आठ दिनदेखि वेपत्ता एमबिबिएस विद्यार्थी कीर्तिपुर जंगलमा मृत भेटिए

हेल्थपोस्ट
प्रकाशित
२०७६ जेठ २५ गते २०:१०

आठदिनदेखि वेपत्ता भनिएका काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो बर्षमा अध्ययनरत शिशिर खनालको शब कीर्तिपुर जंगलमा भेटिएको छ । अर्घाखाँची स्थायी घर भएका कोटेश्वार बस्ने खनालको शब प्रहरीले शनिबार अपरान्ह पुस्पतलाल पार्क नजिकै भेटेको हो ।

जेठ १७ गतेदेखि हराएको खनालको मोटरसाइकल कीर्तिपुरमै भेटिएपछि प्रहरी सोही क्षेत्रमा खोजी बढाएको थियो । शब नजिकै विषादीको बोतल र केही औषधि भेटिएको प्रहरीले जनाएको छ । प्ररम्भिक रुपमा उनको आत्महत्या गरेको आशंका प्रहरीको छ । प्रहरीले शब पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।

केही वर्षअघि सडक दुर्घटनामा बाबुआमासहित परिवारका सदस्य गुमाएका खनालको मृत्युको घटनाबारे पोस्टमार्टम र अनुसन्धानपछि मात्रै थप भन्न सकिने प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय