर चिज आएको देखियो । यो आइतबार दिउँसोतिरको कुरा थियो । बिरामीको आफन्तलाई तुरुन्तै आन्द्रमा केही गडबढी भएको छ वा फुटेको भन्ने हिसाबले खबर गरेर त्यसको ३० मिनेटपछि अप्रेसनमा लिएर जानुभयो ।

अप्रेसन खोलेर हेर्दाखेरी आन्द्रामा सानो प्वाल परेको रहेछ । उहाँको अवस्थालाई नियन्त्रण गर्नका लागि विभिन्न आइसियूका डाक्टरसा’बले विभिन्न औषधि चलाइरहेका थिए, जुनवेलामा आन्द्रा काटेर जोड्ने अवस्थामा बिरामी थिएन । पहिलो कुरा बिरामीलाई सेभ गर्न सकिन्छ कि भन्ने हिसाबले सर्जरी सिद्धान्तअनुसार दिशा आउने बाटो पेटमा बनाइदिने र बिरामी राम्रो भएपछि फेरि आफ्नो बाटो बनाइदिउँला, छिटो अप्रेसन सक्नुपर्यो भन्ने हिसाबले अप्रेसन गरियो । आइसियूमा बिरामी लिएर आइयो र भेन्टिलेटमा राखियो ।

अप्रेसनपछि पनि बिरामीको स्वास्थ्यामा सुधार आएन । संक्रमणहरू देखिँदै गए । मिर्गौलादेखि लिएर अन्य अर्गानहरू पनि फेलरमा गएको र हामीले जतिसुकै एन्टिबायोटिक्सहरू दिए पनि काम नगरेको अवस्था थियो । मिर्गौला विशेषज्ञ डाक्टरहरूले डायलाइसिस गरेर सुधार्ने प्रयास पनि गरिराख्नुभएको थियो । आइसियूमा एवंप्रकारले उपचार चल्दै गइरहेको अवस्थामा आज (बिहीबार) बिहान ७ बजे बिरामीको निधन भयो ।

(पित्तथैली झिक्दा रामप्यारीको मृत्यु घटनाबारे बिहीबार ओम अस्पतालले गरेको ब्रिफिङ मेडिकल डाइरेक्टर केपी देवकोटाकै शब्दमा )

One thought on “अनि रामप्यारीको निधन भयो

  1. सामान्यतया धेरै पल्ट अप्रेसन गरेका ब्यक्तिको दुर्बिन बाट अप्रेसन गरिदैन । कारण आन्द्राहरु अपसमा टासिएको हुन्छ । धेरै अनुभव भएका हरु यस्ता कार्यमा सफल नभएका पनि होईनन ।अर्को कुरो ल्यप्रोस्कोपिक सर्जरी गर्दा कठिनाइ उत्पन्न भए ओपन सर्जरी गर्नु पर्छ र सर्जनहरुले यही गर्दछन ।हामी दुर्बिन बाट अप्रेसन गर्न जादा सर्जन हरुले ओपन गर्नु पर्ने हुन सक्छ भनेर बताउछन ।तर यहाँ यसो नगरि जबर्जस्ती दुर्बिन बाट गरेको देखिन्छ । अर्को गल्ती कम्प्लिकेसन हुना साथ ओपन गर्नु पर्थ्यो गरिएन । सर्जन ॐ अस्पताल का पूर्णकालिन सर्जन नभै काम चलाउ हुन सक्छन । यहाँअ कतै न कतै गल्ती भएको छ । ढाक छोप होईन सुधार गरौ, गल्तिको सजाए या नसिएत दिउ । जय सम्भो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय