एकीकृत स्वास्थ्यशिक्षासम्बन्धी विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृति, शिक्षाले काम अघि बढाउने

हेल्थपोस्ट
प्रकाशित
२०७६ जेठ ३० गते १८:५३

सरकारले एकीकृत स्वास्थ्यशिक्षासम्बन्धी विधेयक तर्जुमा गर्ने भएको छ । एक साताअघि २३ जेठमा बसेको मन्त्रिपरिषद्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ‘एकीकृत स्वास्थ्यशिक्षासम्बन्धी विधेयक २०७५’ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएसँगै विधेयकको मस्यौदा निर्माण गर्न मन्त्रालयलाई बाटो खुलेको हो ।

बिहीबार गत बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक तर्जुमाका लागि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रीपरिषद्ले १४ वटा विभिन्न निर्णय गरेको छ, जसको १३औँ नम्बरमा ‘एकीकृत स्वास्थ्यशिक्षासम्बन्धी विधेयक २०७५ तर्जुमा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको’ मन्त्री बास्कोटाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

चिकिस्साशिक्षालाई व्यवस्थित गर्न लामो प्रतीक्षा तथा सत्याग्रहलागायत चौतर्फी प्रयासपछि ल्याइएको चिकित्साशिक्षा ऐनले सीमित क्षेत्रलाई मात्र समेटेकाले स्वास्थ्यका अन्य प्राविधिकलगायत साधारण धारका विषयको पठन–पाठन तथा जनशक्ति निर्माणका लागि एकीकृत चिकित्साशिक्षा विधेयकको आवश्यकता महसुस गरिएको छ ।

यसको चर्चा र तयारी केही समयअघिदेखि नै भए पनि औपचारिक रूपमा विधेयक तर्जुमाका लागि मन्त्रिपरिषद्को पछिल्लो निर्णयले बाटो खोलिदिएको छ । यससँगै विधेयक तर्जुमाको काम तीव्र गतिमा अघि बढ्ने र यथासम्भव छिटो संसद्मा प्रस्तुत गरिने मन्त्रालयस्रोतको भनाइ छ ।

One thought on “एकीकृत स्वास्थ्यशिक्षासम्बन्धी विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृति, शिक्षाले काम अघि बढाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय