प्रदेश ५ मा विकराल बन्दै लागुऔषध दुर्व्यसन, १५ दिनमा ५४ पक्राउ

 

 

 

 

प्रदेश ५ मा लागुऔषधको कारोबार र प्रयोगको अवस्था विकराल बन्दै गएको छ । भारतसँगको खुला नाकाका कारण पनि लागुऔषधको कारोबार प्रदेशमा मौलाउँदै गएको हो । प्रदेश ५ मा नेपालगन्ज, बर्दिया र रूपन्देहीको सीमा भारतसँग जोडिएका छन् । खुला सिमाना रहेका कारण नेपालबाट भारततर्फ चरेस र गाँजा तथा भारतबाट नेपालमा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर, नाइट्रोजेपाम, कोरेक्स भित्रिने गरेका छन् ।

प्रदेश प्रहरी कार्यालय दाङका अनुसार १ देखि १५ जेठसम्म मात्रै लागुऔषधसहित ५४ जना पक्राउ परेका छन्, जसमा ४ जना महिला छन् । उक्त अवधिमा ४ हजार ९ सय २७ ग्राम गाँजा, ९ हजार ८ सय ५६ ग्राम चरेस र ३७ ग्राम हेरोइन नियन्त्रणमा लिन सफल भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिएका छन् ।

‘१५ दिनकै अवधिमा ठूलो परिणाममा लागुऔषध समातिएको छ,’ प्रदेश प्रहरी प्रवक्ता कार्की बताउँछन् । प्रदेश प्रहरीले लागुऔषध नियन्त्रणका लागि अभियान नै थालेपछि सफलता प्राप्त गरेको उनको भनाइ छ । प्रहरीले १५ दिनमा लागुऔषध डाइजेपाम २ सय ८५, फेनार्गन ६ सय ८५, नुफिन ६ सय ६०, एम्पुल ३ सय, नाइट्राभेट ५ सय, सेरिज्याक ४ सय, नाइट्रोसन ४ सय ४८, स्पस्मो १० ट्याब्लेट गरी कुल ३ हजार ३ सय ८ ट्याब्लेट बरामद गरेको जनाएको छ ।

विभिन्न जिल्लामा गरिएका अफिम र गाँजाखेती नष्ट गरेको समेत प्रदेश प्रहरीको दाबी छ । प्रवक्ता कार्कीले १२ जेठमा रुकुम पूर्वमा झन्डै २ रोपनी जग्गामा लगाइएको लागुऔषध अफिम नष्ट गरेको जानकारी दिएका छन् । त्यस्तै, ९ जेठमा दाङको घोराहीमा जिल्ला प्रहरी कार्यालय दाङले १ हजार ७ सय गाँजाका बिरुवा फँडानी गरी नष्ट गरेको प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

प्रहरीले १५ दिनको अवधिमा लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम पनि आयोजना गरेको छ । बाँके, कपिलवस्तु र दाङमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । ‘विभिन्न जिल्लामा भइरहेका लागुऔषध उत्पादन, ओसार–पोसार, सेवनजस्ता गैरकानुनी कार्यविरुद्ध सचेतनामूलक अभिमुखीकरण गरिएको हो,’ प्रवक्ता कार्कीले भने, ‘लागुऔषध सेवनकर्ता, कारोबारीलाई हुने कानुनी कारबाही र यसको सेवनबाट मानवस्वास्थ्यमा पर्ने असरबारे जानकारी गराएका हौँ ।’

जेठमा दुई सातासम्म सचेतनामूलक र्याली गर्नुका साथै सन्देशहरू पनि प्रसारण गरिएको प्रवक्ता कार्कीले बताएका छन् । प्रहरीले नेपालगन्ज, पाल्पा, कोहलपुर र कपिलवस्तुमामा विद्यार्थीकेन्द्रित सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । ‘लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन चेतनामूलक भिडियो सामग्री पनि देखाउने गरेका छौँ,’ कार्कीले भने ।

विभिन्न जिल्लामा गरिएका अफिम र गाँजाखेती नष्ट गरेको समेत प्रदेश प्रहरीको दाबी छ । प्रवक्ता कार्कीले १२ जेठमा रुकुम पूर्वमा झन्डै २ रोपनी जग्गामा लगाइएको लागुऔषध अफिम नष्ट गरेको जानकारी दिएका छन् । त्यस्तै, ९ जेठमा दाङको घोराहीमा जिल्ला प्रहरी कार्यालय दाङले १ हजार ७ सय गाँजाका बिरुवा फँडानी गरी नष्ट गरेको प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

प्रदेशमा लागुऔषधको कारोबार र प्रयोगको अवस्थाबारे जानकारी दिन बुलेटिन प्रकाशमा ल्याउन लागेका हौँ,’ प्रदेश प्रहरी प्रवक्ता कार्कीले भने, ‘लागुऔषध समस्याको निराकरणका लागि सबै मिलेर केही गरौँ, हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’

त्यसक्रममा घरदैलो कार्यक्रममार्फत गाँजाको खेती गैरकानुनी भएको र यसको उत्पादन गर्दा हुने कानुनी कारबाहीबारे सचेतनामूलक कार्यक्रम गरिएको प्रवक्ता कार्कीले बताए । बर्दियामा पनि गाँजाखेती नष्ट गरेको प्रदेश प्रहरीले जानकारी दिएको छ ।

राजापुरमा प्रहरी र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले संयुक्त रूपमा दुर्गा मन्दिरपरिसरमा उम्रिएको गाँजा नष्ट गरेको प्रहरीले जानकारी दिएको छ । प्रदेश प्रहरीले प्रदेशमा लागुऔषधको कारबाही र सचेतनामूलक कार्यक्रमबारे १५–१५ दिनमा बुलेटिन प्रकाशन गर्ने जानकारी दिएको छ ।

‘प्रदेशमा लागुऔषधको कारोबार र प्रयोगको अवस्थाबारे जानकारी दिन बुलेटिन प्रकाशमा ल्याउन लागेका हौँ,’ प्रदेश प्रहरी प्रवक्ता कार्कीले भने, ‘लागुऔषध समस्याको निराकरणका लागि सबै मिलेर केही गरौँ, हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’

यसैबीच, प्रदेश प्रहरी कार्यालय दाङले बाँकेको कोहलपुरमा लागुऔषधसम्बन्धी बुलेटिनको विमोचन गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले एक कार्यक्रमबीच बुलेटिन सार्वजनिक गरेका हुन् । कार्यक्रममा दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, प्रदेश ५ क्षेत्रीय सशस्त्र प्रहरी गण खजुराका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वली, लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जका प्रहरी निरीक्षक वीरबहादुर थापालगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय