डडेल्धुरा अस्पताल : अनुसन्धान गर्ने र राहत भर्ने सहमितपछि साम्य भयो विवाद

डडेल्धुरा अस्पतालमा भएको सुत्केरीको मृत्युको घटनापछि उत्पन्न विवाद स्वास्थ्यमन्त्रालयलबाट खटाएको विशेषज्ञ टोलीले छानविन गर्ने सहमतिपछि साम्य भएको छ । शनिबार विभिन्न सरोकारवाला पक्षको पहलमा जिल्ला प्रशासन कार्यालय र मृतका आफन्तबीच सहमति पछि डडेल्धुरा सदरमुकामा चर्चिएको आन्दोलन मत्थर भएको हो ।

जेठ १६ गते शल्यक्रियाबाट सुत्केरी गराइएकी अमरगढी नगरपालिका–६ छचोडाकी २६ वर्षीया गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो । घटनापछि अस्पयतालको लापरवाहीले मृत्यु भएको भन्दै अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा मृतकका आफन्तले प्रदर्शन गरेका थिए ।

जिल्ला प्रशासन कार्यलयकाअनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिनका लागि विशेषज्ञ टोली पठाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ । यसैगरी मृतक महिलाको शव पोष्टमार्टम जिल्लाबाहिरका चिकित्सकबाट गराउने र मृतकका आफन्तलाई नियमनुसार राहत उपलब्ध गराउने सहमति भएको छ ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार सहमतिका वातावरण बनाउन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमलाई बोधार्थगरी पत्र पठाएपछि रोकिएको हो ।

३१ गते बिहान साढे ८ बजे अस्पताल पुगेकी थिइन् । सोही दिनपनि सुरुमा चिकित्सकहरुले जाँच गरेर पनि पाठेघरमा पुरानो जमेको रगत बगेको हो, ताजा रगत बगेको छैन् भनेका थिए । सोही दिन दिउँसो झन् अवस्था बिग्रिएपछि हेलिकोप्टरबाट काठमाडौं लैजान सल्लाह दिएका थिए । साँझ साढे पाँच बजे गीताको मृत्यु भएको थियो ।

१४ दिनसम्म रक्तश्राब नरोकिएपछि शुक्रबार अस्पताल लगिएको थियो, तर चिकित्सकले ढिला भइससकेको भन्दै काठमाडौं रिफर गरेका थिए । उनलाई डढेल्धुरा अस्पतालमा ८ पिन्ड रगतसमेत दिइएको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि हेलिकप्टरबाट सुविधासम्पन्न ठाउँमा लानसमेत प्रयास गरेको तर संभव हुँदासम्म ज्यान जोगाउँन नसकेको अस्पतालले जनाएको छ ।
घटनापछि चिकित्सकले लापरबाही गर्दा सुत्केरीले मृत्यु भएको भन्दै उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षाको माग गर्दै आफन्त प्रदर्शनमा उत्रिएका थिए ।

बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र चिकित्सकहरुले रेफर गर्न नमान्नु कारण अपरेशनमा नै त्रुटिपूर्ण रहेको आफन्तको आरोप थिए ।

३१ गते बिहान साढे ८ बजे अस्पताल पुगेकी थिइन् । सोही दिनपनि सुरुमा चिकित्सकहरुले जाँच गरेर पनि पाठेघरमा पुरानो जमेको रगत बगेको हो, ताजा रगत बगेको छैन् भनेका थिए । सोही दिन दिउँसो झन् अवस्था बिग्रिएपछि हेलिकोप्टरबाट काठमाडौं लैजान सल्लाह दिएका थिए । साँझ साढे पाँच बजे गीताको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय