एउटै नगरपालिकामा भेटिए १०४ नयाँ सिकलसेल बिरामी

बर्दियाको बारबार्दिया नगरपालिकामा १०४ जनामा सिकलसेल प्रमाणित भएको छ । एक पुस्ताबाट अर्कोपुस्तामा रोग सर्ने प्रक्रिया घटाउने लक्ष्यसात नगरक्षेत्रका २० हजारभन्दा बढी रगतको परीक्षण गर्दा १०४ जनामा सिकलसेल पुष्टि भएको हो ।

नगरपालिसँगको समन्वयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १० हजार ६ सय ७० घरधुरीका १ देखि २९ वर्ष उमेर समूहका २० हजार ११ जनाको रक्तसंकलन गरी परीक्षण गरेको थियो । उक्त तथ्यांकका आधारमा १ हजार ६ सय ९८ जना सिकलसेल रोगका वाहक र १ सय ४ जना सिकलसेलरोगी रहेको पाइएको हो ।

थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखापरेको सिकलसेल एनिमिया रोग पहिचान तथा नियन्त्रणका लागि बारबर्दिया नगरपालिकाले तदारुकता देखाएको छ । बर्दियाको बारबर्दिया नगरपालिकाले सिकलसेल एनिमियाको रोकथामका लागि अभियानको घोषणा गरेको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवकै उपस्थितिमा नगरपालिकाले गत साता यस्तो अभियान घोषणा गरेको हो ।

बारबर्दिया नगरपालिकाले समुदायमा सिकलसेल एनिमियाबारे जनचेतना फैलाउन कक्षा ९ र १० को समाजिक विषयको पाठ्यक्रममा समावेश गरेर पढाउनुका साथै विभिन्नखालका गतिविधि सञ्चालन गर्दै आएको छ ।

परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाका अनुसार रोग वाहकको पहिचानपछि उनीहरुलाई काउन्सिलिङ गरेर नयाँ पुस्तामा रोग सार्ने प्रक्रियालाई रोक्न सकिन्छ । झाले २९ वर्ष सम्मका उमेर समूहलाई परीक्षणका लागि छान्नुपनि विवाहपूर्व परामर्श गरेर दम्पती नै सिकालसेल भएकाहरुको विवाहलाई रोक्न सकेमा भावी पुस्तालाई सिकलसेल संक्रमणबाट जोगाउन सकिन्छ ।

पश्चिम तराईका विशेषगरी थारू समुदायमा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखापरेको सिकलसेल एनिमिया रोग पहिचान, नियन्त्रण र रोकथाम अभियानको घोषणा कार्यक्रममा मन्त्री यादवले पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोग भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गरे । ‘पश्चिम नेपालको तराईमा बसोवास गर्दै आएका थारू समुदायमा मात्र सिकलसेल र थाल्सेमियाको समस्या देखिएको छ,’ मन्त्री यादवले भने, ‘उक्त समस्या समाधानका लागि सरकारले सबै जिल्लामा ल्याब स्थापना गरी प्रत्येक व्यक्तिको रगत परीक्षणको व्यवस्था मिलाउने गरी बजेट विनियोजन गर्नेछ ।’ भर्खरै सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्को संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा पश्चिम तराईमा रहेको सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका लागि विशेष कार्यक्रम चलउन आवश्यक बजेट विनियोजन गरेको उल्लेख थियो ।

सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्को संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा पश्चिम तराईमा रहेको सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका लागि विशेष कार्यक्रम चलउन आवश्यक बजेट विनियोजन गरेको उल्लेख थियो ।

बारबर्दिया नगरपालिकाका अध्यक्ष दुर्गाबहादुर थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिकलसेल एनिमिया रोगबारे अध्ययन गर्ने भेरी अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. राजन पाण्डे, नेपालगन्ज मेडिकल कलेजकी वरिष्ठ बालरोग विशेषज्ञ डा. रोमा बोरा, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा. अञ्जनी झा, डा. श्याम विक तथा कमल पन्थी, रुद्र सुवेदी, विश्वराज पछल्डङ्ग्या, कृष्ण अधिकारी, यादव आचार्यलगायत सञ्चारकर्मीहरूलाई सम्मानसमेत गरिएको थियो ।

बारबर्दिया नगरपालिकाले समुदायमा सिकलसेल एनिमियाबारे जनचेतना फैलाउन कक्षा ९ र १० को समाजिक विषयको पाठ्यक्रममा समावेश गरेर पढाउनुका साथै विभिन्नखालका गतिविधि सञ्चालन गर्दै आएको छ । सो कार्यक्रममा बर्दिया क्षेत्र नम्बर १ का सांसद सञ्जय गौतम, प्रदेश ५ का सांसद कृष्णा केसी नमुना, तिलकराम शर्मा, ठाकुरबाबा नगरपालिकाका मेयर धननाथ श्रेष्ठलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय