तिलोत्तमाका सडकमा डस्टबिन, देशभर अनुकरण हुने मन्त्रीको विश्वास

शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने तिलोत्तमा नगरपालिकाको योगीकुटीदेखि ड्राइभरटोलसम्मको ६ लेन सडकका दुवै किनारमा डस्टबिन राखेको छ । संस्थाले सडकका दुवै किनारमा रहेका विद्युत् पोललाई आधार बनाएर करिब डेढ सय डस्टबिन राखेको हो । त्यसैगरी, शंकरनगरचोकदेखि शंकरनगर वनविहार तथा अनुसन्धानकेन्द्रसम्मको सडकमा पनि डस्टबिन राख्ने संस्थाले जनाएको छ ।

योगीकुटीमा विद्युत् पोलमा डस्टबिन राखेर कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले शंकरनगरबाट सुरु भएको खुला दिशामुक्त अभियानले राष्ट्रिय रूप लिएकाले यो अभियानले पनि सार्वजनिक क्षेत्रको सरसफाइमा व्यापकता पाउने विश्वास व्यक्त गरे ।

उनले फोहोर विसर्जन र सरसफाइ अभियान प्रत्येक नागरिकले आफ्नै घरबाट सुरु गर्नुपर्ने र सार्वजनिक क्षेत्रलाई वातावरणमैत्री र सुन्दर, सफा बनाउनुपर्ने बताए । मन्त्री गिरीले सडकमा फोहोर हुन नदिन तथा सफा–सुग्घर बनाउन सके र सही रूपमा ट्राफिक व्यवस्थापन गर्न सके तिलोत्तमा विकसित मुलकका सहर भन्दा कम नहुने बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका–२ का अध्यक्ष दधिराम गौतमले शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी र सरसफाइका क्षेत्रमा गरेको कार्यले वडाको काममा निकै सहयोग पुगेको बताए ।

उनले तिलोत्तमाको मात्र नभई समग्र रूपन्देही जिल्लाको फोहोर व्यवस्थापनका लागि ऊर्जा, मल कारखाना स्थापनाको सम्भाव्यताबारे प्रदेश सरकारले विस्तृत अध्ययन गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका–२ का अध्यक्ष दधिराम गौतमले शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी र सरसफाइका क्षेत्रमा गरेको कार्यले वडाको काममा निकै सहयोग पुगेको बताए । तिलोत्तमामा शाखा कार्यालय रहेका साइन रेसुंगा डिभलप्मेन्ट बैंक, मिसन डिभलप्मेन्ट बैंक, नेपाल कम्युनिटी डिभलप्मेन्ट बैंक र गरिमा विकास बैंकले सौजन्यका रूपमा डस्टबिन उपलब्ध गराएका हुन् ।

संस्थाका अध्यक्ष हरिप्रसाद तिवारीले संस्थाको कार्यक्षेत्रलाई पूर्ण सरसफाइयुक्त बनाउन र ६ लेन तथा अन्य सडकको सौन्दर्य बढाउन संस्थाले डस्टबिन राख्न सुरु गरेको बताए । उनले आवश्यकता परे कार्यक्षेत्रका अन्य सडकमा पनि डस्टबिन राखिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय