९५% अस्पतालले प्रक्रिया नपु-याई चढाउँछन् रगत, दिनेदेखि लिनेसम्मका प्रचलित प्रक्रिया नै त्रुटिपूर्ण

मुटुको शल्यक्रियाका क्रममा अस्पतालको लापरबाहीका कारण गलत रगत चढाइएपछि गत महिना सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ५ वर्षीया बालिकाको मृत्यु भएको घटनामा पीडित पक्ष र अस्पतालबीचको विवाद कायमै छ । पीडितले २३ वैशाखमा उपचारका क्रममा मृत्यु भएकी बालिकाको लास अझै पनि बुझ्न मानेका छैनन् भने अस्पतालले अहिलेसम्म पनि घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याएको अवस्था छैन । दोषीमाथि कारबाहीको माग गरिरहेको पीडित पक्षले अस्पताल र सरकारबाट कुनै सहयोग नपाएपछि न्यायका लागि न्यायालयकै शरणमा पुग्नुपर्ने अवस्था आएको छ, जुन प्रक्रियाले नेपालका सन्दर्भमा निकै लामो समय लिने गरेको छ ।

सुरक्षित रगत संकलन, भण्डारण, परीक्षण र रगतको क्रसम्याचसम्मको प्रक्रियालाई ‘हेमोभिलिजेन्स’ भन्ने गरिन्छ । तर, अधिकांश ठूला अस्पतालले हेमोभिजिलेन्स गरेको पाइएको छैन ।

मुटुमा समस्या देखिएका कारण शल्यक्रियाका लागि १३ वैशाखमा अस्पताल भर्ना गरिएकी सर्लाहीकी अबोध बालिका आकृति साहको १७ वैशाखमा शल्यक्रिया गरिएको थियो । बालिकाको रक्त समूह ‘ओ पोजेटिभ’ भएकोमा अस्पतालले उनलाई ‘ए पोजेटिभ’ समूहको रगत चढाएका कारण शल्यक्रियापश्चात् उनको होस नआएको बताइएको छ । शल्यक्रियापश्चात् बालिकाको स्वास्थ्यमा अस्वाभाविक समस्या देखिएपछि उपचारमा संलग्न चिकित्सहरूले बारम्बार झुट बोलेको तथा घटना लुकाउनका लागि रिपोर्टमा केरमेटसमेत गरिएको आरोप पीडित पक्षको छ । उपचारमा संलग्न स्वास्थकर्मीको चरम लापरबाहीका कारण नै बालिकाको मृत्यु भएको भएको भन्दै मृतकका परिवार तथा आफन्त न्यायको अलग जगाइरहेका छन् ।

अस्पताल प्रशासनले पनि मृतक बालिकालाई रगत समूहको रगत चढाइएको कुरा स्विकारिसकेको छ । ल्याबबाट आएको रिपोर्टका आधारमा नै बच्चालाई रगत चढाइएको अस्पताल बताउँछ । ल्याबको रिपोर्टमा ‘कम्प्याटिबल’ भनेर लेखिएका कारण रगत चढाएकाले यसमा शल्यक्रियामा संलग्न चिकित्सकको कुनै कमजोरी नभएको दाबी अस्पतालको छ । यद्यपि, गलत समूहको रगत चढाइएका कारण बिरामीको मृत्यु भएको हो वा होइन भन्ने विषयमा मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ ।

गलत समूहको रगत चढाइएका कारण बिरामीको मृत्यु भएको घटना कमै मात्र बाहिर आउने गरे पनि यस्ता हजारौँ घटना हुने गरेको रक्तसञ्चार विशेषज्ञहरूको भनाइ छ । नेपालमा ब्लड दिनेदेखि लिनेसम्मको प्रक्रिया कस्तो छ, ल्याबमा रगतको चेक कसरी गर्ने गरिएको छ, कसरी बिरमीको शरीरमा गलत समूहको रगत चढ्छ त ? यी विषयमा हामीले रक्तविशेषज्ञ डा. विपिन नेपालसँग जान्ने प्रयास गरेका छौँ ।

अधिकांश अस्पतालले गर्दैनन् रक्तसुपरिवेक्षण ?
सुरक्षित रगत संकलन, भण्डारण, परीक्षण र रगतको क्रसम्याचसम्मको प्रक्रियालाई ‘हेमोभिलिजेन्स’ भन्ने गरिन्छ । तर, अधिकांश ठूला अस्पतालले हेमोभिजिलेन्स गरेको पाइएको छैन ।

सबै अस्पतालमा ब्लडबैंक हुनुपर्ने रक्तसञ्चार निर्देशिकामा उल्लेख छ । जनशक्ति अभावले गुणस्तर कायम गर्न नसकेका कारण धेरै अस्पतालले हेमोभिजिलेन्स नगरेको रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपाल बताउँछन् ।

अस्पतालले रगत संकलनदेखि लिएर ट्रान्सप्लाल्ट गर्दा रियाक्सन आउने वेलासम्मका सबै चरणमा रक्तसुपरिवेक्षण गर्नुपर्ने हुन्छ । ‘रगतको गुणस्तर कायम राख्ने दायित्व डाक्टर, अस्पताल तथा ब्लडबैंकको हुन्छ, तर पनि गुणस्तर कायम राख्न सकिएको छैन,’ डा. विपिन भन्छन्, ‘ब्लडबैंकबाट रगत लिने र दिने कार्य भएको छ, रगत लिँदा र दिँदा साइडइफेक्ट के–के आउने गर्छन् भन्ने कुराको ज्ञान आमजनमानसमा छैन । यसले गर्दा गुणस्तरहीन रगतको प्रयोग भइरहेको छ ।’

गलत रगत चढाउने काम, उदाहरणका लागि ओ पोजेटिभ रक्तसमूको बिरामीलाई ए पोजेटिभ समूहको रगत चढाइनु, लाखौँमा एकजनालाई हुन सक्छ । डा. विपिन भन्छन्, ‘यसरी चढाइएको गलत समूहको रगतले २, ३ घण्टाभित्र शरीरमा हेमोलाइज हुने गर्छ । बिरामीको शरीरमा भएको रगत र हालेको रगत मिल्दैन ।’

मुख्यतया रक्तपरीक्षणमै त्रुटि
रगत क्रसम्याचका लागि मेसिनबाट गर्दा १ घण्टा समय लाग्ने गर्छ । डा. विपिनका अनुसार ब्लडको समूह परीक्षण २ प्रकारबाट गर्नुपर्छ । रगतमा सेल्स (जीवित वस्तु) र सेडम (पानीको पाटो) रहेका हुन्छन् । रगतका यी दुवै वस्तुमा ग्रुपिङ आवश्यक हुन्छ । नेपालमा जीवित वस्तु (आरबिसी)बाट मात्र रक्तरमूह परीक्षण गर्ने प्रचलन छ । यसलाई ब्यालेन्स गर्नेका लागि क्रसचेक गरिँदैन । ‘नेपालमा ९५ प्रतिशत अस्पतालले रगतको फर्वार्ड र रिवार्डबाट क्रसचेक गर्दैनन्,’ डा. विपिन भन्छन्, ‘मुख्यतया त्रुटि नै यहीँनेर भइरहेको छ ।’

रगत दिँदादेखि लिँदासम्म अपनाउनुपर्ने प्रक्रिया
कुनै व्यक्ति पूर्ण रूपमा स्वास्थ्य छ भने ऊबाट रगत लिने काम गरिन्छ । कुनै रोग, ब्लड प्रेसर, सुगर भएको मानिसको रगत लिने गरिँदैन । दाताबाट लिइएको रगतलाई १ डिग्री १० सेन्टिग्रेड तापक्रममा कोल्डचेज बक्सभित्र राखेर ल्याबसम्म ल्याउनुपर्छ ।

ल्याबमा ल्याएर रगतलाई एकातिर कम्पोडेन बनाउने काम गरिन्छ । जस्तै, होल्ड ब्लडमा प्यासियल, प्यालेयर, प्लाज्मा छुट्याउने काम गरिन्छ । अर्कोतिर, सानो ट्युबमा लिएको रगत परीक्षण गरिन्छ । डा. विपिन भन्छन्, ‘रगतमा हेपाटाइटिस बी, सी, एचआइभी, कुनै यौनरोगहरू, सरुवारोग छन् कि छैनन् भनेर हेर्ने गरिन्छ । रिपोर्टमा पोजेटिभ देखियो भने कम्पोडेन रगत फाल्ने काम गरिन्छ ।’

उनका अनुसार रिपोर्टमा सबै कुरा ठिक छ भने पूरै प्याकिङ गरेर अलग–अलग कम्पोडेनलाई अलग–अलग ठाउँमा राखिन्छ । रातो रगतलाई १ देखि ६ डिग्री सेन्टिगे्रड तापक्रमभित्र राख्नुपर्छ । प्लाज्मालाई चिसो पारेर माइनस २० डिग्रीमा राख्नुपर्छ । प्लेटलेसलाई २० देखि २४ डिग्री सेन्टिग्रेट कोठाको तापक्रममा राख्नुपर्ने हुन्छ ।

बिरामीलाई रगतको आवश्यकता परेको खण्डमा डाक्टरले सिफारिस गरेको रिर्पोटका आधारमा ट्रेस गर्ने काम गरिन्छ । उदाहरणका लागि ए पोजेटिभ चाहिएको भए बिरामीको रगतसँग डोनरको रगत क्रसम्याच गरिने डा. विपिन बताउँछन् । क्रसम्याचमा कम्पाडिबेल आएको खण्डमा रगत दिन सकिन्छ । रगत चढाइसकेपछि बिरामीलाई रगतका कारण बिरामीमा रियाक्सन भएको छ कि छैन भनेर चेक गुर्नपर्छ । रातो रगत ४ घण्टाभित्र चढ्ने गर्छ भने कुनै रगत ३० मिनेटमा बिरामीको शरीरमा चढिसक्छ ।

गलत रगत चढाइएका अधिकांश मानिसको मृत्यु मिर्गौला फेलबाट
गलत रगत चढाउने काम, उदाहरणका लागि ओ पोजेटिभ रक्तसमूको बिरामीलाई ए पोजेटिभ समूहको रगत चढाइनु, लाखौँमा एकजनालाई हुन सक्छ । डा. विपिन भन्छन्, ‘यसरी चढाइएको गलत समूहको रगतले २, ३ घण्टाभित्र शरीरमा हेमोलाइज हुने गर्छ । बिरामीको शरीरमा भएको रगत र हालेको रगत मिल्दैन ।’

हाम्रो शरीरमा इमियुन स्टम रहेको हुन्छ, रातो रगतलाई सेतो रगतले आक्रमण गर्छ । रातो रगत र सेतो रगतबीच जोडिने काम हुन्छ र रगतको नलीभित्रबाट रगत पास हुन गाह्रो हुन्छ । पास भइहालेको अवस्थामा रगत छान्नेक्रममा मिर्गौला फेल हुन्छ र तत्कालै बिरामीको मुत्यु हुन्छ ।
रातो रगत र सेतो रगत मिलेपछि जोर्नी दुख्ने, ज्वरो आउने, शरीरबाट विभिन्न केमिकल निस्कने, पिसाबबाट रातो रगत जानेजस्ता समस्या देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय