क्यान्सर उपचारको आधाभन्दा बढी भार थेगेको बिपी क्यान्सर अस्पतालमा बिरामीको सास्ती

हेल्थपोस्ट नेपाल

देशका आधाभन्दा बढी क्यान्सरपीडितको उपचार गर्दै आएको भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा प्रतिदिन बिरामीको चाप बढ्दै गएको छ । बिरामीको संख्यामा वृद्धि भए पनि त्यसको अनुपातमा पूर्वाधार एवम् जनशक्ति उपलब्ध नहुँदा बिरामीले सहज उपचार पाउन सकेका छैनन् । यसका कारण सामान्य चेकजाँच गर्न आउँदासमेत घण्टौँ लाइन लाग्नुपर्ने तथा जटिल उपचारको हकमा महिनौँ कुर्नुपर्ने बाध्यता बिरामीको छ ।

कल्याणपुर नगरपालिका–५, सिरहाका अनन्त यादव उपचारका लागि धेरै समय कुर्नुपरेको बताउँछन् । करिब ४ महिनादेखि रक्तक्यान्सरपीडित बच्चाको उपचार गर्दै आएका उनले उपचारभन्दा पनि सास्ती बढी पाएको गुनासो गरे । ‘माघ महिनादेखि उपचार गराउँदै छु, कहिले ल्याबमा ढिला हुन्छ, कहिले केमो चढाउन, कहीँ पनि टाइममा पालो नै पाइँदैन,’ उनले भने ।

‘प्रत्येकपटक रिपोर्ट लिन पालो, रेडियोथेरापीमा पालो, केमोमा पालो… ।’ डाक्टरले आज केमो चढाउने भनेर बोलाए पनि भोलि आउनू भनेर फर्काइदिएको उनले बताइन् ।

प्रत्येक विभागमा बिरामीको भिड भएका कारण ५ दिनदेखि पालो कुरेर भरतपुरमै बसेको उनले बताए । उनीजस्तै भारत जयनगरबाट आएका नीतीश कुमारको गुनासो पनि उस्तै छ । ‘भाइका लागि केमो चढाउन केही दिनदेखि यहाँ आएको, तर पालो पाएको छैन,’ उनले भने, ‘कहिले डाक्टर खाजा खान गएको भन्छन्, कहिले केही समय कुनुपर्छ भन्छन् ।’ सधैँ भिड र चाप बढ्दा आफ्नो बिरामीको व्यथा बढ्दै गएको उनको बुझाइ छ । ‘६ पटक भयो केमो चढाएको, सन्चो हुन्छ त भन्छन्, बच्चा सहनै नसक्ने गरी रुन्छ,’ उनले भने ।
आफ्नो भाइको उपचार गराउन बुबाको साथमा आएका उनी समयमै पालो नपाउँदा निराश छन् ।

छोरीको मिर्गौलामा क्यान्सर भएर उपचारका लागि आएकी सल्यानकी सुशीला बुढाको गुनासो र समस्या उस्तै छ । उनी पनि सहज रुपमा उपचार नपाउँदा दिक्क छन् । ‘४ महिना भयो यहाँँ धाएको, उपचार त ठिकै लागेको छ, तर उपचार गराउनै मुस्किल छ,’ उनको गुनासो छ, ‘प्रत्येकपटक रिपोर्ट लिन पालो, रेडियोथेरापीमा पालो, केमोमा पालो… ।’ डाक्टरले आज केमो चढाउने भनेर बोलाए पनि भोलि आउनू भनेर फर्काइदिएको उनले बताइन् ।

अघिल्ला वर्षहरुमा दैनिक ३ देखि ४ सयको हाराहारीमा बिरामी आउने गरेकोमा हाल ६ सयदेखि ७ सयसम्म बिरामी अस्पताल आउने गरेका छन् । अस्पतालको तथ्यांकअनुसार सन् २०१७ मा २७ हजार ९ सय ४७ बिरामीले अस्पतालबाट सेवा लिएका थिए ।

बिरामीको चाप दिनहुँ बढ्ने, तर स्रोत–साधन पुरानै हुँदा समस्या : अस्पताल
अस्पतालका निर्देशक विजयचन्द्र आचार्य अस्पतालमा पूर्वाधार, उपकरण र जनशक्ति पर्याप्त नहुँदा बिरामीले कुर्नुपरेको बताउँछन् । ‘बिरामीको चाप दैनिक बढ्दो छ, तर हामीसँग न पर्याप्त उपकरण छ, न जनशक्ति नै,’ उनले भने ।

निर्देशक आचार्यका अनुसार अस्पतालमा राम्रो उपचार हुने गरेकाले दैनिक बिरामीको चाप बढेको हो । ‘बिरामीको तुलनामा हामीसँग साधन–स्रोत नै कम छ,’ उनले भने, ‘यसका कारण बिरामीले कुर्नुपरेको हो ।’ विशेषगरी, अस्पतालमा रेडियोथेरापी गर्ने बिरामीको चाप बढी हुने गरेको छ । ‘३ वटा मेसिनले दैनिक जम्मा १ सय ५० जनाको थेरापी गर्छ, तर बिरामी अत्यधिक छन्,’ उनले भने । पर्याप्त जनशक्ति, उपकरण उपलब्ध हुने हो भने बिरामीले धेरै समय कुर्नुनपर्ने उनले बताए ।

अघिल्ला वर्षहरुमा दैनिक ३ देखि ४ सयको हाराहारीमा बिरामी आउने गरेकोमा हाल ६ सयदेखि ७ सयसम्म बिरामी अस्पताल आउने गरेका छन् । अस्पतालको तथ्यांकअनुसार सन् २०१७ मा २७ हजार ९ सय ४७ बिरामीले अस्पतालबाट सेवा लिएका थिए । त्यस्तै, २०१८ मा २९ हजार ९ सय ६१ जनाले सेवा लिएको तथ्यांक अस्पतालसित छ । २०१९ को ५ महिना नपुग्दै अस्पतालबाट १२ हजार ६ सय २४ जनाले ओपिडी सेवा लिइसकेका छन् । पछिल्लो समय नसर्ने रोग अत्यधिक बढेसँगै अस्पतालमा बिरामीको चाप दिनहुँ बढ्दै जाने तर आवश्यक स्रोत–साधन भने पुरानै कायम रहँदा बिरामीले सास्ती खेप्नुपरेको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *