यन्त्रले गर्‍यो या मान्छेले, तर ओमको घटनामा महाभूल भएकै हो, जसले रामप्यारीको ज्यान लियो

संसारमा यस्ता धेरै क्षेत्र हुन्छन्, जहाँ मानवीय त्रुटि वा भूलहरू सच्याउन मिल्ने हुन्छन् । जीवनकालमा भूल वा त्रुटि नगरीकनै सिकेर विशेषज्ञ बन्ने मानिस सायदै होलान् । जोकसैले जीवनमा अनगिन्ती भूल गरिरहेका हुन्छन् र त्यसबाट त्यसै प्रकृतिका घटनामा भूल नदोहोर्याउने शिक्षा पनि लिइरहेका हुन्छन् । तर, यस्ता केही संवेदनशील क्षेत्र छन्, जहाँ भूल वा त्रुटि गर्ने छुट कदापि हुँदैन र भइहालेमा सच्याउन मिल्दैन ।

विमान वा सवारीचालकले गर्ने सानो भूलले क्षणभरमै सयौँ जीवन खरानी बन्छन्, जसमा भूलसुधारको रत्तिभर मौका रहँदैन । चिकित्सा क्षेत्र पनि त्यस्तै अतिसंवेदनशील क्षेत्र हो, जहाँ चिकित्सकलाई भूल गर्ने छुट कहिल्यै रहँदैन । चिकित्सकको एक भूल कतिपय अवस्थामा बिरामीको ज्यानै जाने कारण बन्छ, जसलाई कसैले पनि फर्काउन सक्दैन, अर्थात् अधिकतर अवस्थामा भूलसुधारको सुविधा चिकित्सकलाई छँदैछैन ।

बिहीबार सार्वजनिक भएको चाबहिलस्थित ओम अस्पतालको पित्तथैलीको अप्रेसन गरिएकी रामप्यारीको मृत्यु घटनामा यस्तै एउटा महाभूल देखियो, जो अक्षम्य थियो, जसलाई सच्याउन सकिएन र त्यसको मूल्य बिरामीले ज्यानै दिएर चुकाउनुपर्यो । त्यो ज्यान लिने भूल वा त्रुटि अस्पतालको भनाइमा चिकित्सकको नभएर उपचारमा प्रयोग गरिएका उपकरण र प्रविधिको थियो भने पीडितपक्षको दृष्टिमा अप्रेसन गर्ने सर्जन चिकित्सकको ।

विज्ञानको द्रुत गतिको विकाससँगै चिकित्साक्षेत्रमा जटिलतम र विश्वासै मान्न नसकिने उपचारहरू सम्भव भएका छन् । यसक्रममा उपचारमा रोगको निदानदेखि उपचारपद्धतिको कार्यान्वयनसम्म यन्त्रमाथिको निर्भरता चुलिँदो छ । यद्यपि, उपचारमा व्यापक यन्त्रीकरणले मानवीय भूल वा त्रुटिका कारण हुने दुर्घटना न्यूनीकरण गर्न सहयोग मिलेको विश्वास लिइँदै आएको छ ।

उपचारमा प्रयोग गरिने जुनकुनै यन्त्र–उपकरण वा प्रविधि चिकित्सकका सहयोगी साधन मात्र हुन्, जसको कुशल प्रयोग, निरीक्षण र नियमनको जिम्मा प्रयोगकर्ता चिकित्सकमा रहन्छ । खासमा यन्त्र आफैँ नभई चिकित्सकबाट सञ्चालित भएर नै उपचारमा सहभागी हुने हुन्, जसको जिम्मा प्रयोगकर्ता स्वयम्ले नै लिनुपर्ने हुन्छ ।

तथापि, यन्त्र यन्त्र नै हो, यन्त्रमा जुनसुकैबखत गडबडी आउन सक्छ । यन्त्रले सेट गरिएका कुरामा इमानदारी देखाए पनि त्यसदेखिबेगर कमन सेन्स वा अवस्थाअनुसारको विवेकको अपेक्षा यन्त्रबाट गर्न सम्भव छैन । तसर्थ, अतिसंवेदनशील मानव स्वास्थ्यको अतिसंवेदनशील पक्षको उपचारको जिम्मा निरपेक्ष रूपमा यन्त्रलाई दिन मिल्दैन र दिइँदैन पनि ।

उपचारमा प्रयोग गरिने जुनकुनै यन्त्र–उपकरण वा प्रविधि चिकित्सकका सहयोगी साधन मात्र हुन्, जसको कुशल प्रयोग, निरीक्षण र नियमनको जिम्मा प्रयोगकर्ता चिकित्सकमा रहन्छ । खासमा यन्त्र आफैँ नभई चिकित्सकबाट सञ्चालित भएर नै उपचारमा सहभागी हुने हुन्, जसको जिम्मा प्रयोगकर्ता स्वयम्ले नै लिनुपर्ने हुन्छ । तसर्थ, उपचारमा हुने कुनै पनि खाले गडबडीको दोष आफूले प्रयोग गरेको यन्त्रलाई दिने छुट वा सुविधा चिकित्सकलाई छैन ।

चिकित्साजगत्का यसअघिका अनुभव र अभ्यासका आधारमा सामान्यतया खासै जटिल नमानिने पित्तथैली झिक्ने अप्रेसनका क्रममा गम्भीर त्रुटि भएको स्वीकारोक्ति ओम अस्पताल स्वयम्ले नै गरेको घटनाको ब्रिफिङमै अन्तर्निहित छ । अझ पीडित पक्षको भनाइअनुसार सर्जनले अप्रेसन सकेलगत्तै बिरामीका आफन्तलाई दिएको अभिव्यक्तिले त सर्जनको लापरबाही नै पो हो कि भनेर सोच्न बाध्य बताउँछ । अप्रेसन सकेलगत्तै सर्जनले आफन्तहरूलाई बोलाएर ‘अप्रेसन त भयो, अलिकति मासु च्यातिएको छ, ठिक हुन्छ होला’ भनेर ब्रिफिङ गरेको आफन्तको भनाइ छ । तर, अस्पतालको घटनाबारेको ब्रिफिङमा त्यसको ठिक विपरीत आन्द्रा काटिएको बारे सर्जनले अप्रेसनकै बखत र अप्रेसनपछिका सबैखाले परीक्षणबाट पनि थाहा नपाएको बताइएको छ ।

पहिलो कुरा त रामप्यारीको मृत्युको कारणबारे जान्नु जरुरी छ । अस्पतालकै अनुसार रामप्यारीको मृत्यु शरीरका सबैजसो अंगमा संक्रमण फैलिएर भएको छ र त्यो संक्रमणको कारण सर्जनले पित्तथैली निकाल्नेक्रममा अन्द्रा काटिएका कारण त्यसबाट निस्किएको मल वा फोहोर बनेको छ ।

भनाइमा सेवाभावलाई पनि जोडिए पनि मूलतः व्यापारिक प्रयोजनकै लागि खोलिएका निजी अस्पतालले आफ्नो व्यवसायमा आँच आउन नदिन आफ्नो छवि र ब्रान्डलाई जोगाइराख्नु आवश्यक हुन्छ । त्यसका निम्ति उनीहरूले आफ्नो आस्पतालमा हुने मानवीय त्रुटि र चिकित्सकबाट भएका गलत निर्णलाई चिकित्साविज्ञानसम्मत हुने गरी घटनालाई आफूअनुकूल केही बंग्याएर प्रस्तुत गर्नु हाम्रो सन्दर्भमा आम कुरा नै हो, यद्यपि, यसो गर्नु किमार्थ जायज भने होइन र ओमले त्यसो गर्यो नै होला भन्न खोजिएको पनि होइन । जेहोस्, घटनाबारेको छानबिन भई रिपोर्ट बाहिर नआइसकेको अवस्थामा मौखिक भनाइका आधारमा वा अड्कलबाजीका आधारमा भन्दा पनि अस्पतालले आधिकारिक रूपमा घटनाबारे दिएको जानकारीकै आधारमा घटनाको विश्लेषण गर्नु प्रामाणिक र वाञ्छनीय पनि हुन आउँछ ।

पहिलो कुरा त रामप्यारीको मृत्युको कारणबारे जान्नु जरुरी छ । अस्पतालकै अनुसार रामप्यारीको मृत्यु शरीरका सबैजसो अंगमा संक्रमण फैलिएर भएको छ र त्यो संक्रमणको कारण सर्जनले पित्तथैली निकाल्नेक्रममा अन्द्रा काटिएका कारण त्यसबाट निस्किएको मल वा फोहोर बनेको छ । संवेदनशील काममा त्रुटि हुन सक्छ, भयो, काट्नुपर्ने पित्तथैली मात्र थियो तर सानो आन्द्रा पनि काटियो । तर, यदि सर्जनले त्यो त्रुटिलाई पहिल्याएर वेलैमा काटिएको आन्द्रालाई छुट्याएर फेरि जोडिदिएर मात्र घाउमा टाँका लगाएको भए दुईवटै अप्रेसन एकैपटक सफल हुने अस्पतालकै ब्रिफिङबाट बुझ्न सकिन्छ ।

अस्पतालका अनुसार चिकित्सकले अनेक प्रयास गर्दा पनि आन्द्रा कटिएको त्रुटि मेनिसमा देख्न सकेनन्, तर पीडितको भनाइमा सर्जनले यसको जानकारी शल्यक्रिया सकेलगत्तै आफन्तलाई दिएका छन् । अस्पतालकै भनाइ मान्ने हो भने पनि सर्जनबाट भूल वा कमीकमजोरी भएकै हो, किनकि, अप्रेसनका क्रममा नकाट्नुपर्ने आन्द्रा कटिएपछि त्यो त्रुटिलाई औँल्याउन नसक्नु पनि सर्जनको कमजोरी नै हो । यदि दोस्रो अवस्था अर्थात् त्रुटि संज्ञानमा भएर पनि आन्द्रालाई बन्द नगरी टाँका लगाइएको हो भने त झन् त्यो लापरबाहीको हद हो, जुन अक्षम्य र अनिवार्य दण्डनीय छ ।

रामप्यारीको निधन पित्तथैली फाल्ने शल्यक्रियामा बेहोसीबाट होसमा नआएर भएको होइन, अप्रेसनपछि उनको होस फर्किएको छ । उनको मृत्यु विशुद्ध स्वस्थ अवस्थामा रहेको आन्द्रलाई सर्जनले भूलवश वा यन्त्रमा नदेखेर काटिदिँदा र काटिएपछि नजोडिदिँदा भएको हो । शल्यक्रियालगत्तै गरिने यान्त्रिक चेकजाँचका क्रममा मात्र पनि सर्जनले त्रुटि पहिल्याउन सकेको भए संक्रमण फैलिन नपाउँदै काटिएको आन्द्राको शल्यक्रियाद्वारा रामप्यारीको उपचारको सम्भावना ब्रिफिङमा स्पष्ट देखिन्छ ।

अस्पतालले मजबुरीको मुद्रमा गरेको घटनाको ब्रिफिङमा यस्ता धेरै तथ्य लुकेका छन्, जसले रामप्यारीको उपचारमा महाभूल भएको सहजै पुष्टि गर्छन् । घटनाक्रमको ब्रिफिङ त्यति धेरै क्लिष्ट पनि छैन, जुन पढेर साधारण पाठकले पनि त्यसभित्रको आन्तर्य र प्रस्तोताको मजबुरीलाई सहजै ठम्याउन नसकोस् ।

अस्पतालका अनुसार रामप्यारीको हकमा सुरुमा जुन अल्ट्रासाउन्डलगायत प्रविधिले पित्तको पत्थरी देखाए, यहाँनिर, यसरी, यो अवस्थामा रोग छ भन्ने प्रमाणित गरे, पछि तिनै प्रविधि काटिएको आन्द्रा वा त्यहाँको घाउ, रगत कुनै पनि चिज देखाउन असमर्थ रहे, जुन अपूर्व छ । त्यसरी नै पहिले पहिले सर्जनको हातले गरिने पित्तथैलीको शल्यक्रियाभन्दा कैयौँ गुना भरपर्दो र विश्वासिलो मानिएको ल्याप्रोस्कोपिक यन्त्रले कप्लिकेट भएर जेलिएका आन्द्राहरू देखायो, त्यसलाई पार गरेर रोग रहेको पित्तथैली पनि देखायो, पित्तथैली कलेजोसँग जोडिएको पनि देखायो, त्यसैबाट हेरेको भरमा सर्जनले कलेजोलाई हानि नपुग्ने गरी पित्तथैलीलाई शरीरबाट छुट्याए पनि, तर भूलवश काटिएको आन्द्रालाई भने सर्जनले ठूलै प्रयासमा खोज्दा पनि देखेन, जुन अद्भुत संयोगमा मात्र सम्भव देखिन्छ ।

तसर्थ, रामप्यारीको उपचारमा यन्त्रले गर्यो या मानिसको पेटभित्र यन्त्र चालाउने लाइसेन्सप्राप्त विशेषज्ञ सर्जनले गरे, तर भूल भनौँ या त्रुटि अवश्य भएको हो, जसको मूल्य रामप्यारीले ज्यानै दिएर चुकाउनुपर्यो । यस्ता घटनामा छानबिनबाट सत्य–तथ्य बाहिर आउने र पीडितले भौतिक रूपमा नसके पनि आत्मिक रूपमा न्याय पाउने कुराको आशा हाम्रो विद्यमान कानुन र त्यसको कार्यान्वयनको परिपाटी र प्रचलित अभ्यासका आधारमा गर्न सकिँदैन । तथापि, यस्ता घटना आगामी दिनमा नदोहोरियून्, एउटा क्षतिले सबैलाई पाठ सिकाओस् भन्ने कामना भने अवश्य गर्न सकिन्छ ।

अस्पतालले घटनालाई यसरी प्रस्तुत गर्ने असफल प्रयास गरिरहेको स्पष्ट देख्न सकिन्छ कि, रामप्यारी पित्तथैलीको पत्थरीको उपचार गराउन आइरहँदा अत्यन्तै नाजुक स्वास्थ्य लिएर आएकी थिइन्, मानौँ, उनका शरीरका महत्वपूर्ण अंगहरुले काम गरिरहेका थिएनन्, मानौँ, उनको हकमा पित्तथैली निकाल्ने काम कलेजो वा मिर्गौला प्रत्यारोपणभन्दा कम जोखिमपूर्ण थिएन । यसो भनिरहँदा कुनै पनि रोग उपचारका क्रममा जटिल बन्न सक्ने कुरालाई नजरन्दाज गर्न भने पटक्कै खोजिएको होइन । तर, यदि रामप्यारीको पित्तथैली निकाल्ने काम निकै पहिले सफलतापूर्वक अप्रेसन गरिएका केही उदाहरण दिँदै अतिरञ्जित रुपमा जोखिमपूर्ण देखाउन खाजिएजस्तै थियो भने के अस्पतालले अप्रेसनपूर्व जोखिमअनुसारको महत्त्व दिएर त्यसअनुरुपको तयारी गरेको थियो त ? यो अस्पतालको ब्रिफिङबाट पुष्टि हुन सक्दैन । यदि थिएन भने जोखिमको पूर्वज्ञान हुँदाहुँदै पनि कमसल तयारीमा अप्रेसन थाल्नु झन् ठूलो अपराध हुन जान्छ ।

अस्पतालले मजबुरीको मुद्रमा गरेको घटनाको ब्रिफिङमा यस्ता धेरै तथ्य छरपस्ट छन्, जसले रामप्यारीको उपचारमा महाभूल भएको सहजै पुष्टि गर्छन् । घटनाक्रमको ब्रिफिङ त्यति धेरै क्लिष्ट पनि छैन, जुन पढेर साधारण पाठकले पनि त्यसभित्रको आन्तर्य र प्रस्तोताको मजबुरीलाई सहजै ठम्याउन नसकोस् ।

3 thoughts on “यन्त्रले गर्‍यो या मान्छेले, तर ओमको घटनामा महाभूल भएकै हो, जसले रामप्यारीको ज्यान लियो

  1. Perhaps what you told is right, but why don’t you also write about the way public behaved in that hospital after the incident. Why don’t they take the legal and formal way of action?

  2. Surgeon is a god … complications do occur and most of the diagnosis are provisional 2+2 =4 jasto mathematical accurate hunna .. afno gyan ra sip lagayera rog ko anuman bibek and buddhi purayera garine ho… diagnostic tools le hamro anuman sahi ho vanne ma alik support matra dine ho… limitations huncha all diagnosis and treatment … pidit lai sankha lage legal process ma janu paryo … first go to Nepal medical council and register your complain or even you can register your complain in nearby police station … Baki justice laws and sambandhit nikay le dinna….. janata lai bhram ra tras matra charnu vayena kinaki ko koi birami huda doctors and nurses needed huncha respect them…. kosailai marera doctor or nurse lai direct/ indirect Faida ta ma dekhdina .. team work huncha medical treatment and sabko afno part ko jimmabari huncha tyo ni bujam … surgeon doctor is one af the part of medical treatment but other part is radiologist , lab , nursing, pathology , anesthesia, ward attendants , hospital equipment and management. I will always respect the work of doctor or nurses unless faulty is proved not by comment or imagination…. sorry doctors for we short tempered Nepalese public jo hasi hasi ghus Dina jancha , Chor lai vote dera neta banaucha but hardworking doctor ko manobal ma prahar garchan

  3. Reporter ley faisala nai sunaidinu bhayecha. Aba adalat lai sajaaya yesto po hunuparcha bhanera sikauney ki? उफ … नेपाली विद्वान पत्रकारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय